क्षितिज पौडेल
बाँसगढी, बर्दिया
फेसबुक https://www.facebook.com/pdl.kshitiz
केही बर्ष अघिसम्म पनि मोबाइल चलाउनु निकै अनौठो मान्ने गरिन्थ्यो । अहिले यो प्रविधि अत्यावश्यक वस्तु भइसकेको छ । केही समय अघिसम्म मोवाईलमा लाग्ने सिमकार्ड लिनलाई ठुलै बलबुता आवश्यक पर्ने गथ्र्यो । जो कोहिले सिमकार्ड पाउन्न थियो । मोवाइल त हुने खानेले मात्र बोक्छन भन्ने हेक्का रहन्थ्यो । तर अहिले आफ्नै घरमा बच्चालाई मोबाइलबाट जोगाउन गाह्रो हुने वेला आइसकेको छ । बालबच्चालाई हेर विचार गर्न झ्याउ लागे अथवा हेर विचार गर्न समय नभए बालबच्चा भुलाउने यति वेलाको गतिलो साधन मोवाइल भएको छ । बिश्वमा विरलै मोवाइल सेटको प्रयोग नगर्ने नागरिकहरु पाईन्छ होला । मोवाइल सेटको प्रयोग बढे सँगै इन्टरनेट प्रयोग गरि सामाजिक संजाल प्रयोग गर्ने प्रयोगकर्ता ह्वात्तै बढेका छन् ।
नेपालमा लकडाउन अघिको अवधिसँग तुलना गर्दा इन्टरनेटको प्रयोग धेरै बढेको प्राधिकरणको तथ्याङ्क रहेको छ । लकडाउन सुरु हुनुअघि र पछिको अन्तराष्ट्रिय ट्राफिकमा करिब २५ प्रतिशत र स्वदेशी ट्राफिकमा ५० प्रतिशतसम्म वृद्धि देखिएको थियो । सामाजिक संजालको प्रयोग पनि तिव्ररुपले बढेको छ । डेटारिपोर्टल का अनुसार २०२० जनवरी सम्म ४२.८५ मिलियन मोबाइल फोन प्रयोग कर्ता रहदै आएका छन । जसमध्य १०.२१ मिलियनले इन्टरनेट प्रयोग गर्छन ।
सामाजिक संस्था विश्लेषण गर्ने नेपोलियन क्याटका अनुसार नेपालमा २०२० नोभेम्बर सम्ममा ११ करोड ९४ लाख १ हजार नागरिक सामाजिक संजाल फेसबुकका प्रयोगकर्ता रहदै छन । हाल नेपालको कुल जनसंख्याको ३९.१ प्रतिशतले फेसबुकले चलाउने गर्दछन । जसमध्य पूरुष ५९.९ प्रतिशत रहेका छन भने महिला ४०.१ प्रतिशतले प्रयोग गर्दछन । त्यस्तै गरेर नेपालमा इन्साटाग्राम १८ लाख १३ हजार ७ सय प्रयोग कर्तारहेका छन । ११ करोड ९६ हजारले मेसेन्जर एप प्रयोग गर्छन भने ८ लाख ५६ हजार ६०० सय ले लिंकइन प्रयोग गर्छन ।
सामाजिक संजालको प्रयोग बढेता पनि व्यक्तीगत बाहेक देशलाइ खासै फाइदा भएको पाइदैन । केहि समय अघि सामाजिक संजाल दर्ता गरेर चलाउनु पर्ने प्रावधान लागु गर्ने भन्ने समाचार पत्रपत्रिका तथा अनलाईनहरुमा पढ्न पाईएको थियो । सामाजिक संजाल बिनियम ब्यबस्थापन बिभागले अनौपचारिक माध्यम वाट बिदेशमा भुक्तानि पठाउने र बिदेशवाट त्यसरी रकम प्राप्त गर्ने गैर कानूनी कार्य भन्दै आधिकारीक रुपमा कार्य गर्न एक बिज्ञप्ति जारी गरि नै गरेको थियो । एटिएम कार्ड सम्म राम्रो सँग चलाउन नजान्ने हामिले आज सम्म वल्ड वाइल्ड पेमेन्टको बारेमा सोच्न सम्म सकेका छैनौ ।
