27 January 2021  |   बुधबार, माघ १४, २०७७

उच्च शिक्षाको पाठ्यक्रममा पूर्वीय दर्शनको आवश्यकता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, पुस ४, २०७७  


– एकराज शर्मा

वास्तवमा पूर्वीय दर्शन भित्र हिन्दु, बौद्ध, जैन र चार्वाक दर्शन रहेका छन् । जसमा पनि यहाँ हिन्दु दर्शनमा आधारित ग्रन्थहरुलाई आधार मानेर चर्चा गर्ने गरिन्छ । हिन्दु दर्शनको भागवत गीता आफैमा मूलतस् स्वयं व्यापक छ । जसलाई विश्वका अधिकांश देशका मानिसहरुले अध्ययन गर्दै आएको पाईन्छ ।

यो प्राचीन संसारको ऐतिहासिक संस्कृत महाकाव्य महांभारतको एउटा घटनाका रुपमा पनि बताईएको छ । हिन्दु धर्मग्रन्थले भनेको छ हिन्दु भन्नाले भगवान र उहांकै अंश राजा इन्द्र, पवन, यम, सुर्य, अग्नि, बरुण, चन्द्र र कुवेर यी आठ अंशलाई मानिन्छ । जहां वेद, गुरु, गायत्री, गीता,गाई आदिले पून्र जन्ममा विश्वास राख्नु लाई हिन्दु भन्ने गरिन्छ । वास्तवमा हिन्दु भई जन्म लिनु केवल संयोग मात्र नभई पूर्व जन्मको संस्कार र भगवानको विशेष अनुकम्पा हो । जन्म लिनु र मृत्यु हुनु पनि भगवानको ईच्छा हो । सृष्टि सम्हार र सम्हार गर्ने यस क्रमलाई निरन्तरता प्रदान गर्ने अदृश्य एवम् अद्दैत शक्तिको नाम नै भगवान हो ।

महाभारतले वर्तमान कलियुगको प्रारम्भमा अथवा झन्डै झन्डै ५००० वर्ष अगाडी भगवान कृष्णले आफना मित्र तथा आफन भक्त अर्जुनलाई वताएको कथा कहानी नै भागवत गिता हो । जसको महिमा निकै आवश्यक र गर्भिलो बनेको इतिहास पाईन्छ । उहांहरुको यो वार्तालाप मानव जगतमा मानव इतिहासको एउटा महानतम् दर्शनका रुपमा देखापरेको छ । अर्कातिर यो धार्मिक वार्तालापका रुपमा पनि देखापरेको छ । यो वार्तालापमा धृर्तराष्टृका एकसय भाइ छोरा र उनका भतिजाहरु र पान्डुका छोराहरु बिच भएको कुटुम्बघाति लडाई सुरु हुनु भन्दा ठीक अगाडी भएको उल्लेख छ ।

हामीमा मोक्ष प्राप्ति बाट नै शान्ति तथा आनन्द प्राप्त हुने कुरामा कुनै सन्देह छैन भन्ने आधारहरु हिन्दु धर्मशास्त्रको श्रीकृष्णजन्माष्टमीको महिमामा उल्लेख छ । यसका लागी मानिसले आत्मा ज्ञान प्राप्त गर्ने काम गर्नु पर्दछ । मोक्ष प्राप्तिका लागी धर्म शास्त्रले निर्धारण गरेका हरेक कर्तव्यको परिपालन गर्नु आवश्यक छ ।

यहाँ धर्म शब्दको अर्थ नै असल काम तथा कर्तव्य एवम् असल कुराको धारण गर्नुृ हो । सत्कर्ममा लाग्ने, राम्रो कार्य गर्ने, अरुको भलो चिताउने, रिस, डाह तथा ईष्र्याको परित्याग गर्ने कार्य नै सत्कर्म हो । त्यसकारण पनि सनातन वैदिक हिन्द ुधर्मको स्थान निकै सर्वाेपरि तथा व्यापक भएको प्रमाण हिन्दु दर्शनमा चर्चा छ । जसले संस्कृतिको संरक्षण, स्व. कर्तव्यको पालन तथा सदाचारको अनुसरण गरेर समस्त मानव जगतको रक्षा तथा पशु प्राणीको संरक्षण गर्ने हो ।

