20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

‘द्धन्द्धका घाइते, अपांगलाई राज्यले व्यवस्थापन गर्न सकेन’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, भदौ २८, २०७७  

देशमा कोरोना महामारी छ । सिंगो देशका रहेक क्षेत्र केही न केही रुपमा प्रभावित भइरहेका छन् । कोरोना कहर यतिबेला नै सकिन्छ भन्ने सकिने अवस्था समेत छैन । यस्तो बेलामा काम गरि खाने व्यक्ति समेत भोकै बस्नु पर्ने अवस्था सिर्जना भएको छ । अझ हाम्रो समाजमा विशेष क्षमता भएका व्यक्तिहरुको समस्या झ्न विकराल छ । देशमा विगतमा चलेको शसस्त्र युद्धको घाउ अझै आलै छ । महामारीको समयमा हिजो सपना देखाउँनेहरुको विलासिता र उनीहरुको सपनाको पछि लाग्दै समृद्धिको यात्रामा होमिएका घाइते, अपांगहरुको हालत कहाली लाग्दो देखियो । अपांग योद्धा संगठनको स्थापना, काम कारवाही, उद्देश्य र कोरोना करहका विषयमा केन्द्रीत रहेर जन क्रान्तिका घाइते, अपांग योद्धा संगठनका केन्द्रीय सचिवालय सदस्य प्रेम कटुवाल मिसन टुडे दैनिकका सुर्खेत संवाददाता दिनेश कुमार बुढाले गरेको कुराकानीको संम्पादित अंश ।

१. कोरोना कहरका बीच संगठनले कसरी काम गरिरहेको छ ?

हाम्रो संगठन जन क्रान्तिका घाइते, अपांगहरुको योद्धा संगठन हो । यसले देशको आमुल परिर्वतनको लागि विशेष हाल सम्म परिर्वतनमा भौतिक हिसाबले राजनीतिक आर्थिक,सामाजिक मात्र नभइ मानसिक हिसाबले आफ्नो सहिदको अंगहरुको बलिदान गरेको योद्धाहरुलाई संगठन गरेर उहाँहरुको राजनैतिक जिम्मेवारी सुनच्चित गर्ने हो । बिशेष गरिकन क्रान्तिको समयमा भएका घाइते तथा अपांगहरुको कुरालाई मध्यनजर गरेर हाम्रो संगठनले काम गर्दै आइरहेको छ । अहिले विशेष गरिका कोरोना संक्रकण फैलिरहेको स्थितिमा पनि हामीले दुइवटा कामहरु गर्दै छौँ । एउटा हाम्रो संगठनको तर्फबाट पनि हामी घाइते अपांग भएर देशको जुन अवस्थामा बसेका छन् । उहाँहरु सँग समन्वय गर्ने, हाम्रा संगठनका आन्तरिक कामहरुलाई चाँही व्यवस्थित गर्ने र हामीले हाम्रो संगठन मार्फत पनि घाइते अपांग र आम समुदायलाई सचेतना अपनाउने काम र एउटा जनचेतना जगाउने खालको काम पनि गरिरहेका छांै । अर्कोतर्फ जन क्रान्तिका घाइते तथा अपांग यौद्धाहरुको संगठनले यो शान्ति प्रक्रियाका बाँकि कामहरु पनि सग्रह राष्ट्रिय कामहरु यसमा जोडिएको छ । यस्तो हुँदा भएको हिजो जनआन्दोलन, जनयुद्धमा भएका घाइतेहरु जे जस्तो अवस्थामा हुनुहुन्छ । उहाँहरुको राजनैतिक एउटा अधिकार सुनिश्चित गर्ने, उहाँको योगदानको कदर राज्यले गर्नु पर्छ भन्ने हो । राज्यसँग आवश्यक संवाद र छलफल गरेर यसको कार्यान्यवन गर्न तर्फ प्रेरित गर्ने र व्यवस्थापनको हिसाबले चाँही उहाँहरुको शारिरिक समस्याको प्रकृति र अवस्था हेरी तिनीहरुको राज्यले व्यवस्थापन गर्नुपर्छ भन्ने बारेमा विशेष गरि हाम्रा मागहरुलाई पनि सरकार समक्ष राखेका छौँ । र यसलाई पनि नेपाल सरकार र गृह मन्त्रालयसँग निरन्तर छलफल र बहस गरेर हाम्रो संगठनको अध्यक्ष पनि निरन्तर लागि राख्नु भएको छ ।

२. घाइते, अपांग र योद्धा संगठन स्थापनाको उद्देश्य के हो ?

जनक्रान्तिका घाइते, अपांग र योद्धा संगठनको स्थापना २०६३ सालमा भएको हो । हामी जनयुद्ध, जनआन्दोलनबाट शान्ति प्रक्रियामा प्रवेश गरि सकेपछि जनयुद्धकाल र शान्ति प्रक्रियाको विभिन्न तहका आन्दोलन र सवालमा भएका देशैभरीका राजनैतिक घटनामा भएका घाइते अपांगलाई सहयोग गर्नको लागि हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कोे भातृ संगठनको रुपमा २०६३ सालमा घाइते, अपांग यौद्धा संगठन गरेको हो । यसले विशेष गरी पहिलो कुरा त घाइते अपांगलाई विषेश गरेर राजनीतिक एजेण्डासँग जोड्ने काम गर्छ । अधिकारका प्राप्तिको लागि निर्माणको तहमा प्रतिनिधित्व गर्ने हिसाब यो संगठन क्रियाशिल भएको अवस्था हो । अपांगता भएका व्यक्तिहरुको हकहित, राज्यबाट गर्नुपर्ने व्यवस्थापन र प्रतिक्रियागत रुपमा यसको स्थापना भएको हो ।

३. यस संगठनले घाइते, अपांग र योद्धाहरुका विषयमा कसरी वकालत गरिरहेको अवस्था छ ?

अहिले विशेष गरी घाइते विषयमा हाम्रो संगठनले एउटा बृहत् राष्ट्रिय सम्मेलन भएर नयाँ नीति निर्माण गरेको छ । हामीले हरेक काम गर्दा प्रकृयागत रुपमा अघि बढिरहेका छौं । जीवनबहादुर बुढा यस अघि जनमुक्ति सेनाका डिभिजन कमान्डर हुनुहुन्थ्यो । अहिले उहाँ राष्ट्रिय सभाको सदस्य हुनुहुन्छ । उहाँले अहिले संगठनको नेतृत्व गरिरहनु भएको छ । हामीले हाम्रो राष्ट्रिय सम्मेलनबाट सर्वसहमतिमा उहाँलाई चयन गरेका हौं । यतिबेला हिजो द्धन्द्धको शान्तिमा हामी आइसकेपछि विस्तृत शान्ति सम्झौता भयो । द्धन्द्धका घाइते अपांगहरुको जुन प्रकारले राज्यले सम्मान सहितको व्यवस्थापन गर्नु पर्ने थियो । त्यसको व्यवस्थापनमा ठुलो समस्या रहेको छ । ती ठाउँमा मन्त्रालय मार्फत निश्चित समयमा व्यवस्थापनका लागि प्रयत्नहरु आंशिक रुपमा मात्र रहे । केही व्यक्तिले राहत प्राप्त गरेपनि अन्यले अझै पाउन सकिरहेका छैनन् । यस्ता समसामयिक विषयमा संगठनमा छलफल समेत चलिरहेको छ ।

४. राज्यबाट अहिलेसम्म के कस्ता सुविधाहरु प्राप्त गर्नु भएको छ ?

हाम्रो संगठनले राज्य, संस्था र संगठनबाट केही पनि लिदैनौं । संगठनमा आवद्ध घाइते अपांगता भएका साथीहरु नै हुनुहुन्छ । तिनीहरुको पुनःव्यवस्थाका लागि संस्थागत हिसाबले कार्यान्वयन भएको छैन । अर्को कुरा यसअघिका साथीहरुले विभिन्न प्रक्रियामा हेरेर त्यो पनि वैज्ञानिक तरिकाबाट हुनुपथ्र्यौ । विशिष्ट श्रेणीमा विभाजन गरिएको यौद्धा एकल भई परिवारबाट सहयोग भनेर ६ हजार दुई सयका दरले दुई जनाले १२ हजार चारसय रुपैयाँ पाउँने व्यवस्था थियो । जुन तयारीका एकल व्यक्तिमा ६ हजार दुई सय रुपैयाँ पाउने गरेका पनि थिए । अर्को कुरा घाइते भएका बालबालिकाहरुको सन्र्दभमा छात्रवृत्रि तथा नेपालको जुनसुकै अस्पतालमा पनि उहाँहरुको निःशुल्क उपचारको व्यवस्थापन गर्नुपर्छ । जिल्लाको जिल्ला प्रशासनबाट देशको प्रधानमन्त्री मन्त्रीलाई र सोही प्रदेशको आन्तरिक मामिला मन्त्रालयलाई ज्ञापन–पत्र बुझाउने काम पनि भइराखेको छ । साथै हाम्रो संगठनले पनि केन्द्रमा गृहमन्त्री, प्रधानमन्त्री र नेकपाको अध्यक्षलाइ समेत संस्थागत रुपले पनि ध्यानार्कषण गराउँदै आइरहेको छ ।

५. समाजमा घाइतेहरु प्रति हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ ?

पहिलो कुरा हामी र हाम्रो समाजमा भएका घाइते तर घाइतेहरुको पारिवारिक, सामाजिक व्यावस्थापन कुनै पनि घाइतेलाई समाजमा सम्मान गर्नु पर्ने थियो । त्यो आजसम्म हुन सकेको छैन् । जुन घाइतेहरुको आफ्नो शरिरको स्वास्थ्य उपचार तथा त्यस्ता खालका आम विषयहरु राज्यले एक किसिमको कार्याविधि बनाएर समाधान गर्नुपर्छ । राज्यले के ग¥यो भने घाइतेहरुका समस्याहरुको समाधान गछौँ भन्ने बाहानामा कार्यदल बनाउँने, यसलाई विभेद गर्ने गरेको छ । धेरै केही घाइतेहरुको अहिले मृत्यु समेत भइसकेको छ । साथै त्यस्ता घाइतेहरुलाई खानपानको व्यवस्थापन, उपचारको व्यवस्थापन हाम्रो संगठनबाट गरेका छौँ । फेरी पनि समुदायले भौतिक हिसाबले घाइते भए पनि बिचारका हिसाबले उहाँहरु घाइते हुनुहुदैँन । राष्ट्रको लागि आफुले गरेको त्याग, बलिदान पनि त्यही किसिमका भएका छन् । समाजमा त्यही देखिन्छन् ।त्यस्ता घटनाहरु घाइतेहरुको स्वास्थ्य स्थिति, हामी हाम्रो संगठनबाट पनि लागि रहेका छौँ । त्यस्ता घाइतेहरुको समस्याहरु केहि महिना भित्रै समाधान गर्नु पर्छ भनेर हामी घटिरहेका छौँ ।

६. लामो समयको कोरोना कहरका बीच तपाईहरुले भोगिरहेको अवस्था के हो ?

अब यसमा त कोरोना कहरको बिचमा मानव समुदायमा भयाभह स्थिति भयो । पहिलो कुरा स्वास्थ्यको दृष्टिकोणबाट एउटा मनोवैज्ञानिक हिसाबले ठुलो असर परेको र कोरोनाको क्षतिले गरेको असर पनि परि राखेको छ ।यस विषयमा व्यापार, व्यवसाय र विनिमयका कामहरु सबै ठप छ । राज्यको सबै क्षेत्रमा समेत यो महामारी फैलिएको छ । राज्यले यसको भूमिका निर्वाह गर्नुपर्ने हो । तर बिचार गर्नु पर्ने ठाउँको यसको सबै भन्दा बढि सिकार भनेका घाइते, अपांग रहेका छन् । राज्यले यस भन्दा अगाडि सामान्य लागेताबाट पनि अहिलेको कार्यापनि धेरै जनाको बहुसंख्याको पनि छुट्याइ दिएको छ । अर्को कुरा थुप्रै व्यवस्था गर्नुपर्ने घाइतेहरुको व्यवस्थापन राज्यले गर्नुपर्छ । यस भन्दा अगाडि शान्ति मन्त्रालय रहने बेला केही उपचारको प्रक्रिया चलिराखेको थियो । तर अहिले बन्द भएको छ । र जन क्रान्तिका घाइते तथा योद्धाहरु परि राख्नु भएको छ । यस्ता घटनाहरु थुप्रै ठाउँमा भएका देखेका छौँ । हाम्रो संगठनको तर्फबाट सम्र्पकमा ल्याउने र हामीले के कसरी समस्याको समाधान गर्ने भन्ने विषयमा सहजीकरण गदैँ आएका छौँ ।

७. अन्त्यमा सम्पूर्ण नागरिकहरुलाई के भन्न चाहानुहुन्छ ?

हामी विशेष गरी आम नागरिकहरुलाई क्रान्तिका घाइते तथा अपांगका योद्धाहरु जुन प्रकारले आएर बसी राख्नु भएको छ । कुनै न कुनै ठाउँमा उहाँहरु समुदायमा पनि भौतिक शरिर काम गर्ने बेला अवस्थामा समुदायमा मिलेर काम गर्ने, अगुवाको रुपमा, नेतृत्व गर्ने गरेका हामीले देखेका छौँ । यस अवस्थामा हामीले जुन जनक्रान्ति र आन्दोलनका घाइते अपांगहरुको सम्मानको लागि र राज्यले पुरा गर्नु पर्ने एजेण्डाको हकमा सकारात्मक बुझाईको आधारमा सबैभन्दा पहिला त सहयोगको र सहकार्यको आवश्यकता छ । अर्को कुरा योद्धा संगठनका साथीहरुमात्र नभई जनक्रान्तिबाट घाइते तथा अपांग भएका व्यक्तिहरु तत्काल यस संगठनमा आउन तथा सम्र्पक गराइदिन र आफ्नो सम्पर्क नम्बरसहित अमुल्य सुझाब पनि राख्न आम नागरिकहरुलाई अपिल समेत गर्दछु । साथै यो कोरोना महामारीमा पनि हामीले घाइते तथा अपांग सम्बन्धि राज्यसँग विभिन्न सेवा सुविधाका लागि माग गरेका छौँ । ती मागहरु सरकारले पुरा गरिदिएन भने सबै साथीहरुलाइ सम्र्पकमा ल्याइ संगठन आन्दोलनमा जान सक्ने छ । साथै घाइते तथा अपांग व्यक्तिहरु जो जहाँ हुनुहुन्छ उहाँहरुको स्वास्थ्य लाभको कामना समेत गर्दछु । धन्यवाद ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

प्रकाशित मितिः आइतवार, भदौ २८, २०७७     3:27:46 PM  |