3 December 2020  |   बिहिबार, मंसिर १८, २०७७

श्राद्धको महिमा आवश्यकता तथा विधि प्रक्रिया

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, भदौ १९, २०७७  

एकराज शर्मा

हिन्दुहरु वा ॐ कार परिवारले भाद्र महिनाको शुक्ल पूर्णिमाको दिनदेखि आफ्ना पितृहरुको लागि १६ दिनसम्म तर्पण सहितको पिण्डदान गरेर स्मरण गर्ने प्रचलन छ । यो परम्परा सदियौंदेखि चलिआएको हो । यो समयमा आफ्न पितृहरु जुन तिथिमा मृत्य भएको हो साहि तिथिमा श्राद्ध गर्ने गरिन्छ ।

हामी हिन्दुधर्मलम्बी भएकाले हाम्रा मूख्य संस्कृतिलाई परम्परादेखि नै अंगिकार गर्दै आइरहेका छौं । आमीले षोडश संसकार विहानदेखि साँझसम्म गर्ने नित्यकर्म तथा देवकार्य, पितृकार्य सदाचार आदि गरिरहेका छौं । हिन्दुदर्शनमा विद्धानको रायलाई आधार मान्दा हिन्दु भन्नाले भगवान तथा उहाँका अंश राजा (इन्द्र, पवन, यम, सूर्य,अग्नि,वरुण, चन्द्र, कुवेर) आठ दिक्पालहरुको अंशलाई मानिएको छ । वेद, गुरु,गायत्रीगीता, गाई गङ्घामा आस्थावान तथा ॐ लाई मूलमन्त्र ठान्न्ोलाई मानिन्छ । यसले पूर्व जन्म तथा पुर्नजन्ममा विश्वास राख्नेलाई हिन्दु मानिन्छ ।

एकहिन्दु भएर जन्मिने केवल संयोग मात्र होइन । पूर्व जन्मको संस्कार कर्म तथा मृत्यु संस्कार पनि भगवानको विशेष अनुशरण वा अनुकम्पा पनि हो । सृष्टि पालन संहार गर्ने तथा यस खालका कर्मको निरन्तरता प्रदान गर्ने अदृश्य शत्तिको नाम आफैमा भगवान हो । यस शाश्वत सत्यको बोध गरेर लोक तथा परलोकको सुधार तथा परिमार्जन गर्नका लागि हामीले स्वच्छ र स्वस्थ जीवनयापन गर्न सक्नु पर्दछ । जन्मेदेखि मृत्यु पर्यन्त तथा मृत्यु पश्चात वार्षिक श्राद्ध गर्ने हाम्रो परम्परा रहेको छ ।

“कर्मभूमिरियम” यो कर्मको क्षेत्र हो । विश्वकर्ममय हो । कर्मको कारण विश्व रचनाको आधार हो । यो ब्रहण्डको कर्म कै कारणमा खडा भएको हो । किनकि स्वयम् भगवान आफंैमा कर्मशील हो । भगवान श्रीकृष्णले गीतामा अर्जुनलाई बताउनु भएको छ कि “हे अर्जुन मेरा निमित्त तीनै लोकमा केही पनि कर्तव्य छैन । कुनै अप्राप्त वस्तुलाई कर्म गरेर प्राप्त गर्नु छ तथापि म कर्मबाट नै लाग्ने छु । यो लोकको रक्षाको लागि कर्मानुष्ठानमा लागिरहने छु ।”

श्रीकृष्ण भगवानले अर्जुनलाई गीतामा कर्मयोग नै सर्वश्रेष्ठ हो फलको इच्छा नराखी कर्मयोग नै गर भनेर विभिन्न तरिकाबाट बताएको देखिन्छ । वास्तवमा हिन्दु धर्ममा कर्म तीन तरिकाले वताइएको छ । जसमा नित्य, नैमित्तिक र काम्य छन् । नैमित्तिक कर्ममा विशेष गरी श्राद्धको विषय रहेको छ । श्राद्धहरु िवभिन्न छन् । अहिले सबैले श्राद्ध वार्षिक रुपमा गर्दै आएको वार्षिक तिथि श्राद्धलाई एकोद्धिष्ट तथा आश्विन कृष्ण पक्षमा गरिने श्राद्धलाई पार्वण श्राद्ध भनिन्छ । औसी तिथिमा तथा आश्विन कृष्णपक्षमा मृत्यु भएकाको तिथि श्राद्धलाई एकपार्वण श्राद्ध भनिन्छ । तर नेपालको गाकर्णेश्वर महादेव स्थान वा उत्तरगया सप्तकोशी मिलेको स्थान बेत्रावति, बराहक्षेत्रको विष्णुपादुका र भारतको पुनस् पुन गया, गयामा फल्गु, अक्षयबट, हरिद्धारमा कुसावर्त, केदारनाथमा हंशकुण्ड, बद्रिनाथमा ब्रहकपाली आदि ठाउँमा गरिने श्राद्धलाई गया श्राद्ध भनिन्छ ।

काम गराउँदा भनिएको छ कि “पितरो वाक्य मिच्छन्ति भाव मिचन्ति देवता” अर्थात पितृहरु वाक्यको ईच्छा गर्दछन् । यदि वाक्य मिलेन भने श्राद्ध गरेको अर्थ हुदैन । देवताहरुलाई केवल सद्दाव गरेमा मात्र पुगने गर्दछ । त्यसकारण वेदको अर्थ निकै गाहे छ । हाम्रा पुर्खा अत्रि बशिष्ठदि महर्षिहरुले कठिन तपस्या बाट शुद्ध गराएर अर्थलाई बझाउन धर्मशास्त्र तथा पुराणहरु बनाएका थिए । हाम्रा कर्म पद्दति निकै उत्तम थिए र छन् । हाल मिति २०७७ साल भाद्र महिनाको १७ गतेदेखि श्राद्ध सुरु भएकोले यसको महिमालाई सारमा चर्चा गरिन्छ । जसमा श्राद्ध गर्ने अघिल्लो दिन कपाल मुण्डन गरेर नुहाई स्नान गरेर एक छाक (एकछक्की) खाना खाने गरिन्छ । भोलि पल्ट आफ्न ब्रहमणलाई बोलाएर विधि विधानले श्राद्ध गर्ने प्रचलन छ ।

श्राद्द गर्दा मूख्य दुई आधारलाई व्याख्या गरिन्छ । जसमा विहान उठेर स्नान गरेर गाईको पिसाव द्धार निर्मित पञ्चगव्य तयार गरेर ब्रहमणको वाक्यद्धारा श्राद्ध भूमिमा शुद्ध कपडामा बस्ने तथा ब्रहमनको हात पाउ धोएर सुद्धासनमा बसाल्ने । अनि कूशका पवित्र, मोटक लागायत टुक्रा तयार गरेर सुरु गर्ने । श्राद्ध सुरु गर्दा सुरुमा तर्पण गरिन्छ । त्यसपछि मात्र पिण्डदानको काम गरिन्छ । यो किन तथा के को लागि हो भने ब्रहदेखि स्तम्बपर्यन्त जो सुकै पनि चराचर रहेका छन् । ती सबै मैले दिएको जलले तृप्ति प्रापत गरुन् । जे सुकै वृक्ष, लता, पहाड आदि स्थावर आदि तथा देवता पशुपंक्षी आदिले एकबाट अर्का ठाउंमा हिडडुल गरेर हामीले दिएका तर्पण वा पनीले तृप्त रहुन् । पितृलाई शास्त्रको विधानले श्राद्ध तर्पण गर्दा तृप्तिका साथै हामीहरु जे कर्ता हो तिनको आयु, प्रजा, धन, विद्या, स्वर्ग, मोक्ष तथा सुखको फलहरु प्राप्त हुने हुन्छ ।

यदि कसैले शास्त्रको विधि विधान विपरित श्राद्ध तथा तर्पण गर्दछ भने पितृहरुका लागि सो पिण्ड जल मिल्दैन । श्राद्ध तथा उनीहरुमा सन्तानलाई पनि श्रेय रहदैन । त्यसकारण विधि तथा विधानमा रहेर मात्र श्राद्ध गर्ने काम गर्नु पर्दछ । प्रत्येक छोरा आफ्ना आमा बाबाबाट लालन पालन भएर हुर्केका छन् । बढेर पनि शिक्षा पाउने भएकाले आफना माता पिता प्रति ऋणी रहन्छौं । शास्त्रका अनुसार छोराले यो ऋण अवश्य तिर्र्नेकाम गर्नु पर्दछ । त्यसकारण जीवित अवस्थामा आपूm सक्षम भएपछि उसले मातापिताको अन्त्य कालसम्म पनि सेवाभाव तथा भक्ति गरेर बुढेसकालमा पालनपोषण गर्ने । मृत्यु पनि काजक्रिया दशगात्रादिको काम गर्ने । वर्षि बारेर एकवर्षसम्म नित्यकर्म गर्ने । त्यसपछि मात्र हरेक वर्षका मरेको पक्ष तथा तिथिमा एकोद्धिष्ट श्राद्ध तथा माहालयश्राद्ध गर्ने ।

हरेक छोराबुहारीले यो आजभोलि गरिने श्राद्द अनिवार्य गर्ने । श्रद्दापुर्वक शास्का अनुसार श्राद्द गर्ने । यसरी श्राद्द नगर्ने हो भने त्यो त ओपचारिकताको लागि मात्र हुने छ यसो गर्ने काम नगर्ने । गर्दा मन, वचन तथा कर्मले आत्मदेखि नै गर्ने । यसरी श्रद्धाका साथमा गरिएको यो श्रद्धको कारण पितृहरुले पनि ग्रहण गर्दछन् । जसबाट आर्शिवाद समेत प्रदान गरेर धन, विद्या तथा सन्तान समेत प्राप्त हुन्छ । यदि यो अन्ध विश्वास मानेर श्राद्ध नगर्ने हो ने त्यो छोराको घर, आंगनमा तिथिको दिन पितृहरु आउने र श्राद्द नगरेको देखेपछि लामो श्वास लिएर निरास हुदै फर्केर जान्छन् । त्यसरी पितृले लिएको लामो श्वासले छोराबुहारीको घर तथा सन्तानमा समेत शोषण हुन्छ । जसको फलरुवरुप निसन्तान, गरिबी, ख्याउटेपन, अतृप्ति समेत हुने आधार भविष्यपुराणमा चर्चा समेत गरिएको छ ।

छोराले दिएको पिण्ड जल आदिमा वस्तु परलोक भएका मातापिता आदिले प्राप्त गर्दछन् । यसमा आजका मानिसको शंका तथा तर्क वितर्क एवम् अन्धविश्वास भएका तर्क पनि देखा उरेका छन् । त्यसखालका मानिसको पछाडि लागेर हामीले हाम्रो धर्म, संस्कार तथा परम्परालाई विर्सने काम तथा लत्याउने गर्नु हुदैन । यसखालका भ्रमको उत्तर निर्णय सिन्धुमा, हेमाद्रिवृह धर्म शास्त्रमा हवाला दिदै यसरी चर्चा गरिएको छ ।

नामगोत्रं पितृणांतु प्रापकं हव्यकव्ययोस् ।। अग्निष्वात्तादयस्त्तेषामाधिपत्ये व्यवस्थितास् ।।१।।

नाममन्त्रास्तदादेशाभवान्तरगतानपि ।। प्राणिनस् प्रीणयन्त्येव तदाहारत्वमागतान् ।। २।।

देवोयदिपिताजातस् शुभकर्माऽनु योगतस् ।। तस्यान्नममृतं भूत्वा देवत्वेऽप्यनुगच्छति ।। ३।।

गान्धर्वे भोगरुपेण पशुत्वे च तृणं भवेत ।। श्राद्दान्नं वायुरुपेण नागत्वेऽप्यनु गच्छति ।। ४।।

पानंभवतियक्षत्वेराक्षसत्वे तथाऽऽमिषम ।। दनुजत्वे तथा मद्यं प्रेतत्वे रुधिरोदकम् ।। ५।।

मनुष्यत्वेऽन्नपानादि नाना भोगरं भवेत् ।

यसको अर्थ हो , नामगोत्र मन्त्र आदिलेको सहाराले परलोकमा पुत्रादिले श्रद्धाभक्ति विश्वास पूर्वक अर्पण गरेका हव्यकव्य आदि अग्निषवाता आदि पितृदेवताले व्यवस्था गरी जे जे लोकमा जे जे योनिमा प्राप्त भएपनि त्यहि त्यहिमा खान हुने गरेर वस्तु परिणत प्राप्त गराएर पितृहरुलाई तृप्ति गराई दिन्छन् । ताकि आपूmले गरेको शुभ कर्मको पुण्यले पितादेवको यानिमा रहन्छ । दिएको वस्तु, चिज तथा अन्न आदि अमृतरुपमा परिणत हुन्छन् । गन्धर्व योनिमा प्राप्त भएको भए वस्तुमा परिणत हुन्छ । पशुयोनिमा गएको भए उत्तमघांस हुन्छ । नागयोनिमा भए वायु रुपमा परिणत रहन्छ । पक्षयोनिमा भए पानको पातमा परिणत रहन्छ । राक्षस योनिमा भए आमिष वस्तु रहन्छ । यदि मनुष्य यानीमा भए नाना प्रकारका अन्नपानादिमा रहन्छ । जसको कारण माता पिताले उपभोग गर्न पाउदछन् । तयसकारण राक्षसी प्रवृतिको व्यवहार देखाउने काम गर्न हुदैन ।

यसरी श्रद्धापूर्वक श्राद्धको काम गर्न राम्रो मानिन्छ । यसको कारण पितृ तथा कर्ता एवम् छोराबुहारी सबैको कल्याण हुन्छ । देवतालाई भाव भए हुन्छ तर पितृलाई शुद्ध मन्त्र तथा वाक्य चाहिन्छ । त्यसकारण शुद्ध मन्त्र उच्चारण सहित श्राद्ध गर्ने । श्राद्धमा छोरीको छोरा वा भान्जाप्रतिको श्रद्धालाई निकै महत्व मानिन्छ । श्राद्धको दिनमा भान्जा लाई अनिवार्य बोलाउने काम गर्ने ।

एक वर्षमा पर्ने यो कर्म पितृको समरण तथा सम्झना राखेर तर्पण, पिण्डदान, ब्रहमण भोजन गराउने काम भएन भने छोर भएर पैतृक सम्पति खाउको पनि अर्थ रहदैन । जन्मेको पनि त सार छैन । लोभ, मोह, क्रोधबाट टाढा रहेर हामीले श्रद्धाका साथ यस कर्मको पालन गरौं । तर यसका नाममा विकृति तथा विसंगति फैलाउने देखि सावधान रहौं । यो सालमा प्रतिपदा तिथि नभएको वा पूर्णिमा र प्रतिपदा एकै दिन परेकाले सोहिदिनलाई केन्द्रिकृत गरेर आ आफना पितृको श्राद्ध गर्ने तिथि के हो साही अनुसार कर्म गर्न अनुरोध समेत गर्दछु ।

निष्कर्षमा चर्चा गर्दा समस्त मानव जगतका ॐ कार परिवारका पितृहरुले यो समयमा तपाई हाम्रो कल्याण गरुन् यहि मनोकामनाका साथ यो महिमाको चर्चा गरिएको छ । हामी सबैको कल्याण होस् । हाम्रो रक्षा होस् । तर कतिपय ब्रहमणहरुले यो कोभिड १९ को महामारीको समयमा अनलाईनको माध्याम बाट श्राद्ध गर्ने आधारहिन तर्क गरेको पाइन्छ ।

हाम्रो समाज त्यति अगाडि बढेको छैन । अनिश्राद्ध भूमिमा आफन्त, ईष्ट, मित्र, भाइभारद्धार, भान्जा लगायत गुरु, पुरोहित तथा ब्रहमण भोजन नगराएर गरिएको श्राद्धको कुनै फल प्राप्त हुदैन । त्यसकारण यो हवालामा नलाग्न पनि अनुरोध गर्दछु । बरु यो महामारकिो बेला श्राद्ध गर्ने इच्छा छैन वा डर लाग्दछ भने पछि पर्ने तिथिको एकोद्धिष्ट श्राद्ध गर्न पनि सकिन्छ । यसको धेरै आधार भएकाले आत्तिने अवस्था छैन । नत्रभने एक ब्रहमण अनि एक कर्ता भए हुन्छ । श्राद्धको कमृको कारण हाम्रा पितृहरु खुसी भएर कोभिड १९ को अन्त्य गर्ने वातावरण मिलोस । ॐ पितृमोक्षदाय नमस्, नमोनारायण अस्तु !

प्रकाशित मितिः शुक्रबार, भदौ १९, २०७७     1:54:22 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *