‘चोरीका घटनामा वृद्धि भए’



कोरोना महामारीमा नियमित बाहेक अन्य जिम्मेवारी समेत सुरक्षाकर्मीहरुलाई थपिएको छ । पाँच महिनादेखि लकडाउन कार्यान्वयन, क्वारेन्टिन र आइसोलेसनको सुरक्षा लगायतका काममा सुरक्षाकर्मीहरु खटिएका छन् । कर्णाली प्रदेशको स्थायी राजधानी भएको सुर्खेत समेत कोरोना महामारीसँग जुधिरहेको छ । प्रदेशको राजधानी समेत भएकाले सुरक्षाकर्मीलाई यहाँ भ्याइनभ्याई छ । कोरोना महामारीमा प्रहरीले गरिरहेको काम, जिल्लाको सुरक्षा अवस्था र प्रहरीको आगामी रणनिति लगायतको विषयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरसँग मिसन टुडेका दिनेश कुमार बुढाले गरेको कुराकानीको सम्पादित अंश ।

१. सुर्खेत प्रहरीले अहिले कस्ता कार्यहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ?

नेपाल प्रहरीको काम कारवाही चाँही अपराध रोकथाम तथा नियन्त्रण र शान्ति सुरक्षा गर्ने हो । सरकारले एक किसिमको निर्देशक र निर्माण गरेको संविधानको आधारमा तयार पारिएका ऐन कानून र नियममा बाँधिएर काम गर्दै अगाडि बढिरहेका छौं । समाजमा घट्ने विभिन्न चोरी, डकैती, लागू औषधको ओसारपसार, जवरजस्तीकरणी नियन्त्रण लगायतका कामहरु नियमित भइरहेका छन् । यसको अलवा विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि पनि दत्तचित्त भएर अगाडी बढेका छौं ।

२. जिल्लामा अहिले कस्ता खाले सुरक्षा चुनौतीहरु देखिन्छन् ?

जिल्ला प्रहरी कार्यालयका सुर्खेतमा अगाडी आएका मुख्य चुनौती भनेको हामी कहाँ साधन स्रोतको एकदमै कमि छ । जनशक्तीको पनि एकदमै कमि छ । सुर्खेत प्रदेशको राजधानी भएको जिल्ला भएता पनि यहाँ तराईका जिल्लाहरुमा हुने नेपाल प्रहरीको जनशक्ती अन्य जिल्लाको तुलना भन्दा एकदम निम्न छ । जुन ‘ख’ वर्गको जिल्ला पहाडी जिल्लाहरुमा छन् । हाम्रो भित्रि मधेशको जिल्ला हो । त्यो हिसाबले पनि हामी म्यानपावरमा पनि निकै कमी छौं । पुर्व जाजरकोटबाट पश्चिम सुदुपश्चिम प्रदेशको डोटी, अछाम, र कैलालीका सिमाना सुर्खेत जिल्लाले जोडेको छ । यसमा काम गर्न धेरै चुनौती रहेको छ । जस्तो सुर्खेत पश्चिमको चौकुने गाउँपालिका अन्तरर्गत बिजौरा, लगाम, बेदान, यस्तै पञ्चपुरी नगरपालिका अन्तरर्गत विद्यापुर र बाबियाचौकोको उत्तरी भाग साल्लकोट, डाडाछाप्रे र सिम्ता गाउँपालिकाको माथि भुरेता आग्नेगाउँ, रानिबासका ठाउँ पनि दुर्गम र विकट छन् । त्यहाँका आम नागरिकले जुन नेपाल प्रहरीबाट पाउने सेवा सुविधाहरु सजिलै लिन सकेका छैनन् । समाजमा भएका विकृति, विसंगतीका कुराहरु छन् । ति कुराहरुलाई न्युनिकरण गर्नको लागि, समाजमा घट्ने महिला, बालबालिका र जेष्ठ नागरिकहरु विरुद्ध माथि हुने अपराधहरुको सजिलैसँग उजुरी दिन चौकीसम्म आउने वातावरण समेत राम्रो छैन् । साथै कोरोना महामारीका कारण बेलाबेला गरिने लकडाउनले त्यहाँका बासिन्दाले सजिलै नेपाल प्रहरीबाट सुविधा लिन पाएका छैनन् ।

३. यी र यस्ता खाले सुरक्षा चुनौतीलाई न्यूनिकरण गर्नको लागि सुर्खेत प्रहरीले कसरी काम गरिरहेको छ ?

हामीलाई प्रदेश प्रहरी कार्यालय प्रमुखबाट थप जनशक्ती प्राप्त भएको छ । जसले थप अपराध नियन्त्रणको लागि सहयोग मिलेको छ । सुर्खेतका सबै स्थानिय तह अन्तरर्गतका जनप्रतिनिधिहरु नगरपालिकाका प्रमुख, उप–प्रमुख गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, स्वास्थ्यकर्मी, अगुवा, राजनितीक दलहरु, सञ्चारकर्मीहरु तथा समाजसेवीसँग समन्वय गरि चुनौतीलाई पुर्ण रुपमा निर्मुल पार्ने सुरक्षाका उपाय अपनाई गाउँ गाउँमा सुरक्षाका कार्यक्रमहरुको प्रचार–प्रसार समेत गरेका छौँ । साथै कोभिड–१९ को रोकथाम तथा अन्य अपराध रोकथामका लागि जनताहरुले सजिलै प्रहरी सेवा लिनका लागि गाउँ गाउँमा नजिकैको प्रहरी कार्यालय अर्थात् नेपाल प्रहरीको टोल ‘फ्रि’ नम्बर १०० मा सम्पर्क तथा सम्बन्धी जनप्रतिनिधिसँग सम्पर्क गरेर न्यायिक समितिसम्म पुग्नको लागि मद्दत पुग्ने चेतना फैलाएका छौँ ।

४. खासगरी पाँच महिनादेखि प्रहरी लकडाउन कार्यान्वयन गराउने लगायतका काममा खटिएको छ । लकडाउन कार्यान्वयन गराउने लगायतका काममा प्रहरीलाई कस्ता समस्या देखिए ?

कर्णाली प्रदेशको मुल बिन्दु वा मुख्य प्रवेशद्धार सुर्खेतको भेरीगँगा नगरपालिकाको बबई नाका हो । त्यस्तै अर्को नाका भनेको पञ्चपुरी नगरपालिकाको घाटगाउँ र सुदुरपश्चिम प्रदेशबाट सुर्खेतको पश्चिम कुइने नाका छ । यि नाकाहरुबाट अधिकांश कर्णालीका नागरिकहरु भारतामा ज्याला, मजदुरी गरेर बसेका बेला भारतमा पनि लकडाउन भए पछि । एकै पटक एक्कासी कर्णालीबासीका जनताहरुको घर फर्किने भिड सुरु भयो । त्यतीबेला हाम्रो जनशक्ती भने एकदमै कम भयो । कमि हुदाहँुदैँ पनि सकेसम्म कर्णालीका नागरिकलाई कोरोना नफैलियोस् भन्नको लागि सुरक्षितका धेरै उपायहरु अवलम्बन ग¥यौ, उहाँहरुलाई जनचेतना, कोरोना सम्बन्धी जानकारी मूलक सन्देश मुलक सूचना दिदा पनि प्रहरीलाई गाली, गलौज गर्ने, स्थानियलाई गालि गर्ने त्यसपछि हामी जान पाउनुपर्छ, खान पाउनुपर्छ, हामीलाई घरसम्म जानको लागि स्थानिय तहले गाडी व्यवस्था गर्नुपर्छ, औषधीको व्यवस्था गर्नुपर्छ । भनेर जुन आक्रोश पोक्नु भयो । सबै नाकामा यस्तै समस्या देखिए । कर्णालीका सबै स्थानिय तह अन्तरर्गत नगरपालिकाका प्रमुख, उप–प्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, त्यहाँका कार्यकारी प्रमुख, जनप्रतिनिधिहरु, समाजसेवी तथा अन्य आम जनसमुदायहरुले उहाँहरुलाई सुरक्षीत एउटा क्वारेन्टिनको व्यवस्था गरेर राख्नुपर्छ । ताकी यो कोरोना सबै समुदायमा नफैलियोस् र छिटै निर्मुल होस् भन्नको लागि सचेतना गर्दा गर्दै पनि उक्त साथिहरुले लकडाउनको उल्लंघन गर्ने, सबै व्यवस्था राज्यले नै गर्नुपर्छ भन्ने बाहिरबाट आउँने नागरिकले आक्रोश पोक्नुभयो । त्यो चाहि मुख्य चुनौती भयो । नेपाल प्रहरी र जनप्रतिनिधिको लागि । आम नागरिकहरु हुनुहुन्थ्यो भारत तथा तेस्रो मुलुकबाट आउने उहाँहरुले अनुशासनको पालना गर्नुपर्ने यो पनि मेरो दायित्व हो, मेरो पनि जिम्मेवारी हो, हामि सचेत हुनुपर्छ, हाम्रो स्थानिय तहले सबै व्यवस्था गरेको छ । यसलाई हामीले सुझावको रुपमा लिनु पर्छ । यस्तै नेपाल सरकार, प्रदेश सरकार, स्थानिय तहलाई सुझावको रुपका लिनुपर्छ भन्ने कुरा उक्त व्यक्तीहरुले नबुझ्दा र सहयोग नगर्दा त्यो सबै भार नेपाल प्रहरीले भोग्नु प¥यो र व्यहोर्नुप¥यो ।

५. पछिल्लो समय कार्यक्षेत्रमा खटिएका प्रहरीमा नै कोरोना देखिन सुरु भइसकेको छ । सुर्खेतमा प्रहरीले यस्तो अवस्थामा कसरी प्रहरी परिचालन गरिरहेको छ ?

