‘नगरपालिकाले सन्तोषजनक काम गर्न सकेको छैन’



नेपालमा पछिल्लो समयमा कोरोना संक्रमा तिव्र रुपमा बढिरहेको छ । दिनप्रतिदिन संक्रमितसँगै मृत्यु हुनेहरुको समेत संख्या थपिरहेको छ । यस बीचमा केन्द्र तथा स्थानीय स्तरमा समेत पार्टीहरु बीच कोरोना कहर रोकथाम तथा नियन्त्रणको लागि एकजुट भएर अघि बढेको देखिदैंन । सत्ताधारी पार्टी नेकपाले समेत कार्यकर्तालाई कोरोना कहर विरुद्धको अभियानमा परिचालन गर्न सकेको छैन । भने प्रमुख प्रतिपक्ष काँग्रेसको समेत अवस्था त्यो भन्दा फरक देखिदैन । स्थानीय स्तरमा नेपाली काँग्रेसले के कस्ता कामहरु गरेको छ । स्थानीय, प्रदेश र संघीय सरकारले गरेका काम प्रतिको धारणा र विशेषगरी कोहलपुर नगरपालिकाले गरेका काम प्रतिको महिला नेताहरुले कसरी हेरिरहेका छन् । भन्ने विषयमा नेपाली काँग्रेस बाँकेकी महिला नेत्री मिना सिग्देलसँग डिल्ली शाहीले कुराकानी:-

१. कोरोना रोकथाम र नियन्त्रणको लागि तीन तहका सरकारहरुले कसरी काम गरिरहेको पाउनुभएको छ ?

लामो संघर्षपछि नेपाल सरकारले संघियता ल्यायांै । जुन संघियताको संरचना अनुसार केन्द्रिय, प्रदेश र स्थानीय भनी तीन तहको सरकारको संरचना तयार पारेको छ । अहिले नेकपाको सरकार रहेको छ । जसले कोरोना रोकथामको लागि निकै राम्रो काम गरेका छौं भन्नुहुन्छ । तर मैले पाएको भनेको सन्तोषजनक काम गरेको पाएकी छैन । नेपाल सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जति काम हुनुपर्ने थियो । त्यति हुन सकेको छैन । कोरोना रोकथाम तथा नियन्त्रणका लागि धेरै खर्च भएको देखाउनुभएको छ । तर समाजमा त्यति उपलब्धि देखिएको छैन । अहिले नेपाल सरकारले केही महिनामा नै अरबांै खर्च भएको देखाउँदा यस्तो लाग्छ की कोरोना एउटा कमाई खाने भाँडो जस्तो बनाएको मैले ठानेकी छु । अहिलेको कोरोना रोकथाम तथा नियन्त्रणका नाउँमा व्यक्तिका नाममा र अन्य कुनै कर्मचारीको नाममा, जनप्रनितिधिको नाममा निकै खर्च भएको देखिन्छ । तर उहाँहरुले बाहिरी रुपबाट सहयोगको भावना देखाउने र आन्तरिक रुपबाट कमाउने भाँडो जस्तो मान्नुभएको छ । यस्तो किसिमको व्यवहार हरेक स्थानीय तहमा देखिएको छ ।

प्रदेशले के गरेको भन्ने अझै थाहा नै छैन । कोरोना रोकथाम तथा नियन्त्रणका लागि के–कस्ता योजना ल्याएको छ के काम गरिरहेको छ भन्नेबारे कुनै जानकारी नै छैन । हुनत् कोहलपुर नगरपालिका कै कुरा गर्दा, तीन करोड खर्च भयो भन्ने कुरो आएको छ । आन्तरिक रुपमा बसेर हामीले हेर्न पाइएको त छैन । कोरोनाको नाउँमा राहत दिइराखेको छ । यहाँ नेपालमा भरीकै कुरा गर्दा विभिन्न गैरसरकारी, व्यक्तिगत, संघसंस्थाहरुले समेत सहयोग गरेका छन् । यसरी सहयोग गर्दागर्दै पनि यति धेरै पैसा कहाँ खर्च भएको छ । साथीहरुलाई नराम्रो पनि लाग्ला तर हामीले देखेको के हो भने बागेश्वरी बहुमुखी क्याम्पसमा पनि क्वारेन्टिन बनाएको थियो । कोहलपुर नगरपालिकाले वडा नम्बर १ देखि १५ वडामा क्वारेन्टिन बनाएको थियो । सोही क्वारेन्टिनमा राखेका व्यक्तिहरुको कुनको कति खर्च भयो भन्नेबारे कुनै खर्च विवरण देखिदैन । कोरोना लाग्छ भनेर एकले विछ्याएको ओछ्यान लत्ताकपडा प्रयोग गर्ने मिल्दैन । तर कोहलपुरमा भने एउटै कपडाहरु ओछ्याएका छन् । प्रति व्यक्तिलाई खाना र नास्ताको कति खर्च भयो भन्ने होला तर कति भयो भन्ने त सार्वजनिक गर्नुप¥यो नी ? तर उनीहरुले पहिले किनेर ल्याइएको सामान नै प्रयोग गरिराखेका छन् । यसमा के हो भने प्रति व्यक्ति नयाँ आउने हो तर यो आएको छैन । तर तीन करोड पैसा केका लागि खर्च भयो त । नेपाल सरकारले पीसीआर चेक गर्नका लागि रकम समेत उपलब्ध गराएको छ । पीसीआर प्रशिक्षण गर्नका लागि खर्च त गरेको छैन । इत्यादि कुराले मलाई सन्तोषजनक काम गरेको जस्तो लागेको छैन ।

२. महामारीको बेला सबै राजनीतिक दलहरु एकजुट भएर अगाडि बढ्नुपर्ने हो । तर कोहलपुरमा यस्तो किन हुन सकेको छैन ?

स्थानीय तहले गरिरहेको जति काम गरिरहेको छ । त्यसमा राजनीतिक दलहरुको कुनै सरोकार नराखि काम गरेको छ । अहिलेको सरकारले काम गर्ने हामीले अरुसँग के सरोकार राख्ने भन्ने सोचका साथ हामीलाई कुनै किसिमको सरोकार राखेको मैले देखेको छैन । तर नेपाली काँग्रेसले आफ्नो तरिकाले काम गरिरहेको छ । अहिलेको नेपाल सरकारको प्रतिपक्षका रुपमा रहेको नेपाली काँग्रेस हो । त्यसकारणले पनि अन्य पार्टीहरुले पनि चर्को स्वरले बोले पनि कसैले पनि सुनिदिने अवस्था छैन । त्यसकारणले हामीले आन्तरिक रुपमा टोल–टोलमा गएर कोरोना रोकथाम गर्नका लागि के के गर्दा राम्रो हुन्छ भन्ने खालका जनचेतना फैलाउन काम गरिरहेको छ । तर सबै पार्टी मिलेर काम गरेको छैन ।

३. नेपाली काँग्रेसले कोहलपुर नगरपालिकामा हुने गरेका बेथितिका बारेमा कहिले काँहि विरोध जनाउँछ । तर आफ्ना माग पूरा नहुँदै किन पछाडि हट्छ नी ?

नेपाली काँग्रेसले उठाएका कुराहरुलाई कहिले आँधि बाटोसम्म गएको छैन । र हामी कुनैपनि हालतमा जानपनि दिन्नौं । तर कोहलपुर नगरपालिकाको हकमा जुन कुरामा बेतिथि भएको हुन्छ त्यसमा नेपाली काँग्रेस सधै त्यसको विरोध गरेका छौं । जुन विकासका निम्ति ल्याइएका योजनाहरु हुन्छन् । त्यसलाई पनि समर्थन गरेका हुन्छौं । तर हामीले उठाएका बेथितिका विषयमा भन्नुपर्दा यहाँको पार्टी गुटबन्दीका कारणले केही कमजोर भएको देखिन्छ । तर उदारणका लागि भन्नुपर्दा सभापतिले भनेको कुरा केन्द्रिय सभापतिले नमान्ने, पार्टीका सचिवले भनेको सभापतिले नमान्ने । पार्टीले राखेका कुराहरुलाई पुरा गर्नका लागि सबै एकजुट लागेर हिड्नुप¥यो नत्र भने
लडिन्छ । आफ्नो च्यानलको मान्छे अर्को च्यानलको मान्छेलाई कसरी कमजोर बनाउन सकिन्छ भनेर लागेको जस्तो देखिन्छ ।

४. पार्टीको गुटबन्दीका कारणले बेतिथिहरुका विषयमा बोल्दा पछि हट्नु परेको यहाँको आशय हो ?

हो, नेपालमा बेतिथिका कुराहरुमा बोल्दा गुटबन्दी कै कारणले पछि हटेको देखिन्छ । यहाँ आफ्नो सभापति भएपछि त्यसको सहमत जनाउने यदि अर्को च्यानलको सभापति भयो भने त्यसको विरोध गर्ने । जसका कारणले आफ्नै पार्टी पनि कमजोर बनाउँछ । तर यहाँका अग्रज व्यक्तित्वहरु पनि हुनुहुन्छ तर उहाँहरुले यो कुरालाई मनन गर्नुपर्ने । यदि त्यहाँ कुनै विषय उठान गरेपछि सम्पूर्ण जिम्मा पार्टीको हुनुपर्ने हुन्छ । त्यहाँ सभापति बोलोस् वा सचिव बोलोस् त्यसको सम्पूर्ण जिम्मा भनेको नेपाली काँग्रेस बोलेको भन्ने हुनुपर्दछ । त्यसमा व्यक्ति बोलेको हुनुुहुँदैन । प्रतिपक्षका रुपमा रहेको नेपाली काँग्रेसको भित्रपनि द्वन्द्व हुने गर्दछ । यसकारणले पछि हट्नु पर्ने थिएन । तर यहाँ त्यो पाइएको छैन । भर्खरै आर्थिक सुशासन ल्याउनका लागि एउटा समिति गठन भनेर आउँदा पनि सोही भित्र पनि द्वन्द्व भयो । त्यसकारणले त्यो समिति लागु हुन सकेन । राहत वितरणमा पनि दुई च्यानलमार्फत राहत वितरण भयो । यस्ता क्रियाकलापका कारणले प्रतिपक्षको भूमिका खेल्न नसकेको हो की भन्ने मैले महशुस बुझेकी छु ।

४. कोहलपुर नगरपालिकामा जनप्रतिनिधि आइसकेपछि गरेका र गर्न नसकेका कामहरु के–के देख्नुहुन्छ ?

कोहलपुर नगरपालिका मात्र नभएर अन्य पालिकाहरुले पनि योजनाहरु राम्रो ल्याएको छ । विकास निर्माणका कामहरुलाई तीव्र रुपमा काम समेत गरेको छ । अहिले गाउँगाउँमा सडकहरु समेत निर्माण भैरहेका छन् । तर कोहलपुर नगरपालिकाले बनाएका संरचनाहरु दिर्घकालिन रुपमा टिकेका छैनन् । नेपालको विकासको मुल जरो भनेको दीर्घकालिन योजना भनौं । त्यो अनुसारको काम हुन सकेको छैन । स्थानीय तह आएपछि स्थानीय सरकारले थुप्रै योजनाहरु ल्याएको छ । कतिपय संरचनाहरु अझै निर्माण हुन सकेका छैन र कतिपय कामहरु निर्माण भएका छन् तर ती संरचनाहरु टिक्दैनन् । कोहलपुर नगरपालिका मात्र होइन नेपालमा नै कमिसनको खेलका कारणले योजनाहरु दीर्घकालिन हुन सकेको छैन । काम गर्ने व्यक्तिले सबैलाई पु¥याउनुपर्ने । कर्मचारी, उपभोक्ता समिति, निर्माण व्यवसायी, इन्जिनियर, जनप्रतिनिधि लगायत अन्य टिम पनि होला तर यी सबैको हातमा कमिसनको चक्करका कारणले विकासले दीर्घकालिन हुन नसकेको मैले बुझेकी छु । जसका कारणले गुणस्तरीय आउँदैन । त्यसैले सडक निर्माण भएको केही महिना दिनमा नै कालोपत्रेहरु उप्किएको समाचारहरु सुन्ने र हेर्ने गर्छौ । सडकहरुमा ग्राभेल गर्दछ असारमा आएको पानीले सबै बगाएर लैजान्छ । फेरी अर्को पटक पुनः सोही स्थानमा बजेट हाल्छ फेरी अर्को पटक आएको बाढिले बगाएर लैजान्छ । यसको मतलब काम नगरेको भन्ने होइन तर काम राम्रो हुन सकेन भन्ने हो । कोहलपुर नगरपालिकाको सबैभन्दा ठुलो समस्या भनेको पहिले सडक निर्माण गर्दछन्, त्यसपछि नालि बनाउँछन् । तर सँगै बाटो र नालि बनाएको भए राम्रो हुने थियो । एक आर्थिक वर्षको बाटो निर्माण गर्दछन् अर्को आर्थिक वर्षमा नालि निर्माण गर्ने भन्ने चलन छ । तर आर्थिक वर्ष नआउँदै बाटो कहाँ बनाएको खोज्नुपर्ने हुन्छ । कोहलपुरबासीहरुले कोहलपुर नगरपालिकाले चाहे जस्तो विकास गर्न सकेको छैन । गाउँ गाउँमा जाँदा निकै समस्याहरु रहेका छन् तर सो समस्या पुरा गर्न सकेको छैन ।

५. कोहलपुर नगरपालिकामा गौरवका योजनाहरु ल्याएको छ तर दीर्घकालिन रुपमा विकास हुन सकेका छैनन भन्ने यहाँको धारणा हो ?

हो, एकदमै हो । कोहलपुर नगरपालिकाले गौरवका योजनाहरु निकै राम्रो ल्याएको छ । तर त्यसको दीर्घकालिन रुपमा विकास हुन सकेको छैन । यहाँ उपभोक्ता समितिलाई दिएको हुन्छ तर निर्माण व्यवसायीलाई पुनः विकास निर्माणका लागि जिम्मा देखिएको छ । कोहलपुर नगरपालिकाले उपभोक्ता मार्फत भएका कामहरु राम्रो र गुणस्तरीय हुने भएकोले यस्तो योजना ल्याएको हुनुपर्दछ । तर यहाँ उपभोक्ता समिति नै मिलोमतो भई निर्माण व्यवसायीलाई ठेक्का दिएजस्तो हुने प्रवित्तिका कारणले गर्दा यस्तो समस्या आएको हो ।

५. कोरोना महामारी अझै नियन्त्रणमा आउन सकेको छैन । कोहलपुर नगरपालिका कस्ता योजना बनाएर अगाडि बढ्नुपर्ला ?

कोहलपुर नरपालिकाका जनताहरुले निषेधाज्ञा भनेको नबुझेका हुन त ? कोहलपुर नगरपालिकामा केही हप्तादेखि निषेधाज्ञा जारी गरेको
छ । त्यो समयमा पनि मानिसहरुको चहलपहल झन् बढिरहेको छ । तर अहिले कोहलपुर नगरपालिकामा १५ जना वडा अध्यक्ष ज्यूहरु हुनुहुन्छ, यस्तै वडा सदस्यहरु पनि हुनुहुन्छ । उहाँहरुले नै जनताहरुको माझमा गई निषेधाज्ञा कस्तो अवस्थामा भन्छन् । यस्तो महामारीबाट कसरी बच्न, कसरी बच्ने जस्ता सामान्य व्यक्तिहरुलाई समेत सम्झाइबुझाई गरेपछि पक्कै पनि मान्छन् । यो एउटा विकल्पको रुपमा रहन सक्छ । कोरोना नियन्त्रण तथा रोकथाम गर्नका लागि अपनाइने उपायहरु नअपनाइएको खण्डमा सो व्यक्तिलाई कारवाही गर्नुपर्दछ । सबै वडाहरुमा कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि समिति निर्माण गरिनुपर्दछ । सो समितिमार्फत काम कारवाही अगाडि सार्नुपर्दछ । नाकामा कडाई गरिनुपर्छ । आइसोलेसन व्यवस्थापन गर्नुप¥यो । व्यवसाय सञ्चालन गर्दा सामाजिक दुरी कायम गर्दा सुरक्षित हुन्छ । हामी आफै पनि सुरक्षित रहनुपर्छ । कोहपुरमा निकै छाडा भइसक्यो । त्यसैले सचेत रहनुको विकल्प छैन । सरकारले पनि विकल्प दिन सकेन । लकडाउन मात्रै थपिरह्यो । समयमा नै संयमता अपनाउनै पर्छ । अहिले समुदाय स्तरमा फैलिसकेको छ । यसले भोलीका दिनहरुमा भयभित बनायो भने ठूलो क्षति हुन सक्छ ।

६. अन्त्यमा के भन्न चाहानुहुन्छ ?

कोरोना भाइरस (कोभिड–१९) नेपालको मात्र नभई विश्वव्यापी समस्या हो ? योे समस्या समाधान अहिलेकोे मुख्य आवश्यकता हो । विश्वका शक्ति सम्पन्न राष्ट्र समेत यसबाट निकै नराम्रोसँग प्रभावित भएका छन् । नेपालमा समेत दिनानुदिन बढ्दै गइरहेको अवस्थमा छ । छ महिना सम्मको लकडाउनले धेरै जनाको गाँस, बाँस र कपाँस गुमाएका छन् । संक्रमित समेत बढिरहेको अवस्थामा हामी सचेत रहनुको विकल्प छैन । सबैले आफूलाई सुरक्षित राख्नको लागि व्यक्तिगत सरसफाईमा ध्यान दिन आवश्यक ठान्दछु । आवश्यक स्वास्थ्य सुरक्षा अपनाऔं । नगरपालिकाले समेत यसमा अझ प्रभावकारी रुपमा अघि बढोस् । क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनमा ध्यान दिन जरुरी छ । बेरोजगारीको समस्या समाधानको लागि लागि परौं । सर्वसाधारणलाई भने मास्क प्रयोग गरौं, सामाजिक दुरी कायम गरांै, सेनिटाइजर प्रयोग गरांै भन्न चाहन्छु । हामी यसबाट हराउने होइन । संयमित भएर जोगिने प्रयास गर्ने हो भन्न चाहन्छु । अवसरको लागि मिसन टुडे दैनिकलाई धन्यवाद ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २१ गते आइतबार