9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

माधव नेपाल भन्छन् – चुरे दोहन योजना जनघाती

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ २०, २०७८  

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले चुरे दोहन गरेर मुलुकको आधा जनसंख्यालाई भोकमरी, भूक्षय र डुबानमा पार्ने योजना जनघाती भएको टिप्पणी गरेका छन् ।

सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा वक्तव्यमा खाजीजन्य ढुंगा, गिट्टी र बालुवा निकासी गरी व्यापार कम गर्ने योजना समेटिएकोप्रति नेता नेपालले आफ्नो ध्यानाकर्षण भएको समेत उल्लेख गरेका छन ।

उनले बजेटमा भएको प्रावधान खुलमखुल्ला तराई मधेश क्षेत्रलाई मरुभूमि बनाउने घोषणा हो भन्ने उल्लेख गरेका छन । ‘आधाभन्दा बढी नागरिकको बसोबास रहेको तराई क्षेत्रको जीव र शिवालिक सभ्यता नै चुरे क्षेत्रमा निर्भर छ,’ नेता नेपालले भनेका छन, ‘त्यही चुरे मासेर ढुंगा, गिट्टी र बालुवा निर्यात गरी व्यापार घाटा कम गर्ने योजना गम्भीर छ ।’

नेता नेपालले आफू प्रधानमन्त्री हुँदा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम आरम्भ गरेको समेत उल्लेख गरेका छन् ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ २०, २०७८     8:54:57 AM  |