‘जाेखिममा पनि २४ सै घण्टा सेवामा खटिरहेका छौं’



बाँकेमा कोरोना संक्रमण तिव्र रुपमा बढ्दै गएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले कोरोना संक्रमण उपचार र अन्य सेवाहरु कसरी दिइरहेको छ । अहिले गर्भवती, सुत्केरी र डायलासिसका विरामीहरुलाई कसरी अस्पतालले सेवा दिइरहेको छ, भन्ने विषयवस्तुमा नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरका उप–निर्देशक डा. दिनेश श्रेष्ठसँग मिसन टुडे राष्ट्रिय दैनिकका समाचारदाता डिल्ली शाहीले गरेको कुराकानीको सम्पादित अंश ।

१. बाँकेमा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा बढिरहेको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कसरी उपचार गराइरहनुभएको छ ?

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पाँच सय बेड रहेको अस्पताल हो । नेपाल सरकारको निर्देशन अनुसार एक तिहाई बेडहरु कोरोना संक्रमण उपचार गर्नका लागि छुट्याउनु भनेको थियो सोही निर्देशन अनुसार कोरोना बेड छुट्याएका छौं । कोरोना संक्रमण भएका विरामी र नभएका विरामीहरुलाई उपचारको लागि छुट्टा छुट्टै तलामा व्यवस्था गरिएको छ । कोरोना संक्रमण भएका विरामी चेकजाँच गर्ने भएकोले डाक्टरहरुको स्वास्थ्य अवस्था र विरामीको चेकजाँच निकै जोखिम पनि रहेको छ । जोखिमको बावजुत पनि आफ्नो नियमित दिइने सेवाहरु बन्द गरेको अवस्था छैन । अहिले कोरोना संक्रमण भएका महिलाहरुको शल्यक्रिया समेत गरी उपचार गरिएको
छ । डायलासिस गरिरहेका विरामीहरुको पनि स्वास्थ्य जाँच गरी उपचार गरिरहेका छौं ।

कोरोनाले समस्या सबैलाई बनाएको छ । विरामीलाई मात्र होइन तर पनि आफ्नो जिम्मेवारीबाट भने बाहिरिएका छैनौं । महिलाको शल्यक्रिया गराउँदा नर्सहरुलाई समेत कोरोना देखिएको थियो भने केही डाक्टरहरु समेत क्वारेन्टिनमा बस्नु परेको थियो । अहिले अस्पताल प्रशासनद्वारा केही फरक नियम अनुसार चलिरहेको छ । अहिले जो पनि विरामी आउनुहुन्छ उहाँहरुलाई चेकजाँच गरेर मात्र भित्र प्रवेश गर्ने दिएका छौं । हामीले छुट्टै प्रकारको टिम तयार पारेका छौं । जसले आएको विरामीको स्कृनिङ्ग गर्दछ । सोही क्रममा श्वास सम्बन्धी रोग, दम बढेको, खोकी लाग्ने, सुख्खा खोकी भएको जस्ता लक्षण देखिएको प्राथामिक उपचारहरु गर्दछौं । यस्तो खालको लक्षण देखिएमा अस्पतालमा भित्र प्रवेशको लागि छुट्टै बाटो समेत बनाएका छौं । अन्य कोरोना नभएका विरामीहरुलाई अस्पतालमा भित्र जानका लागि पनि छुट्टै बाटो तयार पारेका छौं । कोरोना नभएका विरामीहरुलाई माथिल्लो तहको एक सय ३० बराबरको बेडहरु समेत छुट्याएका छौं । आपतकालिन सेवामा पनि कोरोना शंका लागेका व्यक्तिहरुको समेत उपचारको लागि छुटै बेडहरुको व्यवस्था गरिएको छ ।

२. नेपालगञ्ज मेडिकल कलेजमा सबैभन्दा बढी कस्ता खाल्का विरामीहरु आउने गरेका छन् ?

अहिले कोरोना लक्षण भएका विरामीहरु आउने गरेका छन् । अहिले सबैतिर कोरोना लक्षण देखिएपछि मेडिकल कलेजमा जानुपर्दछ भन्ने धारणाका साथ यहाँ आउने विरामी बढ्दो अवस्थामा रहेको छ । जसमा रुघाखोकी, ज्वरो, निमोनियाको विरामी आउने क्रम बढेको छ । अन्य नियमित रुपमा डायलासिस गराउने विरामी, गर्भवती महिला, सुत्केरी महिला जस्ता विरामीहरु अहिले आउने गरेका छन् ।

३. कोहलपुरमा गर्भवती र सुत्केरीलाई लकडाउनको जोखिम कत्तिको परेको छ ?