अब हाम्रो नियमित जुन किसिमको परिचालन जनशक्ती छ, जुन म्यानपावर खटनपटन जुन छ त्यो अझै पनि छ यथावत नै छ । ताकी हामीले नयाँ टेक्निकहरु अपनाएर यो कोरोनाको रोकथाम हुने, अपराध पनि रोकथाम तथा नियन्त्रण हुने र आम जनसमुदायले पनि राम्रो सेवा पाउँन भन्ने हिसाबले हामी चाहि अगाडी बढेका छौँ । अगाडी बढ्ने क्रममा पनि आफुले होस् पु¥याउदाँ पु¥याउँदै जुन विवेक प्रयोग गरे पनि, सुरक्षाका साधनको प्रयोग गर्दा गर्दै पनि हाम्रा केही प्रहरी अधिकृतदेखी प्रहरी जवानसम्मका केहि साथिहरु संक्रमित हुनु भयो । अहिले उहाँहरु सबैलाई सन्चो भइसकेको छ । त्यसैगरि प्रहरी युनिटमा जुन अपराधका सिलसिलामा उजुरीहरुलाई लिएर केही अपराधीहरुलाई समातेर नियन्त्रणमा लिएका थियौँ । तर केहि ति व्यक्तीहरुमा समेत कोरोना पोजेटिभ देखिएको छ । संक्रमण देखिएता पनि हामीले कार्यालय भित्र हिरासत कक्षको एउटा छुटै आइसोलेसन बनाएर अनुसन्धानको लागि ल्याएको मान्छेलाई छुट्टै राख्ने र पीसीआर परीक्षण गर्ने र संक्रमण भए नभएका लाइ फरक–फरक ठाउँमा राखेर पनि सेवा प्रवाह गरेको छौँ ।

६. अहिले पनि कोरोना संक्रमणको जोखिम अझै कम भइसकेको छैन । यस्तो अवस्थामा सुर्खेतमा प्रहरीले उजुरी लिने लगायतका नियमित काम कसरी गरिरहेको छ ?

उजूरी लिने सम्बन्धी अपराध, अनुसन्धान गर्ने क्रममा जुन नेपाल सरकारले चैत १३ गते उप–प्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा एउटा बैठक बस्यो । गम्भिरतालाई मध्यनजर राखेर अपराधीलाई नियन्त्रणमा लिने, जिम्मा जमानीमा छोड्ने वा हिरासतमा राख्ने भन्ने एक किसिमको निर्णय भएको थियो । त्यहि अनुसार हामी अगाडी गएका छांै । त्यो अनुसार जाँदाखेरी आम जनमानसलाई के छ भन्दा खेरी कोरोनाको भन्दा पनि जुन मान्छेलाई अपराध भयो । जुन मान्छे पिडित हुन्छ । उसले तत्काल आफुलाई न्याय चाहियो भन्छ । जुन पिडितले हामीलाई उजुरी दिएको हुन्छ । उहाँहरुलाई उजुरी दिइ सकेपछि सामान्य वादविवादको कुरा भएता पनि यस्तो कोरोना महामारीको अवस्थामा अहिले सबै मान्छेलाई नियन्त्रणमा लिएर हिरासतमा राख्नु हुँदैन भन्दा पनि उहाँहरुले मान्नुहुँदैन् । हाम्रो जगन्य प्रकृतिका केशहरु हामीले भित्र राख्नु नै पर्छ । सम्मानित सुर्खेत जिल्ला अदालतको आदेशमा हामी उहाँहरुलाई नियन्त्रणमा लिएर जगन्य अपराधका केशहरु जस्तै लागूऔषध, मर्डन केशहरु भए अन्य केशहरुको उजुरी लिएर अनुसन्धान त भइराखेको छ । अन्य सामान्य केशहरु पनि हामीले एकदमै सकभर चाहि जनताले तत्कालै इमिटेट तरिकाले सेवा लिउन र न्याय पाउँन भन्ने हिसाबले हामीले त्यस्ता सामान्य भन्दा सामान्य केशहरु उजुरी लिएका छौँ ।

७. कोरोना कहरको समयमा कस्ता खालमा घटनाहरुमा वृद्धि भइरहेका छन् ?

