रुकुम पूर्वको पुथाउत्तरगंगामा असोज १ गतेदेखि पढाइ सुरु हुने



रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा रहेका विद्यालयमा असोज १ गतेदेखि पढाइ सुरु हुने भएको छ । गाउँपालिकाले कोरोना भाइरसको महामारीको कारण लामो समयदेखि बन्द रहेका विद्यालय असोज १ गते बिहीबारदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

गएको चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि बन्द भएका शैक्षिक संस्थाहरु पर्सि बिहीबारदेखि सञ्चालनमा ल्याउने निर्णय भएको गाउँपालिकाका उपाध्यक्ष ओमकुमारी शाहीले जानकारी दिए । अहिले गाउँपालिकाभित्रका केही विद्यालयमा वैकल्पिक सिकाइ केन्द्रमार्फत पठनपाठन भइरहेको पनि उनले बताइन्।

गाउँपालिकामा कोरोना भाइरस सङ्क्रमित नभएको तर जोखिमको अवस्था रहेकाले उच्च सतर्कताका साथ पढाइ सुरु गर्न लागेको गाउँपालिकाले जनाएको छ । यस्तै रुकुम पूर्वको सिस्ने गाउँपालिकाले पनि असोज ६ गतेदेखि गाउँपालिकाको वडा नम्बर १ र २ मा रहेका शैक्षिक संस्थाहरु सञ्चालनमा ल्याउने तयारी गरेको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै पठनपाठन सुरु गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता जीवन केसीले जानकारी दिए । ujyaaloonline

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ३० गते मंगलबार