कर्णाली प्रदेश सरकारले नागरिक र राष्ट्रसेवक कर्मचारीको सामूहिक बीमा कार्यक्रम कालीकोटबाट सुरु गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही,आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल लगायतको उपस्थितिमा कार्यक्रमको सुरु गरिएको हो ।
मुख्यमन्त्री शाहीले आइतबार कर्णाली प्रदेशमा विपद् बीमा अन्तर्गत साउन ११ को पहिरोमा ७ आफन्त गुमाएका नरहरिनाथ(७ माल्कोट, बागाका पदमबहादुर बुढालाई दुई लाख रुपैयाँको साङ्केतिक चेक हस्तान्तरण गर्नु भएको थियो । कर्णाली प्रदेश सरकारले विपद्मा परेका सबै नागरिकको घाउमा मलम लगाउन सामूहिक बीमा कार्यक्रम सुरु गरेको मन्त्री शाहीले बताए। उनकाअनुसार पालिकाबाट नजिकको हकवाला पहिचान गरेर आएका सबै पीडितको खातामा गृह मन्त्रालयमार्फत जाने दुई लाख र कर्णाली प्रदेश सरकारको विपद् बीमा बापतको दुई लाख रुपैयाँ जम्मा गरिएको छ ।
यस वर्षको बाढी र पहिरोमा कालीकोटले सबैभन्दा बढी क्षति व्यहोरेकाले कालीकोटबाट विपद् बीमाको सुरुआत गरिएको मुख्यमन्त्री शाहीले बताए । घर पूर्ण क्षति भएकालाई थप एक लाख र सम्पत्ति सबै क्षति भएकालाई ३ महिनासम्म खाद्यान्न कर्णाली प्रदेश सरकारले सहयोग गरिने प्रदेश सरकारले जनाएको छ । -ujyaaloonline









प्रतिक्रिया दिनुहोस्