पछिल्लो समयमा मलाई लाग्छ । यो लकडाउनको अवधिमा धेरै स्थानहरुमा त अपराधहरु धेरै घटेका छन् । तर हाम्रो तिरमा सबैभन्दा धेरै चोरीका घटनाले चुनौती दिएको छ । जसमा फाटफुट हुने चोरीका घटनाहरु रहेका छन् । प्राय मान्छेहरु भारतबाट र तेस्रो मुलुकबाट स्वदेश फर्किएकाले जनघन्त्व धेरै भयो । यो लकडाउनको अवधिमा शान्त वातावरण बन्यो र प्रहरीको आँखा छलेर चोरीका सानातिना घटनाहरु बढी घटेका हुन् । यस्तै गाउँघरमा झैझगडाका घटनाहरु पनि धेरै छन् । आत्महत्यका घटना त वर्षेनी बढेका छन् ।

८. लकडाउनकै अवधीमा चोरीका घटनाहरुमा वृद्धि भएको पाइएको छ । यसतर्फ प्रहरीले किन ध्यान दिन नसकेको हो ?

पहिला त हामी जनताको मन जित्यौँ । ठाउँठाउमा खटिएको प्रहरीले राम्रो काम ग¥यो है भन्ने खबर सुन्न रहर र स्वाबासि पाउँन हामीलाई पनि रहर छ । तैपनि हामी चाहि यो सुरक्षाको खटनपट्नको समस्या जुन धेरै बढेको छ । हामीले यस तर्फ काम गर्न नसकेको भन्ने होईन । तर गर्दागर्दै पनि यस्तो समस्या हुन गएको यो एउटा संयोग भयो भनम् । जस्तै कुनैकुनै ठाउँमा त एउटै दिन एउटै व्यक्तीले तीन चार÷पाँच ठाउँमा चोरी गरेको पनि घटना हामी कहाँ आएको छ । यस्ता कुरामा हामीले आफ्नो नियमको सिद्धान्त अपनाउँदा अपनाउँदै पनि चोरी गर्न छोडेका छैनन् । विशेषत कस्तो ठाउँमा चोरी हुन्छ भने गाउँबाट बजारमा डेरा गरि बसेका व्यक्तीहरुकोमा धेरै चोरी भएका छन् । अहिले हामीले गाउँमा त्यस्तो कुनै नयाँ, हुलीया फरक भएको मान्छे आयो भने फोटो खिचेर राख्ने अथवा त्यस्ता व्यक्तीको मोटरसाइकल नम्बर टिपेर राख्ने सुझाव दिएका छौँ । यस्ता खराब मानसिकता भएका व्यक्तीहरुबाट बच्न हामीले नागरिकहरुलाई घर बाहिर निस्किदाँ झ्याल, ढोका लगाएर जानु पर्ने र हामीले त्यस्ता ठाउँका थप निगरानी चाहि राखेका छौँ ।

९. नेपालीहरुका विभिन्न चाडपर्वहरु सुरु भइसकेका छन् । चाडपर्वमा सुरक्षा चुनौती बढ्ने गर्दछ । यतातर्फ पनि सुर्खेतमा प्रहरीले कसरी ध्यान दिएको छ नी ?

अब पहिलो कुरा कोरोना भाइरस (कोभिड–१९) को बारेमा सबै नागरिकलाई सूचना दिएर सुचिकृत गरेका छौं । यस महामारीबाट बच्नको लागि हामी सबै लाग्नु पर्छ र गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । सबै नागरिक आ–आफ्नो क्षेत्रबाट लाग्नु भएको छ । तर अहिले हाम्रो ठाउँमा अरुको क्षेत्रमा देखिएको कडा लक्षण चाहि देखा नपरेकोले अहिलेबाट नै हामीले चाडपर्व नमनाउँ, घरमै बस्यौँ, पछि भयावह हुन सक्ने सम्भावना पनि आउन सक्छ । यस वर्षको चाडपर्वमा विगतका वर्षहरुमा रमाएका छौं, नाचगान गरेको छांै, खाएका छौ, इस्टमित्रहरु एकआपसमा भेला÷जम्मा भएका छौँ । जुन पुरानो परम्परा छ त्यसलाई हामी सबैले बुझेर मिलेर बन्द गर्ने निर्णयमा छौँ अहिले । मुख्य कुरा यो चाडपर्वको बेला सबैले बुझनु पर्ने हो । तर पनि हामीले मोबाइल गाडीमा माइक राखेका छौँ । सूचना प्रसारण गरेका छौँ । गाउँ, टोल छरछिमेकमा पनि दशै, तिहारमा धेरै भिडभाड भएर पिङ खेल्ने, छेलो हान्ने, देउसी भैलो खेल्ने जस्ता प्रक्रिया बन्द गर्न आव्हान र अनुरोध समेत गरेका छौँ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ९ गते मंगलबार