जोखिम त छ नै । गर्भवती र सुत्केरी महिलालाई डर पनि पैदा भएको छ । डेलिभरीको अवस्था आयो भो मानसिक तनाव पनि हुने हुन्छ । अहिलेको विषम परिस्थितिका कारणले पनि कोरोना उपचार हुने भएकोले जोखिम त छ । पक्कै पनि कोरोना संक्रमण भएका महिलाहरुलाई छुट्टै उपचार गर्ने गरेका छौं । उहाँहरुको प्रयोग गर्ने कोठा समेत फरक बनाएका छौं । उहाँहरुलाई खाना र बस्न समेत फरक फरक बनाएका छौं । उहाँहरुको डेलिभरी गर्ने कोठा पनि छुटै रहेको छ । जुन कोरोना संक्रमण नभएका गर्भवती र सुत्केरी महिलालाई पनि फरक कोठाहरु रहेका छन् । अहिले यस्ता केसहरु आएका छन् जुन शल्यक्रिया मार्फत बच्चा जन्माइएको छ । उहाँहरुको स्वास्थ अवस्थालाई हेरेर यस्तो गरेका छौं । कोहलपुर मेडिकल कलेजमा अहिलेसम्म चार जना महिलाहरुको शल्यक्रिया गरिरहेको छ जुन कोरोना संक्रमण हुन् । उहाँहरुको शल्यक्रिया गर्दा डाक्टर नर्स जानुभएको थियो । उहाँहरुलाई मेडिकल कलेजको क्वारेन्टिनमा राख्ने गरेका छौं । उहाँहरुलाई अन्य क्षेत्रमा सेवा दिन, परिवारसँग भेट्न, अन्य खानेकुराहरु समेत क्वारेन्टिनमा दिइन्छ । नेपाल सरकारको मापदण्ड अनुसार १४ दिन क्वारेन्टिनमा राख्छौं । त्यसपछि पुनः उपचारको लागि ल्याउँछौं । सोही कोरोना संक्रमण महिलाको शल्यक्रिया गर्ने क्रममा ६ जना नर्सलाई समेत कोरोना देखिएको थियो । त्यसकारणले बाहिर रुपबाट जोखिम देखिएता पनि नेपाल सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्नेका लागि अपनाइने विधि र निर्देशन दिए बमोजिम अस्पतालले अपनाउनु पर्ने विधि सम्पूर्ण अपनाएको छ ।

३. नेपालमा पहिलो कोरोना संक्रमितको मृत्यु नै सुत्केरी महिला भएको देखियो, यसमा के भन्नुहुन्छ ?

कोरोना पोजेटिभ कस्तो अवस्था देखियो भन्ने हुन्छ । हाम्रो अनुभवमा कोरोना संक्रमण थियो तर मृत्युको कारण कोरोना होइन । ५० प्रतिशत कोरोना लक्षण देखिएको हुन्छ । दुई तला माथि बाट खसेको छ । टाउकोमा चोट लागेको छ । उनको अपरेशन गर्ने तयारी हुँदैछ तर कोरोना जाँच गर्दा पोजेटिभ देखियो । कोरोना पोजेटिभले मृत्यु भयो भन्नु वा टाउकोमा चोट लागेर मुत्यू भएको भनु । यो चाँही अनुसन्धानको विषय बनेको छ । आँधि प्रतिशत कोरानाको लक्षण छ । अनि आँधि चाँही अरु नै कारणले मृत्यु हुने गरेको छ । हर्ट अट्याक पनि भएको छ । कोरोना पोजेटिभ पनि देखियो । यस्तालाई बिरामीलाई कोरोनाले मृत्यू भयो भनु या हर्टअट्याकले मृत्यू भयो भनु । यसमा हामीले छुट्याउन सकेको अवस्था छैन । अहिलेको नेपाल सरकारको नियम अनुसार लासलाई पोष्टमार्टम गर्ने गरेको छैन । पोष्टमार्टम नभएसम्म यसलाई भन्न सक्ने अवस्था छैन । नेपालमा कोरोनाले मृृत्यु भएका सबै कोरोनाले मृत्यु भएका हुन भनेर हामी मान्न तयार छैनौं ।

४. नेपालमा डायलासिस नपाएर मृत्यु समेत भएको छ । अहिले नेपालगञ्ज मेडिकल कलेजमा डायलासिसका विरामीहरुको उपचार कसरी गराइराख्नुभएको छ ?

अहिले पनि कोहलपुर मेडिकल कलेजमा डायलासिस भैरहेको अवस्था छ । अहिलेसम्म डायलासिस गर्ने विरामीहरुको कोरोना पोजेटिभ देखिएको अवस्था छैन । त्यसकारणले फरक फरक कोठामा राखेर डायलासिस गराएका छैनौं । यदि कोरोना कुनै बिरामीमा देखियो भने फरक कोठा बनाएर डायलासिस बनाउँछौं । नेपाल सरकारको निर्देशिकामा पनि भनेको छ । यदि डायलासिस गरिरहेका विरामीको कोरोना पोजेटिभ देखियो भने सोही अस्पतालमा उपचार गराउने अन्यत्र रिफर गर्न नपाउने व्यवस्था समेत गरेको छ । त्यसकारणले हामीले यदि कोरोना पोजेटिभ देखियो भने तुरुन्त डायलासिस गर्नुपरेमा छुट्टै कोठामा डायलासिस गर्ने वातावरण मिलाएका छौं ।

५. बाँके, बर्दिया, सुर्खेत, दाङ तथा अन्यत्र जिल्लाबाट डायलासिस गर्ने नेपालगञ्ज मेडिकल कलेजमा आउने पनि गरेका छन् तर लकडाउनको समयमा उहाँहरुलाई अस्पताल प्रशासनले कस्तो व्यवस्था गरेको छ ?

डायलासिस गरिरहेका विरामीहरुलाई लकडाउनले निकै प्रभावित पारिरहेको अवस्था छ । अस्पताल प्रशासनले पनि कार्ड बनाएको हुन्छ सोही देखाएर आउन मिल्छ । तर कतिपय स्थानहरुमा भने आउन/जान समेत दिएको अवस्था छैन । डायलासिस बिरामीहरुलाई अस्पतालसम्म आउनका लागि लाग्ने खर्च, औषधी खर्च, अन्य विविध खर्च अस्पतालले दिने गरेको छैन । किनभने नेपाल सरकारले पनि यस्तो खालको कुनै प्रकारको योजना ल्याएको छैन । यदि कुनै गम्भिर विरामीहरुलाई भने वार्डमा राखेर उपचार हुन्छ उहाँहरुलाई खाना बस्न समेत अस्पताल प्रशासनले गरेको छ । केही महिना अगाडि बर्दिया जिल्लाका एक परिवारको आर्थिक अवस्था कमजोर भएका कारणले एक महिनासम्म पनि यहि बस्न बाध्य भएका थिए । घर जानका लागि पैसा नभएपछि अस्पताल प्रशासन तथा मेडिकल कलेजमा कार्यरत डाक्टरहरुले समेत सहयोग गरेका थिए । सुर्खेतका डायलासिस गराइराखेका विरामीलाई पनि यस्तै समस्या परेको थियो । त्यसकारणले पक्कै पनि लकडाउनमा निकै समस्या भोगिरहेका छन् । अस्पतालमा डायलासिस गर्नुभएको छ तर कसरी जाने । आज ग¥यो अनी तीन दिन पछि कसरी आउने । डायलासिस हप्तामा दुई पटक गराउनु पर्दछ । अहिलेको यस्तो अवस्थामा आउने जाने कति गाह्रो छ होला । डायलासिसका विरामी, गर्भवती र सुत्केरी महिलाहरु एकदमै गाह्रो रहेको छ । स्थानीय सरकारले वडा मार्फत डायलासिस गर्ने विरामीहरुलाई सम्बन्धीत अस्पतालसम्म पु¥याउने व्यवस्था गरिदिएको भए राम्रो हुने थियो । अहिले विरामीहरु आफै आउन सक्ने अवस्था नै छैन । यसमा स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकार कसैको पनि ध्यान नगएको मैले ठानिरहेको छु ।

६. डायलासिस गरिरहेका विरामीहरुले हामीले नियमित रुपमा डायलासिस गर्ने पाएनौ र हामीले निकै जोखिम मोलेर अस्पतालसम्म आउँछौ तर अस्पतालले हाम्रो कुरा नै सुन्दैन भन्ने गुनासो छ नी यसलाई कसरी लिनुहुन्छ ?

ए हैन हैन । अहिले डायलासिस नै बन्द भएको अवस्थामा हामीले डायलासिस नियमित रुपमा सेवा दिइराखेका छौं । अहिले कोरोना महामारी देखिएपछि झन् डायलासिसका बिरामीहरुलाई प्राथामिकता साथ उपचार गराइराखेका छौं । अन्य अस्पतालमा डायलासिस बन्द भैसकेको अवस्था छ । नेपालगञ्ज मेडिकल कलेजमा नौ वटा डायलासिस गर्ने मेसिन रहेको छ । सबै मेसिन सञ्चालन भएको भए साँझ ५ बजेसम्म सबैको डायलासिस गरिसक्थ्र्थौ तर नेपाल सरकारको निर्देशन अनुसार अहिले एक वटा मात्र सञ्चालन गर्ने भनेपछि एक वटा मेसिनबाट सेवा दिइराखेका छौं । त्यसकारणले अहिले राती ११ बजेसम्म डायलासिस गरिरहेका छौं । डायलासिस नै नपाउने भन्ने चाँही भएको भने छैन ।

७. नेपाल सरकारबाट कोरोना नियन्त्रण तथा रोकथाम गर्नका लागि कस्तो खालको सहयोग यहाँहरुले पाएको अनुभव गरिरहनु भएको छ ?

नेपाल सरकारबाट कोरोना नियन्त्रण गर्नका लागि कुनै सहयोगको अनुभव त गरेको छैन तर एक पटक भने पिपिई सेटहरु पाएका थियौं । नेपाल सरकारबाट दिन्छौ भन्ने आश्वासन त दिनुभएको छ । तर हाम्रो अस्पतालमा आजका मितिसम्म आइपुगेको छैन । स्थानीय सरकारमा भएका गैर सरकार संघ संस्थाहरुले कसैले ५० पिस कसैले २० पिस यस्तै यस्तै गरेर दिनुभएको थियो । त्यसरी सुरु भएको हो । पश्चिम क्षेत्रको यति ठुलो अस्पतालमा नेपाल सरकारले निजी अस्पताल हो भन्छ । नीजी अस्पतालमा हामीले सहयोग गर्ने होइन । गैरजिम्मेवारी व्यवहार भएको छ । उहाँहरुले हामीलाई निजी की सरकारी भनेर सोध्नुहुन्छ । तर निजी भएपनि सरकारीभन्दा बढी यसले काम गरिरहेको छ । त्यसको मुल्याङकन नभएको जस्तो मैले अनुभव गरेको छु ।

८. अस्पतालमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुको सुरक्षा र आत्माबल बृद्धि कसरी गरिरहुनभएको छ ?

स्वास्थ्य सुरक्षाको लागि नेपाल सरकारले केही पनि भनेको छैन हामीलाई । स्वयम् अस्पतालमा काम गर्ने कर्मचारी सबैको विमा बनाउने भनेर घोषण गरेका छौं । विमा बनाउनका लागि चाहिने सम्पूर्ण जानकारी लिईराखेका छौं । अस्पतालले नै प्रिमियम नै तिर्ने गरी इन्स्योरेन्स कम्पनीमा विमा बनाउने तयारी गरिरहेका छौं । तर नेपाल सरकारबाट कुनै पनि सहयोग भने मिलेको छैन ।

९. अन्त्यमा के भन्न चाहानुहुन्छ ?

कोरोनासँग डराएर हुँदैन । तर नेपाल सरकारले नै कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि एस.एम.एस. विधि अपनाउने हो भने कोरोना संक्रमण हुँदैन । यि तीन चिज मुलभुत रुपमा कार्यन्वयन गराउनु प¥यो । स्यानिटाइजर, मास्क, सामाजिक दुरी सबै नागरिकले अपनाउनु प¥यो । नेपालगञ्ज मेडिकल कलेजमा यदि कोरोनाको शंका लागेमा आउनुहुन समेत अनुरोध गर्दछौं । यहाँका स्वास्थ्यकर्मीहरु २४ घण्टामा उपचारमा खटिरहनुभएको छ । यहाँका स्थानीयहरुलाई नडराउन समेत आग्रह गर्दछौं । यहाँ कोरोना संक्रमण व्यक्तिहरुलाई उपचार गराउँदा हामीलाई समेत असर गर्ने हो की भन्ने डर छ भने डर नमान्दा हुन्छ किनभने कोरोना लागेको व्यक्तिले हाँछ्यौं, खोक्दा, सामाजिक दुरी कायम नगर्दा कोरोना लाग्ने डर हुन्छ । नत्रभने कोरोना लाग्दैन । लाग्न पनि नदिऔं । यो विषय परिस्थितिमा पनि यस मिसन टुडे राष्ट्रि« दैनिकले मेरा विचार राख्ने अवसर दिनु भएकोमा हार्दिक धन्यवाद ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १० गते बुधबार