‘नेकपा विवाद समाधानले जनतामा नयाँ आशा पलाएको छ’



सत्ताधारी नेकपाको लामो समयको पदीय झगडा तत्कालको लागि टुंगिएको बताइएको छ । कोरोना महामारीका बीच चुलिएको पदीय विवाद अन्तत स्थायी कमिटिको पछिल्लो बैठक मार्फत औपचारिक टुंगोमा लागेको हो । अब बाँकी प्रतिनिधि सभाको कार्यकालसम्म अध्यक्षसहित प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई निरन्तरता दिने, पुष्पकमल दाहाललाई कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिने गरी विवादको अन्त्य भएको हो । अब प्रधानमन्त्री ओली सरकार र प्रचण्ड पार्टी सञ्चालनमा क्रियाशिल हुनेछन् । भने सरकार, पार्टीसँगको सहकार्यमा सञ्चालन हुनेछ । यता कोरोना कहरको विद्यामान अवस्थामा राजनीतिकको भूमिकामा माथि जनता असन्तुष्ट छन् । सत्ताधारी पार्टीको केन्द्रदेखि स्थानीय स्तरसम्म आवश्यक पहल गरेको देखिएन् । भने स्थानीय सरकारसँगको सहकार्य र कोरोना कहरमा पार्टीहरुको भूमिका समेत प्रभावकारी नभएको गुनासो आइरहन्छ । यस्तै समाधान भएको भनिएको नेकपाको पद विवाद, कोरोना कहर तथा स्थानीय सरकारका काम कारबाहीका विषयमा नेकपा बाँके जिल्ला कमिटि सदस्य खिलप्रसाद भूसालसँग मिसन टुडे दैनिकका शुभाकर विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश ।

१. स्थायी कमिटिको बैठकबाट लामो समयपछि विवाद समाधान भएको छ भनिएको छ, यस विषयमा तपाईको प्रतिक्रिया के छ ?

हामीले हिजोदेखि नै भनेका थियौं । यो टेक्निकल लडाई हो । वास्तवमा सैद्धान्तिक लडाई केही पनि थिएन नेकपामा । सिद्धान्तको लडाई
होइन । त्यसैले लामो समय रहन विवाद रहिरहने अवस्था पनि थिएन । अगुवा नेता तथा कार्यकर्ताको विश्वास के थियो भने, विवाद धेरै लामो समयदेखि रहदैन । यो छिट्टै साम्य हुन्छ । अहिले हामीले जे सोचेका थियौं । अगुवा नेता तथा कार्यकर्ताले जे सोचेका थिए त्यही भयो । सैद्धान्तिक आधारमा कम्प्यूनिष्ट पार्टी विचार, धारणा र लाइनका आधारमा लड्ने हो । सिद्धान्त र लाइन एक ढङ्गबाट गएपछि जुन टेक्निकल लाइनका मानिसहरु थिए । उनीहरुको समस्याको समाधानका साथ टुंगिएको छ ।

२. केन्द्रको विवादपछि बाँकेमा पनि विवाद देखिएको थियो, कार्यकर्ता पक्ष र विपक्षमा लागेको पनि देखियो, तर अब पार्टी अगाडि बढाउनका लागि नयाँ ढंगबाट काम हुन्छ या पुरानै विवाद रहिरहन्छ ?

यस्तो छ । नेकपा लोकतान्त्रिक पार्टी हो । लोकतान्त्रिक विधि र विधान तथा प्रचलित मुल्य मान्यता अनुसार सञ्चालन हुन्छ । यही अभ्यासलाई कम्प्युनिष्ट आन्दोलनबाट माध्यमबाट लोकतान्त्रिक धुव्रीकरण विषयलाई अगाडि लिन खोजेको हो । तसर्थ कसैको पक्ष र विपक्षमा भन्ने कुनै पनि कुरो हुँदैन । हरेक चिजमा सकारात्मक र नकारात्मक पक्ष हुन्छ । जुन केन्द्रमा एक खाल्को झुटो विवरण देखिएको थियो । त्यसकारणले बाँकेका कार्यकर्ताहरु विवादमा उर्तिनु स्वाभाविक थियो । त्यसैले जसरी केन्द्रमा समस्या समाधान भयो त्यसरी नै बाँकेको समस्या सामधान हुन्छ । यसमा कोही असन्तुष्ट हुने पक्ष र विपक्षमा आउने कुरा नै हँुदैन । यहाँ विवाद छैन ।

३. बाँकेमा कतिपय अवस्थामा पूर्व एमाले र पूर्व माओवादी बीचमा अन्तरद्धन्द्ध रहेको देखिन्छ, यस्तो भावनालाई भुलेर नयाँ ढङ्गले अगाडि बढ्छ भनेर कार्यकर्ताहरुलाई विश्वास बनाउने आधार के छ नी ? 

हाम्रो आधार भनेको वर्ग पक्ष दल हो । श्रमजीवी, सर्वहारा, मजदुर, विपन्न, पछाडि परिरहेका मानिसहरुको पक्षमा बोल्ने मान्छे हौं । यदि त्यसो भने सैद्धान्तिक पक्षबाट ऐक्यवद्धता भएपछि व्यक्तिगत चाहाना, विचार र धारणाबाट पार्टी चल्दैन । पूर्व एमाले र पूर्व माओवादी भनेको पहाडबाट बगेर आएको नदि नाला जस्तै हो । हिजो फरक थिए । तर अहिले नेकपा बनेको छ । यो दुई खोला मिलेर बनेको समुद्र
हो । त्यो समुद्रमा गुटबन्दी भन्ने कुरा हुँदैन । यो आफ्नो सिद्धान्तले चलेको पार्टी हो र कसैको विचार धारणाबाट चलेको पार्टी होइन । पार्टीमा व्यक्ति प्रदान होइन सिद्धान्त प्रदान हुन्छ ।

४. अब केही कोरोना महामारीका विषयमा पनि कुरा गरौ, सचेत नागरिकको हैसियतले कोरोना महामारीलाई कसरी हेरिरहनुभएको छ नि तपाईले ?

राज्य र सरोकारवाला जुन किसिमले तथ्यांकहरु आइरहेका छन् त्योभन्दा महामारीको विषयमा मेरो फरक धारणा छ । भाइरस भन्ने चिज र मानव जातिको शरिरमा एक करोडभन्दा बढि भाइरसहरु रहेका छन् अहिले पनि । यो मानव जाति पृथ्वी आएसँगै आउने भाइरस आउने एक प्रकारको भाइरस हो । यो एक प्रकारको फ्यू हो, एक प्रकारको भाइरस भनेको अत्याधिक रुपमा अरु फ्लुभन्दा बढि देखिन्छ । अरु फ्लुभन्दा बढि संक्रमण देखाउने एउटा रोग हो । यो हाम्रो कारणले शरिरको इमियुनिटि पावर कमजोर भएका व्यक्तिहरुलाई यो रोगले आक्रमण गर्दछ । अरु रोग लागिरहेको मानिसहरुलाई लाग्ने एक प्रकारको रोग हो यसलाई महामारी भनिदैन । यति भन्दै गर्दा फेरी पूर्ण रुपमा बेवास्ता गर्नुहोस् भन्ने मेरो भनाई होइन् । यसले विश्वमा भोकमारीभन्दा अरु क्षति गर्न सक्दैन । यो रोगले भन्दा बढि भोकमरीले क्षति गर्दछ । यसबाट बच्नका लागि जेष्ठ नागरिकहरुलाई सचेतना अपनाउने र विशेष कियर गर्ने, दिर्घ रोगीहरुलाई बचाउने, शाररिक कमजोर भएका मानिसहरुलाई बचाएर अगाडि बढ्न सक्दछौं । हामीले सुरक्षा सर्तहरुलाई पूर्ण रुपमा कार्यान्वयन गरियो भने हामी सहज तरिकाबाट अगाडि बढ्न सकिन्छ । मैले यसलाई मानव विकासको क्रममा आइपरेको एक त्रासदीका रुपमा लिएको छु ।

५. नेकपालाई जनताको पार्टी भनिन्छ, तर लामो लकडाउनले गर्दा निम्न वर्गका मानिसहरु अहिले भोकमरीमा परिरहेको अवस्था छ किन होला ?

केन्द्रमा भएको विवादले गर्दा जनताको समक्ष पुग्न सकिरहेको अवस्था छैन । अहिले यस्तो महामारीको समयमा केन्द्रमा बेमौसमीको बाजा बजाए जस्तो गरेर हाम्रो ध्यान अन्य क्षेत्रमा लगाउनु परेको कारणले गर्दा यसमा दुःख लागेको छ । यसमा हामी आत्मआलोचित हुनुपर्दछ । यो भनिरहँदा फेरी जनतालाई सहयोग नगरेको भन्ने होइन । पार्टीको तर्फबाट व्यक्तिको तर्फबाट सहयोग भएको छ । जति हुनुपथ्र्थो त्यति भएन भन्ने मात्र हो । हाम्रो पार्टी अहिले श्रमजीवी वर्गहरुमा काम गरेको छ । उनीहरुको नै हो नेकपा पार्टी भनेको । उनीहरुको विषयलाई नै गम्भिर भएर आफ्ना कामहरु अगाडि सारेको छ । विपन्न परिवार, गरिब वर्ग, लक्षित वर्ग, मजदुर वर्गहरुलाई काम गरी खाने वातावरण तयार गर्नका लागि हामी लागि परिरहेको अवस्था रहेको छ ।

६. बाँकेमा कोरोना रोकथाम तथा नियन्त्रणमा करोडौ खर्च भएको पाइएको छ यसमा तपाईको भनाई के छ ?

बाँकेमा कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च हुन स्वभाविक हो । कोरोना रोकथामका लागि बाँकेका स्थानीय तहले गरेको खर्च बढि भएको जस्तो मैले मानेको छैन । किनभने । करिब ३ महिनासम्मका लागि बाँकेका सम्पूर्ण पालिकाहरुले राहत वितरण गरेको थियो । राहत वितरण एक पटक मात्र होइन ३÷४ पटक राहत वितरण गरिएको थियो । नेकपा सरकारले गरिब, निम्न वर्गका मानिसहरुलाई भोकै बस्न नपरोस् भनेर स्थानीय सरकारले राहत वितरण गरेको थियो, त्यसमा खर्च भयो । स्यानिटाइजरका कुराहरु भए, मास्कका कुराहरु भए, अन्य पीसीआर टेष्टका कुराहरु भए, यावत कुराहरुमा खर्च हुन स्वभाविक हो । यस्तै भारतबाट आएका नेपालीहरुको व्यवस्थापनमा कति खर्च भयो हो । सबैभन्दा बढि राहतमा खर्च भएको हुनसक्छ । त्यसपछि क्वारेन्टिनमा बसेका नागरिकहरुलाई गाँस, बाँस र कपाँसको लागि खर्च भएको हो । त्यसकारणले यो त्यति ठुलो खर्च हो जस्तो मलाई लाग्दैन ।

७. बाँकेका राजनीतिक दल महामारीमा पनि एकिकृत हुन सकेको देखिएन, महामारीको विषम समयमा पनि सत्ताधारी पार्टीले नेतृत्व लिन सकेन भन्ने गुनासोप्रति तपाईको प्रतिक्रिया छ ?

यसमा हाम्रो कमजोरी भएको भन्नुपर्दछ । सबै राजनीतिक दलका नेताहरुलाई एक स्थानमा राखेर कुरा गर्नुपथ्र्थो तर हुन सकेन । अहिले केन्द्रदेखि स्थानीय तहसम्म नेकपाको सरकार रहेको छ तर यो समयमा राजनितिक दलले नेतृत्व लिन नसकेको भन्ने भन्ने होइन तर अन्य राजनितिक दलका नेता तथा कार्यकर्तालाई एक स्थानमा राखेर काम गर्ने निर्णय पनि हुने गरेको थियो । तर नेकपा पार्टीको विपक्षमा उभिएजस्तो गर्नुभयो । यो महामारीलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि बाँकेमा धेरै पटक बैंठक र अन्तक्रिया पनि ग¥यौं तर निर्णय त हुने भयो तर कार्यन्वयन भने नुहुने यो समस्याले गर्दा गुनासाहरु आएका हुन सक्छन् नआउने भन्ने होइन । उदारणका लागि केही महिना अगाडिको कुरा हो । कोहलपुर नगरपालिकाले कोरोना रोकथामका लागि निषेधाज्ञा ग¥यो तर नेपालगञ्ज उपमहानगरपालिकाले खोल्ने निर्णय ग¥र्यो । नेपालगञ्जका व्यापारहरु खुल्ला रहने अनी कोहलपुरमा भने बन्द हुने परिस्थिति आएको थियो । यस्ता कुराहरुले नेकपाको नेतृत्वलाई समस्या बनाएको थियो तर अहिले त्यस्तो देखिदैन । त्यो समयमा स्थानीय तहको पनि निर्णयहरु फरक फरक भएपछि समस्या आएको थियो । सिमा भन्दा २० किलोमिटर यता बन्द हुने निर्णय भयो भने जुन सिमासंग जोडिएको नेपालगञ्जको बजार खोल्ने निर्णय भयो । अब चार्डपर्वको बेलामा सामान किन्नका लागि नेपालगञ्ज जान दिएको छ । यो समयमा साम्य बनाउनका लागि दुबै तिर बन्द गरेका थियौं । त्यो समयमा कोहलपुरमा भने कोरोना संक्रमितको संख्या दिनप्रतिदिन थपिदै गएको थियो । अब खोलेपछि सबै स्थानीय तहमा रहेका बजारहरु सुरक्षाका मापदण्डहरु अपनाएर खोल्नुपर्दछ भन्ने मेरो माग हो ।

६. अन्त्यमा आफ्ना नेता कार्यकर्ताहरुलाई कोरोना रोकथाम तथा नियन्त्रणमा लाग्न के भन्न चाहानुहुन्छ ?

यो एक प्रकारको संक्रमण हो । यसलाई आवश्यक सुरक्षा अपनाएर आफ्नो काममा फर्किन अनुरोध गर्न चाहान्छु । सामाजिक दुरी कायम गर्नुहोस् । भिडभाडमा जम्मा नहुनुहोस् । खेतबारीमा गएर काम गर्न सकिन्छ । बहाना बनाएर लकडाउनमा घर बस्ने यस्तो प्रवृति देखिएको छ यो हानिकारक छ । त्यसकारणले आवश्यक सुरक्षा मापदण्ड अपनाएर आफ्नो काममा फर्किनुहोस् त्यसमा नेकपा पार्टीको पूर्ण सहमत हुनेछ । धन्यवाद ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ३० गते मंगलबार