च्याउ उम्रे जस्ता उम्रेका वेबसाइटवाटहरुवाट पनि थुप्रै नेपाली पैसा बिना राजश्व बाहिर जाँदैछ । फेसबुक, ट्विटर, इन्स्टा जस्ता सामाजिक संजाल त सामान्य कुरा हुन । वेब साइट बनाउदा किनेका डोमेन अनि लिगेका हस्टिङ्ग, त्यस्तै गरेर अन्य किनमेलका बिदेशि पोर्टलहरुमा बिना कर नेपाली नेटवर्क प्रयोग भइ पैसाहरु बिदेश तिर लागेका छन । यस बाहेक पनि अन्य थुप्रै पेमेन्टहरु जुन सोझै बिदेश तिर पेमेन्ट हुन्छ । जसको जानकारी सम्बन्धित बिदेशी कम्पनि र प्रयोग कर्ताले मात्र थाहा पायको हुन्छ । त्यस्ता खालका पेमेन्टले आफ्नो देशको करेन्सीलाइ आधारमानी ब्रान्डेड कार्ड जस्तै : Master Card, Visa Card, Pay pal लगाएतका माध्यमवाट मात्र करेन्सी लिने गर्दछन । यि कार्डहरुवाट जसले पायो त्यसले पेमेन्ट गर्न अति नै गारो पर्छ । प्राय गरेर बिदेशी मास्टर कार्ड नेपालमा ब्याप्त मात्रामा पाइन्छ । नेपाली कार्डवाट पेमेन्ट भएका हुन वा नहुन तर नेपाली कार्डवाट नै बुस्टिङ जस्तै अन्य कार्यका लागि पेमेन्ट भएको चाही देख्न गार्हो नै पर्ला । निर्माता कम्पनिले ध्यचमिधष्मभ रुपमा सामाजिक संजाल स्थापना गरेपछि उक्त संजाल सन्चालन हुने सवै देशमा कम्पनी खोली देश अनुकुलको कर कम्पनिले सरकारलाइ बुझाउनु पर्छ । सामाजिक संजालका चर्चित कम्पनी फेसबुक र ट्वीटरले अन्य थुप्रै देशमा आफ्नो कार्यालय खोली सेवा प्रदान गर्दै आएका छन । तर हाम्रो जस्तो सानो मुलुकहरु प्रति उनिहरु त्यति वास्ता राख्दैनन । अपराधिक क्रियाकलाप समेत संजालहरुवाट ब्याप्त रुपमा बढ्दो छ । केहि देशले सामाजिक संजालवाटनै हुने अपराधिक क्रियाकलापमा नियन्त्रण राख्न आफ्नो मुलुकमा रहेको संजालको कार्यालय मार्फत निगरानि समेत गर्दै आएका छन ।
हम्रो जस्तो साना मुलुकहरुमा सामाजिक संजाल निर्माता कम्पनिले न त कार्यालयनै स्थापना गरेका छन । नत सेवा बापतको कर नै बुझाएका छन । अन्य देशमा भने उनिहरु कर बुझाएर नै कार्यालय स्थापन गर्ने गरेका छन । गुगल एड सिन्स र यु ट्वबले कमाएको पैसा तिर पनि सरकारको ध्यान जानु जरुरी छ । यस्ता पोर्टलहरुवाट अझै करको दायरामा आईसकेका छैनन् । नेपालमा नै बसेर नेपाली नेटवर्क