धर्मशास्त्रको उदेश्य मूख्य रुपमा मानव आचरण लाई नियमित र नियन्त्रित गर्नमा निहित रहेको पाईन्छ । धर्म, अर्थ, काम र मोक्ष मध्ये मानव जीवनको परम पुरुषार्थ मोक्ष हो । यस कारण मानिसले मोक्ष प्राप्तिमा आफनो जीवन समर्पित गर्ने कार्यमा लाग्नु आजको कलियुगको आवश्यकता हो । आजका मानिसमा त्यो खालको व्यवहार छैन त्यसकारण पनि विद्यालय शिक्षा होस वा विश्वविदालय शिक्षा होस आजको शिक्षामा पूर्वीय दर्शन विशेष गरेर हिन्दु दर्शनलाई समेटेर केहि पाठ्यक्रम समावेश गनु पर्दछ ।

सनातनकोे आधार जीवित अवस्थामा पनि प्राप्त गर्न सकिने छ भन्ने सवालहरु धर्मशास्त्रमा चर्चा गरिएको छ । त्यो समयमा शान्ति तथा आनन्दको निकै अभाव देखिएको थियो रे । मानव समाजमा दिन प्रतिदिन विक्षिप्तता तथा अशान्तिको वातावरण बढ्दै गएका आधारहरु हामीले दिन प्रतिदिन सञ्चार माध्यममा अध्ययन गरिरहेका वा सुनेका छौं ।

“यज्ञदानतपस् कर्म न त्याज्यं कार्यमेव तत्”

श्रीमदभागवत गीतामा भगवान श्रीकृष्णले भन्नुभएको छ कि यज्ञ, दान तथा तपस्या यी ३ कर्म कुनै समयमा पनि मानिसले छोड्ने काम गर्नु हुदैन । मानिसले आफनो कर्तव्य सम्झिएर शास्त्रको आज्ञा लाई परिपालन गर्नु आवश्यक छ । शास्त्रमा तप अन्र्तगत व्रतको महिमा वताईएको छ । हिन्दु दर्शनमा उल्लेख छ कि भगवनको आराधनाको लागी व्रत तिर्थ गर्नु पर्दछ तर यो आफनो श्रद्दा तथा भक्तिले जसरी गरे पनि हुन्छ । यस कार्यमा अशक्त, बृद्द, बालक तथा रोगीलाई शास्त्रले छुट समेत दिएको छ ।

द्दापर युगमा भृगु मुनिले ऋषिसंग पृथ्वीलाई लक्ष गरेर भन्नु भएको छ “कर्मभूमिरियम्” अर्थात यो सृष्टिमा कर्म नै प्रधान क्षेत्र हो । यो अखिल ब्राह्माण्ड संसार नै कर्मको आधारमा खडा छ । अरु त के स्वयम भगवान पनि त कर्मशिल रहनु भएको छ । यस प्रकार राम्रो संग विचार गर्ने हो भने स्पष्ट थाह छ कि सबै जीव कर्म क्षेत्रको किरा हो । सबैले सुत्ने देखि लिएर स्नान गर्ने, भोजन गर्ने, पाठ तथा पुजा गर्ने, कर्मकाण्ड गर्ने र नित्यकर्म, नैमित्तिक कर्म, काम्यकर्म गर्नका लागी क्रिया रहेका छन् । ति सबै कर्मका अंग हुन् । कर्म गर्नका लागी शिक्षा अनिवार्य
चाहिन्छ । शिक्षा पनि नैतिकवान, चरित्रवान, आादर्शमुखी, कर्तव्यनिष्ठ, भक्तिभाव राख्ने सहयोगी र सदाचारी हुनुपर्दछ । जसले गर्दा मानव र मानवको महत्वलाई साकार पार्दछ । आजको शिक्षाले यसतर्फ ध्यान दिन सकेको छैन । यसतर्फ ध्यान दिने गरेर पाठ्यक्रम निर्माण गर्नु आजको आवश्यकता पनि हो ।

यो त जीवनको एकमात्र उद्देश्य हो । कर्म गरेर मात्र मन शुद्द हुन्छ । जसको विश्वव्यापी साक्षात् सच्चिदानन्द प्रभुको प्राप्ति मात्रको हो । उनको अवलम्वन तथा उनको स्मरण बाट मात्र मूक्ति प्राप्त मार्गमा लाग्न सकिन्छ । हामी वैदिक सनातन संस्कृतिका अनुयायी भएकोले पनि हामी बाट वैदिक संस्कृतिको संरक्षण तथा संवद्र्दन र तत्त प्रतिपादित कर्मको अनुरण एवम् सदाचारको परिपालन गर्नु हाम्रो दायित्व हो । हरेक आधारको पछि लाग्नू पहिले नै त्यसको बारेमा सहि सलामत जांच तथा बुझ गर्नु आजको आवश्यकता हो । तर आम मानिसमा बुद्दि भ्रष्ट भएर केहि पनि परिणाम प्राप्त भएको छैन । जसको पनि विधि, विधान हुन्छ र रहन्छ ।

हामीले आफनो सप््रादाय मान्नेको जत्था बनाएर आफु सर्वमान्य हुने आधारले जरा गाडेको छ । जसबाट सम्प्रदायिक भावना तथा अरुले मानेको धर्म लाई होच्याउने कर्म चलेको छ । आज संसारमा यति धेरे विकास भएको छ तर पनि शान्ति, सौहाद्रता, दया, मैत्री र सदभावहरु समाज बाट बिलाएर जाने अवस्थामा रहेको छ । यसो हुनुमा सनातन धर्म नमान्ने विश्रको संस्कार तथा संस्कृतिको बृद्धि भएको छ । आमी नेपालीमा पनि यो संस्कृतिको विकास भएको छ ।

वैदिक सनातन संस्कृतिको अनुसरण तथा त्यसले वताए अनुसार कर्मको परिपालन गर्ने काममा लाग्ने काम हाम्रो हो । संसारमा रहेका वैदिक सनातन धर्मलम्वी आर्यहरु आपनो धर्म, सदाचार तथा संस्कारका बारेमा अनविज्ञ भएकाले वैदिक सनातन धर्म ह्रस भएको हो । जसको संरक्षण तथा संवद्र्दन गर्न ॐ कार लाई मूलमन्त्र मान्ने हरुको चेतना जगाउने काममा लाग्ने काम हाम्रो हो । यसका लागी हामीले हाम्रा बाबा आमा, काका काकी, दाजुभाई, दिदि बहिनी, गुरु पुरोहित, गाई लगायतको सम्मान गरेर सबै बाट आर्शिवाद लिने काम गर्नु नै यसको परिपालन तथा हाम्रो कर्तव्य हुन जान्छ । आजका मानिसमा यो धारणाको कमि भएको कारण नै दिन दहाडै हत्या आतंक, बलत्कार चोरी, डकैति तथा अभाव र आलस्यता बढेको हो । हामीले हाम्रो कर्तव्य के हो ? हामी को हो ? हामीले के गर्न हुन्छ तथा के गर्न हुदैन भन्ने सवाल हामीमा हुनु पर्दछ ।

निचोडमा भन्दा आजको विज्ञान लाई कोभड १९ ले निकै चुनौति दिईरहेको छ । यो कोभिड १९ पनि यसैको फलस्वरुप आएको हो । हामीले हाम्रो अस्तित्व लाई सहज रुपमा बुझ्न नसकेको कारण र हाम्रो शिक्षामा पूर्वीय दर्शनलाई समावेश नगरेकाले आजको संसार निकै जटिल मोडमा फसेको छ । विज्ञानको खोजी गर्यो तर दर्शनकोे खोजी गर्न सकेन किनकि दर्शन विज्ञानको पनि विज्ञान हो भन्ने हामीले बिर्सेका छौ । आज हामीमा अहमता, घमण्ड, अहंकारीपन, धन तथा सम्पत्तिमा लिप्सा सिद्द भएको छ । यो त अरुबाट होईन शिक्षामा दर्शनको समावेश नगरेर हो । धर्म तथा संस्कार बाटमात्र प्राप्त गर्न सकिन्छ । हामी विज्ञानको खोजी संगसंगै ज्ञानको खोजी गराउने माध्यम पनि त पूर्वीय सनातन धर्म हो । अग्रजको आदर तथा साना लाई मायाको भावना लिएर अगाडी बढाउनु पर्दछ ।

हामीले आफन्त तथा ईष्टमित्रको आदरभाव गर्न थाल्नु पर्दछ । आजको मानवको अस्तित्व राख्नको लागी पनि पूर्वीय सनातन धर्म प्रति हाम्रो ध्यान जानु पर्दछ । यो सन्देश पाठ्यक्रमको माध्याम बाट शिक्षामा समावेश गरेर आजको जनशक्तिलाई प्रदान गर्नु अति आवश्यक छ । आजको मानव व्यक्तिगत स्वार्थ, अहम्ता, रिस डाह, ईष्र्या, निकै अल्छि, सुखभोगी तथा आलस्यतामा डुबेको छ । वैज्ञानिक आविष्कारमा विश्वास गर्ने हुनाले धर्म, कर्म तथा समाधीको वास्ता नगर्ने गरेको छ । यो दुर्भाग्य हो जसको कारण भोलीका सन्ततिलाई यसले झन झन जटिलतामा लैजाने भएकाल पनि पूर्वीय सनातन धर्मका केहि आधार र अंशहरु विद्यालय शिक्षा र उच्च शिक्षामा समावेश गर्नु आजको आवश्यकता मैले देखेको छु ।

 

प्रकाशित मितिः शनिबार, पुस ४, २०७७     6:57:36 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *