बाँकेको कोहलपुर नगरपालिकाको शैक्षिक अवस्था झल्काउने शैक्षिक झलक प्रकाशित भएपछि दरबन्दी मिलान निकै चर्चाको विषय बनेको छ । कोहलपुर नगर शिक्षा शाखाले कोहलपुर नगरपालिका भित्र शिक्षक दरबन्दी मिलान गर्नेका लागि एक कार्यदल निर्माण गरी कार्यविधि बनाएको छ । सोही कार्यविधि मार्फत शिक्षकहरुको दरबन्दी मिलान गर्ने थालेको छ । सोही विषयमा कोहलपुर नगर नेपाल शिक्षक संघका अध्यक्ष दिपक मल्लसँग मिसन टुडे राष्ट्रिय दैनिकका समाचारदाता डिल्ली शाहीले कुराकानीको सक्षिप्त अंशः
१. कोहलपुरको शैक्षिक झलक प्रकाशित भएपछि दरबन्दी मिलानको विषय निकै चर्चामा आएको छ । यसलाई नेपाल शिक्षक संघले कसरी लिएको छ ?
कोहलपुर नगर शिक्षाले दरबन्दी मिलान कार्यविधि बनाउने क्रममा कुनै जानकारी नगराइकन आफ्नो मनोमानी ढङ्गबाट आफ्नो अनुकुल पर्ने गरी दरबन्दी मिलान कार्यविधि तयार गर्नुभएको छ । सिधै शिक्षा समितिमा मार्फत कार्यपालिकामा दरबन्दी मिलान कार्यविधि समेत पुग्यो । त्यसलाई कोहलपुर नगरपालिकाको राजपत्रमा समेत प्रकाशन गरिसकेको अवस्था छ । प्रकाशित भएपछि मात्र हाम्रो हातमा प¥यो । त्यसमा हामीले धरै असन्तुष्टिहरु देखायौं र राख्यौं पनि । कार्यविधि बनाउने कार्यदलमा हामीहरुलाई समावेश गराइएको थिएन । कार्यविधि बनाउने समयमा हामीलाई बोलाउनु भनेर कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतलाई समेत ज्ञापन पत्र
बुझाएका थियौं । कार्यदलमा शिक्षक संगठनका घटकहरु पनि हुनुपर्ने हो तर कार्यदलमा राखिएन ।
प्रत्यक्ष रुपमा सरोकारवाला पक्षलाई बेवास्ता गरेर दरबन्दी मिलान कार्यविधि ल्याइएको छ । यस कार्यविधिले निष्पक्षता काम गर्ने सक्ने हो या होइन भन्ने कस्को विश्वास । केही महिना अगाडि शिक्षा समितिको बैंठकमा कोहपलुर नगरपालिका प्रमुख रावतले कोहलपुरमा रहेका शिक्षक संगठनका घटकहरुलाई बोलाएर कार्यविधि संशोधन गर्नुप¥यो भन्नुभएको रहेछ । मेयर सावले कोहलपुर नगर शिक्षा शाखाका प्रमुखलाई मौखिक निर्देशन समेत दिनुभएको रहेछ तर हामीलाई जानकारी बेगर नगर शिक्षा शाखा प्रमुखले कार्यविधि बनाउनुभयो र राजपत्रमा प्रकाशन गर्नुभयो । जुन कार्यविधि आफ्नो अनुकुलमा खेश्रा तयार पारी कार्यसमितिमा पेश गरिएको रहेछ । उहाँले केही सिमित मान्छेहरुलाई राखेर छलफल गर्नुभयो होला तर हामीलाई भने बोलाउनु भएन । नेपाल शिक्षक संघ आबद्ध भएन र जानकारी गराउनुभएन् । अखिलका साथीहरुलाई पनि हामीलाई थाहा छैन र संगठनका साथीहरुलाई पनि थाहा छैन भन्नुभयो ।
कार्यदलमा तीन जना शिक्षक संगठनका घटकहरुलाई राख्ने जसलाई कोहलपुर शिक्षक महासंघले सिफारीस गरेको भन्ने कुरा भयो । शिक्षक महासंघले सो कार्यदलमा तीन जना पठाउने निर्णय ग¥यो । जसमा अखिल राष्ट्रिय शिक्षक संगठनको तर्फबाट विनोद कुमार भट्टराई, एकिकृत अखिल नेपाल शिक्षक संगठनको तर्फबाट गिता ढकाल, नेपाल शिक्षक संघको तर्फबाट म सहित तीन जनाको नाम सिफारीस हुनुभयो । कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुखले हामीलाई बधाई पनि दिनुभयो । अनौपचारिक छलफलमा एकचोटी बोलाउनुभएको थियो । जुन अनौपचारिक छलफल हाम्रो शिक्षक संघको धारण के थियो भने । कार्यविधिमा फारम भर्नुपर्ने थियो तर केन्द्रको दरबन्दी मिलान कार्यविधिमा कुल दरबन्दी रहेका व्यक्तिहरुको जानकारी पठाउने भनेको छ तर कोहलपुर नगर शिक्षाले सबै शिक्षकहरुलाई दरबन्दी मिलान गर्ने लागेको देख्दा अचम्म लागेको छ । कोहलपुर नगरपालिकामा १८ वटा प्रावि तहका मात्र दरबन्दी । प्रा.वि तहका दरबन्दी धेरै भए ती दरबन्दीलाई निमावि तहमा अथवा मावि तहमा कहाँ व्यवस्था गर्न सकिन्छ त्या तिर ध्यान जानुपथ्र्थो तर गएन । केन्द्रको दरबन्दी मिलानमा कोहलपुर नगरपालिकामा १८ वटाको बरबन्दी विवरण पठाउने भनेको छ । तर यहाँ त कोहलपुर नगर भित्रका सम्पूर्ण प्रावि, निम्नप्रावि र माविका शिक्षकहरुले सबैले फारम भर्नुपर्ने । जो अर्को विद्यालयमा जान चाहादैन त्यसले पनि भर्नुपर्ने भनेपछि एउटा वाध्यता र्सिजना गरिएको छ ।
अर्को अचम्मको विषय के छ भने सिनिएर र जुनिएर पनि कार्यविधिमा राखिएको छ । यसको पनि पूर्ण रुपमा छुटिएको छैन । जस्तैः राहत शिक्षकहरुको स्थायी शिक्षकभन्दा पनि नियूक्ति अगाडि छ भने । अगाडि जसको नियूक्ति भएको हो त्यसलाई मान्यता हुनुपर्दछ भन्ने उहाँहरुको भनाई । एउटै विद्यालयमा धेरै समयमा सम्म बसेर राम्रो वा गुणस्तरीय शिक्षा प्राप्त गर्छन भन्ने उहाँहरुको बुझाई छ । तर नेपाल शिक्षक संघले यो विषयमा यसलाई पूर्ण रुपमा कार्यन्वयन गर्नेछैन । अहिलेको अवस्थामा कहिँकतै नभएको । अहिले जुन १८ वटा दरबन्दी छन् । उनीहरुलाई दरबन्दी मिलान गर्दछ भने हाम्रो बाधा होइन तर अन्य जो शिक्षकहरु जान नपर्ने, त्यस्ता शिक्षकहरु पनि यदि चलायो
भने । त्यसलाई हामीले के देख्छौं भने हामी अन्यायमा परको देख्छौं । नियतबस तीनिहरुलाई अर्को स्थानमा सारिन्छ र पारिन्छ । त्यसको विरोधमा हामी उर्तिने चेतावानी दिन्छु । फारम भर्ने जुन सिस्ष्टम छ त्यो पनि नमान्ने, र १८ जना दरबन्दीलाई मात्र दरबन्दी मिलान गर्ने पाइने भनी नेपाल शिक्षक संघ त्यो निर्णयमा पुगेका छौं ।
२. सधै भरी एउटै शिक्षक एउटै विद्यालयमा बस्न पाउनुपर्छ भन्ने यहाँको धारण हो ?
यस्तो हो । शिक्षा ऐन, अथवा शिक्षा नियामावलीमा कँही कतै पनि एउटै शिक्षक एउटा विद्यालयमा बस्न पाउने र दुई, तीन, चार बर्षमा अर्को विद्यालयमा जाने भन्ने कुनै नीति नियममा छैन । यदि त्यो लेखिएको भएतापनि कोहलपुर नगर शिक्षा शाखाले सो उल्लेख गरेर शिक्षा ऐन जारी गर्ने सक्नुप¥यो नी । शिक्षा ऐन पनि पारित गरेको छ तर त्यसमा पनि हामीलाई बोलाइएको छैन । यो शिक्षा ऐनमा पनि यो लेखिएको छैन की कुनै शिक्षकहरुलाई दरबन्दी मिलान गर्नुपर्छ भनेर पनि लेखिएको छैन । यो त कस्तो छ भने कार्यविधिमा फारम भर्ने मात्र लेखिएको छ । शिक्षकहरुको इच्छा अनुसार फारम भरी जान सकिने भन्ने मात्र उल्लेख गरिएको छ । तर यहाँ त शिक्षकहरुलाई अर्को विद्यालयमा पठाउने ल्याउने भन्ने पनि उल्लेख छैन । त्यो कार्यविधिले केही पक्षलाई फाइदा गर्ने अथवा आफ्नोलाई नजिक, पराईलाई ठाढा गर्ने किसिमको कार्यविधि आएको छ त्यसमा हाम्रो विरोध हो ।
२. भनेपछि अर्को विद्यालयमा शिक्षक गयो भने बेफाइदा हुन्छ भन्ने यहाँको तर्क ?
अर्को विद्यालयमा जान किन प¥यो ? के का लागि जानुप¥यो ? घरपायक भनेर त सरुवा गरेर आउँछ त्यहाँ हैन र के पनि छ भने शिक्षकहरुलाई घरपायक पार्ने भनेको छ । त्यसमा घरपायक परेका छन सबै । अर्को विद्यालयमा पठाउनुको कुरो के हो भन्ने हामीले अर्थ बुझेनौं । अर्को विद्यालयमा पठाउँदा शैक्षिक बृद्धि हुन्छ भन्ने ग्यारेन्टी छ, छैन नी । अर्को विद्यालयमा गएपनि त्यही शिक्षक हो नी । त्यो विद्यालयमा पनि त्यस्तै होला । बरु हाम्रो भनाई के हो भनेपछि हो शिक्षकहरु लापरबाही गर्छन, राम्रो पठाउँदैनन, विद्यालय जादैनन, उनीहरुलाई शैक्षिक बृद्धि गर्नेमा चासो छैन भने । शिक्षकहरुलाई प्रत्यक्ष रुपमा निगरानी राख्ने भनेको कोहलपुर नगरपालिका, त्यसको महाताहतमा रहेको नगर शिक्षा, नगर शिक्षा अन्र्तगत चार जनाको दरबन्दी रहेको छ । त्यसमध्ये पनि सिकाई केन्द्रमा पनि दुई जना राख्ने कुरो आएको छ । त्यत्रो मेनपावर चाँही संरचना भएको अवस्थामा यि शिक्षकहरुलाई गुणस्तर बृद्धि गर्नका लागि समयसमैमा तालिम दिने , उनीहरुलाई अनुगमन गर्ने, गल्ती कमजोरी गरेका वा लापरवाही गरेकालाई स्पष्टिकरण लिने र त्यति गर्दा पनि शिक्षकहरुको आचरण, बानी, व्यहोरा, काम प्रति उत्तरदायि भएनन भने त्यस्ता शिक्षकहरुलाई कारवाही गर्नुप¥यो । त्यसलाई हामी समर्थन र साथ दिन तयार छौं । कहाँकतै केही नगरेको शिक्षकहरुलाई यो र त्यो बहानामा शिक्षकहरुलाई चलाउन पाइन्छ ।
शैक्षिक गुणस्तरको कुरा गर्दै शिक्षकहरुलाई चलाएपछि गुणस्तर शिक्षा प्राप्त हुन्छ । त्यो त मिल्दैन नी । शिक्षा ऐनमा नभएका कुराहरुलाई कार्यविधि बनाएर काम गर्ने खोज्न थाल्नुभएको छ । कार्यविधि बनाउँदा पनि शिक्षा ऐन अनुसार कार्यविधि बनाउनु प¥यो । यदि कार्यविधि अनुसार जान बाध्य पारियो भने त्यसबाट अन्यायमा परेका शिक्षकहरु अदालत जानुहुन्छ । अदालतबाट पनि त्यसको सफाइ पाउला नी । नेपाल शिक्षक संघले फारमका बहानामा नियूक्तिका आधारबाट तह छुट्याउने । मानौ उदारणका लागि, त्रिभुवन माविमा मावि तहको कुनै विषयको शिक्षकले फारम भ¥यो । जुन त्रिभुवन मावीमा नै । राहतको १० वर्ष भयो नियूक्ति गरेको पाइयो तर स्थायी चाँही ४ बर्ष अगाडिको पाइयो भने उहाँको भनाई के छ भने राहतले त्रिभुवन माविमा अध्यापन गर्ने पाउने र जनु स्थायी शिक्षक छ त्यो चाँही अर्को विद्यालयमा जानुपर्ने । यो नहुने किसिमको उहाँहरुले फारमको विकास गरेर ल्याउनुभएको छ । तर हुन त म पनि कार्यदलमा छु । कार्यदलमा भएरमात्र हुँदैन । कार्यदलले जे गर्छ । हुवहु कार्यपालिकाले गर्छ भन्ने ग्यारेन्टी पनि छैन । त्यसको ग्यारेन्टी शिक्षा प्रमुखले पनि लिन सक्नुहुन्न । हामी एक्लो भयौं, किनभने उहाँहरुकै सरकार भएर हो की । त्यसकारणले हामी अन्यायमा पर्दनौं भन्ने महशुस गर्नुभएको छ की । त्यो हामी शंकामा छौं । त्यसकारणले हामीलाई पक्कै पनि अन्यायमा पर्ने हौं की भन्ने शंका भएको कारणले हामीले यसको विरोध गरेका हौं । निष्पक्षताका साथ गर्ने भएको भए यो यो गरौं भन्ने आउनुपर्ने हो तर आएन । कोहलपुर नगरपालिकामा निमावि र माविमा एक सय ७० बराबर दरबन्दी आवश्यक रहेको छ । त्यो दरबन्दी चाहिन्छ । प्राविमा १८ बढि भए । कोहलपुर नगरपालिकाले आफ्नो नगरमा चाहिने दरबन्दी ल्याउने की । नगरमा भएका सम्पूर्ण शिक्षकहरुलाई एउटै जालोमा राखेर भयवित गर्न मिल्दैन । यस्तो नेपालमा कुनै स्थानमा नभएको कुरा ल्याएर कोहलपुरका शिक्षकहरुलाई अनावश्यक तनाव दिने काम भैरहेको छ ।
४. मावि तहको विद्यालयमा प्रावि तहको शिक्षकहरु प्रअ हुनु कतिको उपयुक्त हो ?
मावि तह कस्तो छ भने ९ देखि १२ हैन । सगरमाथा ज्ञानपुञ्ज माविमा म आफै स्वयम छु । म पहिले चाँही प्राविको प्रअ थिए । स्नातक तह उर्तिण डिग्री हो । म संग मावि तहको लाइसेन्स पनि छ । विद्यालय व्यवस्थापन समितिले माविको प्रअ बनाउने भनी निर्णय गरी सेवा सुविधा समेत दिएको छ । अरु विद्यालयमा पनि त्यहि होला । हैन । मावि तहमा ७० वटा दरबन्दी आवश्यक छ नी । अहिले प्रावि तहका प्रअले शिक्षकले मावि तह चलाए । शैक्षिक पक्षलाई राम्रो बनाए । एकदमै ठिक छ भनेर उनीहरुलाई पुरस्कृत गर्ने अथवा प्रोत्साहन गर्ने ठाउँमा यो भयो त्यो भएन भन्ने । ठिक छ । ती किन भएन भन्दा अरु नभएर त हो नी । मावि तहको आयो भने स्वतः उनीहरुले छोड्ने हो नी त । त्यहाँ मावि तहको शिक्षक वा प्रअ पठाउनु प¥यो त्यसमा नेपाल शिक्षक संघ बाधक हुँदैन फेरी । तत्कालका लागि प्रअको व्यवस्था हुनुप¥यो फेरी त्यहाँ । तर प्रत्येक विद्यालयमा विव्यस हुन्छ त्यसले प्रअ बनाउने हो । त्यसको लागि कोहलपुर नगरपालिका, नगर शिक्षाले प्रअ बनाउने होइन । हाम्रो स्कुलको कुरा गर्दा मावि तहको एक जना स्थायी शिक्षक हुनुहुन्छ । अहिले मलाई समस्या छ भनेर नै मैले प्रअ पद समालेको
हुँ । यदि उहाँले म अब प्रअ चलाउँछु भन्नुहुन्छ भने मैले एक मिनेटमा नै प्रअबाट राजिनामा दिनेछु । यो होइन की प्रा वि तहले नै मावि चलाईराख्न पाउँ भन्ने होइनन फेरी । त्यो विचार कसैलाई हुँदैन ।
६. विगतमा राजनीतिक पहँुच भएकै कारणले विद्यालयमा एउटै विषयका शिक्षक धेरै नियूक्ति गरेको देखिन्छ तर अहिले दरबन्दी मिलानमा यो पटक पनि राजनीतिक दवाबमा एउटै विद्यालयमा धेरै दरबन्दी मिलान त हुँदैन ?
एउटै विद्यालयमा धेरै विद्यालय धेरै दरबन्दी भन्ने कुरो छ । त्यो एकदमै सत्य पनि हो । विद्यार्थी संख्या कम छन र शिक्षक संख्या बढि भएको हाम्रै कोहलपुरमा रहेको छ । सायद यो प्राविमा होस्, निमाविमा होस्, माविमा
होस् । कुनै माविमा भने विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी पुगेको छैन । जस्तै उदारणका लागि सगरमाथा ज्ञानकुञ्ज मावि, त्रिभुवन मावि, लक्ष्मी मावि, राम मावि, ज्ञानज्योति चप्परगौडिमा विद्यार्थी संख्या अत्याधिक बढि भएकोले त्यो अवस्था देखिदैन । त्रिभुवन माविमा हेर्ने हो भने सबैभन्दा बढि मावि तहका ११ जना भन्दा बढि स्थायी शिक्षकहरु रहेका छन काँही भने एउटा पनि छैन । त्यो स्कुल १६ सालमा स्थापना भएको विद्यालय हो नी । अहिले ५०÷५२ मा जन्मिएका विद्यालयले पहिले स्थापना भएका विद्यालयमा यति धेरै र अहिले हाम्रो विद्यालयमा छैनन भन्न मिलेनन नी । फेरी त्रिभुवनमा विद्यार्थीको संख्या पनि धेरै रहेको छ । विद्यार्थीको अनुपातमा त झन शिक्षक संख्या अपुग रहेको छ । त्यो विद्यालयमा राजनीतिक हिसावले शिक्षक पनि बढि पनि भए र विव्यसमा पनि बढि भए । विद्यालय राम्रो भयो । भौतिक संरचना पनि राम्रो भयो । त्यो भएर विद्यार्थीहरु पनि आकर्षित भए र धेरै भए । त्यहाँ अंग्रेजी माध्यम र नेपाली माध्यमबाट पढाउने भएपछि अंग्रेजी विषयका शिक्षकहरु धेरै छन् । त्यहाँ अन्य सामाजिक विषयका शिक्षक गएर पढाउन सक्ने त हुँदैन । काँही धेरै र काँही कम कुन विद्यालयमा रहेको छ पहिले नगर शिक्षाले पत्ता लगाउनुप¥र्यो अनि बढि भएको भए कटौती गर्नुप¥र्याे । त्यसमा हाम्रो काँही कतै विरोध हुँदैन । विद्यार्थीका आधारबाट शिक्षक कटौती हुन्छ भने हामी विरोध गर्दै गदैनौं । कटौती गर्दैै जाँदा कति सम्म कटौंती गर्ने विद्यालयलाई मार पर्ने गरी कटौती गर्न पाइएन ।
७. दरबन्दी मिलान गर्दा राजनीतिक हस्तक्षेप भई दरबन्दी मिलान नहुने परिस्थिति आयो भने शिक्षक संघ कसरी अगाडि बढ्छ ?
दरबन्दी मिलान गर्ने समयमा राजनितिक हस्तक्षेत्र हुनुहुँदैन । पहिलो कुरो । अहिले निष्पक्ष छ भने १८ वटा दरबन्दीलाई मिलान गर्ने हो अरुलाई गर्ने हुँदैन । त्यसमा पेलेरै लाने गरियो भने भोली यहाँ समस्या आउँछ यहाँ । शिक्षक संघलाई अन्याय पर्छ हेर्नुहोस् । शिक्षक संघले त्यो मान्न तयार छैन । यस संघले ज्ञापनपत्र बुझाउँला, दरबन्दी मिलानलाई राक्ने भन्नला, नगर प्रमुख र नगर शिक्षा प्रमुखसंग अनुरोध गर्ला । त्यसलाई पनि वास्ता नगरी अगाडि बढ्ने काम भयो भने शिक्षक संघले स्वयः सकेन भने आफ्ना अभिभावक विचार धाराका पार्टीलाई गुहारर्ला । यतिले भएन भने अदालतमा जाने पाटो पनि छ, कानून छ । पहिले यसलाई मिलाएर जाँऔं भन्ने कुरो हो । यदि हुँदै भएन भने त्यसलाई रोक्न सकिन्छ । कोहलपुरमा अन्य शिक्षक संगठनको संख्या भन्दा बढि रहेको छ फेरी । कमजोर पनि छैन । २ सय भन्दा बढि साथीहरु रहेका छन् ।
८. अन्त्यमा के भन्न चाहानुहुन्छ ?
कोहलपुर नगरपालिकाले, कोहलपुर नगर शिक्षाले यो विश्वमा कोरोना भाइरसको महामारी फैलिएको बेलामा दरबन्दी मिलान गरीकन बरु १८ वटालाई मात्र हाल दरबन्दी मिलान गर्ने । जहाँ शिक्षकहरुको लापरवाही देखिएको छ । त्यसलाई स्पष्टिकरण माग गरी गल्ती गरेको भए कारवाही गरौं । शैक्षिक गुणस्तरका लागि तालिम दिने, सबै विद्यालयमा एउटै नजरमा अनुदान दिने हो भने कोहलपुर नगरको शैक्षिक हव बनाउन निकै सहयोग गर्नेछ । कुनै विद्यालयमा फरक नजर प¥र्यो भने त्यहाँ समस्या हुन सकिन्छ । हामीले हेरेका छौं बुझेका छौं पावरवाला, जो भनसुनका आधारबाट त्यो विद्यालयले अनुदान प्राप्त गरेको छ । जो पहुँच छैन त्यसले अनुदान प्राप्त गर्न सकेको छैन । यसरी असमान तरीकाबाट हेर्न अनि शैक्षिक गुणस्तर बद्धि गर्छु भनेर हुन्छ । चौधरीयाको हेर्नुहोस्, चण्डहवाको हेर्नुहोस् । यस्ता विद्यालयहरुमा अनुदान छैन । तर अन्य विद्यालयमा अनुदान पाएका छैनन । अन्त्यमा यो विपत्को समयमा पनि मेरो दरबन्दी मिलान सम्बन्धी आफ्ना भनाईहरु राख्न पाउँदा निकै खुसी भएको छु । यस मिसन टुडे राष्ट्रिय दैनिक पत्रिकालाई पनि हार्दिक धन्यवाद दिन
चाहान्छु ।
प्रतिक्रिया दिनुहोस्