प्रयोग भई सन्चालनमा रहेका यु ट्वुववाट बार्षिक ५ करोड भन्दा बढी कमाउने च्यानलहरु समेत यही मुलुकमा छन । यु ट्वुबवाट भएको इनकम रकमलाइ समेत करको दायरमा लेराउन पर्दछ । अपराधिक क्रियाकलापमा पनि निगरानि बढाउन तथा कर व्यवस्थापन गर्न त्यस्ता गतिबिधि सञ्चालनमा लेराउने कम्पनीहरुलाई कार्यालय स्थापना गर्न लगाई दायरामा लेराउनु पर्दछ ।
अव कुरा गरौ सामाजिक संजालका,
हामिले सामाजिक संजाल भन्ने बित्तिकै फेसबुक ट्विटर इन्स्टा आदि मात्र सुनेका हुन्छौ । Linkedin, Reddit, Pinterest, Quora, WhatsApp, Snapchat लगाएत हाल बिश्वमा एक सय भन्दा बढी सामाजिक संजालहरु रहेका छन । बिश्वको विभिन्न स्थानहरुवाट ति संजालहरु प्रयोगमा आएका छन । अव अलिकति चर्चा गरौ चर्चित सामाजिक संजालहरुको ।
फेसबुक, Whatsapp, Messanger,
फेसबुक कम्पनी निजि स्वामित्व रहेको सामाजिक सञ्जालको एबितायचm हो । मेन्लो पार्क क्यालिफोर्नियामा रहेको प्राविधिक कम्पनी फेसबुक निगमले यसलाइ निर्माण गरेको हो । सन् २००४ मा मार्क जुकरबर्गले हार्वर्ड विश्वविद्यालयमा हुँदा उनका कलेज कोठामा सँगै बस्ने साथीहरू एडवार्डो साभरिन, डस्टिन मोसकविट्ज, क्रिस ह्यूजेस र एन्ड्रयु म्याककोलमसँग मिलेर फेसबुकको स्थापना गरेका हुन् । फेसबुक वेबसाइट सुरूमा हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरू मात्र प्रयोग गर्न दिइन्थ्यो पछि गएर यसलाइ बिश्वव्यापी रुपमा फैलाइएको थियो । यो संजालका प्रयोगकर्ताहरूले एक अर्कासँग साथी बन्न र सन्देश पठाउनको लागि यसको प्रयोग गर्ने गर्दछन् । फेसबुक डटकम नामक वेवसाइटवाट आफनो एकाउन्टको ’वाल’ वा ’टाइमलाइनमा युजरले आफनो दैनिकी वा विविध विषयहरु साथीहरू माझ बाँड्न सक्छन् । प्रयोगकर्ताहरूले बढीमा ५,००० जना साथी बनाउन मिल्ने यो वेवसाईटको बिशेषता हो । फेसबुकमा अहिले एक अर्कासँग कुराकानी गर्न, भिडियो च्याट गर्न, सामूहिक रुपमा कुरा गर्न र गीत सुन्ने र हेर्ने जस्ता सुविधाहरू पाउन सकिन्छ । फेसबुक प्रयोग गर्नका लागि कम्तिमा १३ वर्ष उमेर पुगेको हुनु पर्छ । फेसबुकनै नै ह्वाट्स एपको स्वामित्व रहेको कम्पन्नि हो । यसमा टेक्स्टमा लेखेर च्याट गर्न बाहेका अडियो भिडियो च्याट गर्न समेत मिल्दछ । ४५ करोड भन्दा बढी प्रयोगकर्ताले दिनहू जसो ह्वाट्सएपको प्रयोग गर्ने गर्दछन । यसलाइ फेसबुकले २०१४ मा खरिद गरेको । थियो । मेसेन्जर समेत एक किसिमको एप हो । यसको स्वामित्व पनि फेसबुक रहेको छ । यसमा च्याट गर्न मिटिङ्ग गर्न लगाएतका गतिबिधि सन्चालन गर्न मिल्छ ।
ट्विटर
ट्विटरलाइ प्राय गरेर अन्तरक्रिया गर्ने सामाजिक संजालको रुपमा लिइन्छ । ज्याक डोर्सी, नोह ग्लास, इभान विलियम्स, बिज स्टोन ज्याक डोर्सी, नोह ग्लास, इभान विलियम्स र बिज स्टोनले यसलाई स्थापना गरेका हुन । १५ जुलाइ २००६ वाट सन्चालनमा आएको यसमा ३३० मिलियन भन्दा बढी प्रयोगकर्ता सक्रिय रहदै आएका छन । नेपालमा प्राय गरेर बौद्दिक सर्कलहरुले प्रयोग गर्ने संजाल समेत यसलाइ भन्ने गर्दछन । सिमित अक्षरहरु समेटेर यसमा बिभिन्न खाले पोष्ट हरु गर्न लगाएत मेसेज मार्फत कुराकानी समेत गर्न मिल्दछ । नेपालमा सामाजिक संजालको हकमा केहि कम मात्रामा प्रयोग गर्ने गरिन्छ ।
यु ट्युव
यु ट्युव एक बिश्वको सवै भन्दा ठुलो सर्च ईन्जिनको रुपमा रहेको गुगलको साझेदारी सहायक कम्पनि हो ।
फेब्रअरी २००५ मा पूर्व पेपलका कर्मचारी, चाड हर्ली, स्टिभ चेन र जावेद करिमले संयुक्त रूपमा यसलाई बनाएका हुन । नोभेम्बर २००६ मा अमेरिकी कम्पनी गुगलले यसलाई १.६५ अर्ब अमेरिकी डलरमा खरिद गरेको थियो । जुन आज मनोरन्जनको ठुलो पोर्टलको रुपमा रहेको छ । यसमा हामि प्राय गरेर श्रव्य, दृस्य सामाग्रीहरु पउने गदर्छौ । यो आजभोलि एक बिजनेसको रुपमा समेत फस्टाएको छ । यी बाहेक अन्य थुप्रै सन्जालहरु समेत नेपालमा प्रयोग हुदै आएका छन ।
नेपालको संविधान २०७२ को भाग ३ को धारा १७ अन्तर्गतकोे मौलिक हक र कर्तव्यकोे धारा १७ को उपधार २ ले विचार र अभिव्यक्तिको स्वतन्त्रतालाई मौलिक हकको रूपमा व्यवस्था गरेको छ । सोहि कारण पनि आजभोली सामाजिक संजालमा व्यापक दार्शनिक कुराहरु धेरै जसो मात्रामा पढ्न र देख्न पाइन्छ । नेपालको संविधानको धारा १७ ले स्वतन्त्रताको हक अन्तर्गत विचार र अभिव्यक्तिको स्वतन्त्रताको व्यवस्था गरेको हुनाले सो धाराको उल्लेखनिय प्रयोग सामान्य नागरीकले भन्दा पनि प्रत्यक्ष रुपमा सामाजिक संजाल प्रयोग गर्ने हरुले व्यापक रुपमा प्रयोग गरेको देख्न पाइन्छ । यहाँ नेता देखि जनता सम्म, ब्यापारी देखि चोर फटाहा सम्म, श्रमजिवि देखि पत्रकार सम्म , बुद्दिजीवि सर्कल देखि मुर्खसम्मकालाइ आफ्ना मनका बह पोख्ने फर्म यति बेला सामाजिक संजाल बनेको छ ।
के तपाइलाइ थाहा छ सबै भन्दा राजनिति आजकाल कहाँ हुन्छ ?
तपाइको जवाफ आउछ होला चिया पसल अनि गाँउघरमा । त्यसो कदापी होइन । आजभोलि राजनिति अधिकांस सामाजिक संजालहरुमा हुने गर्दछ । अनैकौ टिका टिप्पणी राख्ने अनि स्टेटस अपडेट, ट्विट, पोस्ट गर्ने माध्यम सामाजिक संजाल हुन । आफ्नै पार्टिको नेताजी परे यस्सो आफ्नो पनि अनुहार आउने गरि वल्तिर पल्तिर तस्वीर लिने फलानो नेताजी सँग भेटबार्ता भन्ने अपडेट गर्ने चलन खुव बढ्या छ । हुन त यत्तिलाई मात्र राजनिति भन्न मिल्दैन । चुनावताका प्रचार प्रसार गर्ने, भोट माग्ने, प्रचार प्रसार गर्ने माध्यम सामाजिक संजाल भएकोले राजनितिमा समेत यसले महत्वपूर्ण भुमिका खेल्ने हुनाले यसलाई राजनिति भनिएको हो ।
केही फेसबुके पत्रकारहरु पनि सामाजिक संजालमा तिर देख्न पाइन्छ । जो कोठामा बसेर नै समाचार तयार पार्नु हुन्छ । अझ भनौन सामाजिक संजाल खोलेपछी सामाजिक संजाल चलाउने केही सामाजिक संजाल पत्रकार नै भएका छन । जसले पत्राकारिताको भ्यालु घटेको हो कि भन्ने भान भएको छ । संजाल चलाउने राजनीतिज्ञ तथा बिश्लेष्क समेत भएको पाइन्छ । रिस उठ्यो भने रिस पोख्ने माध्यम पनि आजभोली सामाजिक संजालनै भएका छन । रिस उठ्यो सामाजिक संजालमा गालि गर्यो । मनपर्यो सामाजिक संजालमा स्यावास्सी दियो ।
हुन त प्रचार प्रसारको माध्यको लागि सामाजि संजाल गतिलो बाटो हो । आजभोली बास्तबिक सहयोग भन्दा पनि सामाजिक सन्जालहरुमा देखाउने सहयोग बढी हुन थालेका छन । सहयोग मनको सन्तोषका लागि भन्दा पनि आफु हाइलाइट हुन र लाइक कमेन्ट पाउन बढी गर्ने गरेको देखिन लागेको छ । सामाजिक संजालहरु प्रयोग गर्दा थुप्रै फाईदा बेफाईदाहरु प्नि छन । हामि र हाम्रो तथ्यांकहरु कति सुरक्षित छ भन्ने हामिले रत्तिभर पनि ख्याल गरिरहेका छैनौ । उदाहरणका लागि फेसबुकले हामि गएका बिभिन्न स्थानहरु, डायल गरेका फोनहरु, प्रयोग गरेका फोनहरु लगाएत इन्टरनेटको पहुँचवाट हुने खालका सवै टेÄेसिंगहरु हामिलाई गरिरहेको हुन्छ । उनिहरु प्रयोगकर्ता वाईजनै सवैका तथ्यांकहरु स्टोर गरेर राख्ने गरेका हुन्छन । सामाजिक सन्जाल प्रयोगगर्दा थुप्रै कुराहरु ख्याल गर्नु पर्ने हुन्छ ।
जसमध्ये सामाजिक संजालहरु प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरु निम्न रहेका छन
- सामाजिक सञ्जालमा बिर्सेर पनि आफ्नो पे चेक, क्रेडिट कार्ड, अनलाइन खरिद बिल र बैंक एकाउन्टका तस्वीर पोष्ट भुलेर पनि नगर्नु होला । तपाइँले पोष्ट गरेको तस्वीरका आधारमा ह्याकरले तपाइँको बैंक एकाउन्टमा रहेको पैसा समेत चोर्न सक्छन् । फेसबुकमा कहिले पनि आफ्नो नागरिकता, शैक्षिक प्रमाणपत्रका तस्वीर पोष्ट गर्नुहुँदैन । यस्ताकुरा पोस्ट गर्नाले भेरीफिकेसनका बखत समेत ह्याकरलाइ नियन्त्रणमा लिनलाई सहयोग हुन्छ ।
- कहीँ घुम्न जाँदा लोकेशन सहितको तस्वीर पोष्ट गर्नुहुन्छ भने त्यसो नगर्नुस् । यसले तपाइँ कुनबेला कता छ भनि जानकारी हुन्छ र तपाइँको नभएको अवस्थामा चोरी वा तपाइँलाई अप्ठ्यारोमा पार्ने योजना बुन्न अरुलाई मद्दत मिल्दछ ।
- हरेका एकाउन्टमा पासवर्ड बलियो राख्नहोस । कहिल्यै पनि मोबाइल नं, जन्म मिति र स्थानको नाँउ पासवर्डमा न राख्नु होस । ठाउँ र मितिका आधारमा पासवर्ड अनुमान गर्न सकिने मात्र होइन त्यसलाई फेर्न पनि सकिन्छ ।
- संजालहरुमा आफु धनी छु भन्ने कुरा नदेखाउनुहोस । यदि तपाईंले नयाँ कार किन्नुभयो, नयाँ घर किन्नुभयो, नयाँ लगानी गर्नुभयो भने हल्ला नपिट्नु नै बेस हुन्छ । आफ्ना यस्ता वित्तीय जानकारीहरु गोप्य नै राख्न राम्रो हुन्छ ।
- संजालमा अर्को टाउको दुखाई भनेको फोटो ट्यागिङको बिषय हो । त्यसैले फेसबुकको प्राइभेसी सेटिंग्समा परिवर्तन गरी जो सुकैले आफुलाई ट्याग गर्न नसक्ने र गरेको ट्याग आफ्नो वालमा देखाउनका लागि एप्रुभ गर्नुपर्ने बनाउनुहोस् ।
- अपशव्द लेखेर कसैलाई दुव्र्यवार गर्नु वा कसैलाई संजालको प्रयोग गरी अश्लील शव्दहरु लेखेर मेसेज पठाउने तथा अपडेट गर्ने कार्य नगर्नु होस । जुन निकै घातक हुन सक्दछ । मानिसहरुले तपाइँले पठाएका यस्ता सन्देश वा गरेका यस्ता पोष्टहरुको स्क्रिनसट राखेर भविष्यमै तपाइँकै बेइज्जतीका लागि प्रयोग गर्ने सम्भावना हुन्छ ।
- कसैलाइ पनि संजालहरुमा नाम तोकेर अथवा बिना अनुमति कसैको फोटो राखेर विना अनुमति स्टेटस अपडेट नगर्नु होस । यदि सम्बन्धित व्यक्तिको चित्त नवुझेमा निजले साइवर क्राइममा समेत उजुरी गरी कानुनी दायरमा लेराउन सक्छन । त्यस्ता स्टेटसमा लाइक तथा कमेन्ट गर्ने ब्यक्ति समेत कानुनी दायरा भित्र पर्न सक्ने हुदा लाइक कमेन्ट गर्दा समेत ख्याल गर्नुहोस । यदि तपाईंको कुनै फेसबुक मित्रले भुलवस तपाईंको कुनै सामग्रीलाई अपमानजनक वा स्पाम भनेर रिपोर्ट ग¥यो भने पनि अकाउन्ट ब्लक हुन सक्छ । त्यस्तै गरेर गलत फोटो वा भिडियो अपलोड गरेको खण्डमा लागूऔषध प्रयोग, नग्नता वा कुनै प्रकारको खेदजन्य ग्राफिक सामग्री सेयर गर्ने अकाउन्टलाई जुनसुकै बेला पनि कम्पनीले आफ्ना नीति नियमहरुको उल्लघंन गरेको खण्डमा सन्जालका कम्पनिहरुले सम्वन्धित व्यक्तिको एकाउन्ट बन्द गरिदिन सक्छ । ।
सामाजिक लोकतन्त्र बलियो नभई विकासका अन्य आधार खडा हुन सक्तैनन् । मान्छेको कार्यक्षमताको वृद्धि पनि सामाजिक तथा राजनीतिक लोकतन्त्रको माध्यमबाटै हुने हो । तर, नेपालमा त्यस्ता असल संस्कारको विकास कमै मात्रामा हुने गरेको छ । सामाजिक संजालहरुलाई विचार र सिद्धान्तले भन्दा बढी भावना र उत्तेजनाको डोरीले डोर्याउँदै आएको छ । कूटनीतिक चातुर्य र पारस्परकि विश्वासले भन्दा बढी प्रतिशोध, अन्तरकलह र अविश्वासको रस्सीले लतार्दै ल्याएको छ । असल अभ्यास गर्ने विवेकले कहिल्यै डोर्यौउनै सकेन । सामाजिक संजालको सहि सदुपयोग गरौ । सिर्जनात्मका कार्यका लागि प्रयोग गरौ ।