‘कपडा व्यवसायी विस्थापित हुने अवस्थामा पुगे’



कोरोना महामारीको कारण विभिन्न क्षेत्र प्रभावित भएका छन् । पाँच महिनादेखि नेपालमा समेत कोरोनाले सबै क्षेत्रलाई प्रभावित बनाएको छ । व्यवसायका अन्य क्षेत्रजस्तै कपडा व्यवसायीहरु पनि मारमा परेका छन् । सिजनमा नै उनीहरु पसल व्यवसाय बन्द गरेर बस्नुपर्ने अवस्था छ । लगातारको लकडाउनले बाँके कोहलपुरका कपडा व्यवसायीहरुलाई परेका समस्याका बारेमा कोहलपुर कपडा व्यवसायी संघका अध्यक्ष मेगराज अधिकारीसँग मिसनकर्मी डिल्ली शाहीले गरेको कुराकानीको सम्पादित अंश ।

१. अहिले कोहलपुर क्षेत्रका कपडा व्यवसायीहरुको अवस्था कस्तो छ ?

  • अहिलेको अवस्था भन्ने हो भने दयनियको रहेको छ । कोरोना भाइरसका कारणले गर्दा कपडा व्यवसायीहरु घरासायी बनेको अवस्था छ । कोहलपुर नगरपालिकामा रहेको स्थानीय सरकारले पटक–पटक लकडाउन गरेका कारणले पनि यस्तो अवस्था आएको हो । पहिले केही महिना सामान्य बनेको थियो तर फेरी पूनः कोरोना संक्रमित बढेपछि लकडाउनको संयन्त्र अपनाइयो जसको असर कपडा व्यवसायीलाई देखाप¥यो । अब कोहलपुरमा रहेका कपडा व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेका छौं । अहिले भर्खरै आएर नेपाली महिलाहरुको हरितालिका तीज नजिकीदै गरेको समयमा पनि लकडाउनले गर्दा झन् समस्या भयो । अझ् भन्ने हो भने एउटै जिल्ला नेपालगञ्जमा पसलहरु खोलिएको अवस्था छ भने कोहलपुर बन्द गरिएको अवस्था छ । जसका कारणले कोहलपुरका व्यवसायीहरु मर्कामा परिरहेका छन् । नजिकै नेपालगञ्जमा जहाँ कोरोना संक्रमित देखिएको छ सोही स्थानमा शिल गरी अन्य स्थानमा पसलहरु खोलेको अवस्था छ तर यहाँ कोहलपुरमा भने पूर्ण रुपमा लकडाउन गरिएको अवस्था रहेको छ । कोहलपुरमा कपडा व्यवसायीहरुले मात्र सटर बन्द गरेर कोरोना रोकथाम हुने होइन होला । यहाँ त मोटरसाइकल, गाडिहरु चलेका छन् । मानिसहरु आवतजावत गरिरहेको अवस्था छ । तर कपडा व्यवसायीहरुको समस्या स्थानीय सरकारले बुझेको छैन । सटरको भाडा महगो र बैंक ब्याजका कारणले कपडा व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेका छौं ।

२. कोरोना कहरका कारण गरिएको लकडाउनका कारण उद्योग व्यवसाय प्रभावित बने । कपडा व्यवसायीहरु पुरानै अवस्थामा फर्किन कति समय लाग्ला ?

  • सबैभन्दा पहिले त कोरोना महामारी कति समय लम्बिने हो भन्ने थाहा नै छैन । कोरोना नियन्त्रण भएको एक वर्षसम्म पनि पुरानो अवस्थामा फर्किने अवस्था छैन । नेपालमा केही महिना अगाडि सामान्य बन्दै गएको अवस्था थियो तर पछि फेरी कोरोना संक्रमितहरु तिव्र रुपमा बढेको दैनिक समाचार स्वास्थ्य मन्त्रालयको तथ्थांकले पनि देखिएको छ ।

३. सरकारले चार महिना लामो लकडाउन अन्त्यको घोषणा गरेपनि फेरी बाँकेमा पटक–पटक लकडाउन जारी गरियो । सामान्य बन्न थालेको व्यवसाय क्षेत्र धरापमा पर्न थालेको हो ?

  • नेपाल सरकारले चार महिना लकडाउनमा हामी बाध्यताका साथ बसेका थियौं । त्यसपछि एक हप्तासम्मका लागि कपडा व्यवसायी तथा किराना पसल र अन्य उद्योगहरु पनि सञ्चालनमा आउने तयारी गरिरहेका थिए । जति बेला कोरोना महामारीबाट हामीले जित्नका लागि तयार रहेका थियौं । तर पुनः कोरोना तिव्र रुपमा बढ्यो । बाँके जिल्ला कोरोना संक्रमित क्षेत्रसँग जोडिएकोले पनि हुनसक्छ । सो समयमा भारतबाट नेपाली नागरिकहरु तिव्र रुपमा आउने क्रम पनि बढ्ढो थियो । महामारीको समयमा पनि नेपाल सरकारले पनि कर तिर्नुपर्ने जस्तो सूचना पनि निकाल्यो । तर हामीलाई कर तिर्नका लागि हामीले विरोध समेत गरेका थियौं । किनभने हाम्रो व्यवसाय नै भएको छैन कसरी कर तिर्ने । हामीले विभिन्न विज्ञप्ती समेत निकालेका थियौं । सोही दिनपछि पुनः असार मसान्तसम्म कर तिर्नका लागि सूचना निकाल्यो । जसोतसो कर ति¥र्यौ । यता घरभाडा पनि चर्को मुल्य तिर्नुपर्ने हुन्छ । त्यसकारणले कपडा व्यवसायी धरापमा परिरहेका छन् । अझै यस्तै लकडाउन निरन्तर भयो भने अब कपडा व्यवसायी विस्थापित हुने अवस्था नआउला भन्न सकिदैंन ।

४. चाडपर्वकै बेला कोहलपुर नगरपालिकाले लकडाउनको घोषणा गर्दा खासगरी यहाँका कपडा व्यवसायी मर्कामा परे नी ?

  • एकदमै हो । चाडपर्व नजिकै गर्दा कोहलपुर नगरपालिकाले लकडाउनको घोषणा गर्नु गलत थियो । कोहलपुरमा कोरोना कुन स्थानमा देखिएको छ । सोही स्थानमा शिल गरि कोरोना परीक्षणलाई तिव्र पारेर समस्या समाधान गर्न सकिन्छ । तर यहाँको स्थानीय तहले कुनै किसिमको समाधानको उपाय ल्याएको छैन । जुन नेपाल सरकारले गरेको थियो सोही अनुसार गरेको छ । छिमेकी नेपालगञ्ज उप–महानगर पालिकाले जुन व्यवसाय खोलेको छ । भने कोहलपुर पनि खोल्न हुँदैन । चाडपर्वको समयमा नयाँ कपडाहरु राख्नका लागि बैंकहरुबाट ब्याज लिई कपडाहरु राख्ने योजना बनाएका थियौं । तर चाडपर्वको बेलामा कुनै पनि कपडा ल्याउन सक्ने अवस्था रहेन । अब जिल्ला प्रशासन बाँकेले अब कपडा व्यवसायीहरुको समस्या समाधान गर्नेका लागि केही पहल गर्नेमा हामीले विश्वास लिएका छौं ।

५. स्थानीय सरकारले यता लकडाउन घोषणा गर्ने उपभोक्ता चाही बाहिरका बजारमा गएर किनमेल गर्दा यहाँको व्यापार व्यवसाय धरासायी बन्दैन र ?

  • यसमा बाँके जिल्ला प्रशासनको निकै ठुलो कमजोरी रहेको छ । एउटै जिल्लामा कोहलपुर बन्द गर्ने र नेपालगञ्ज खोल्न प्रवृत्तिले झन् हामीलाई चपेटामा पारेको छ । यस विषयमा कोहलपुर कपडा व्यवसायी घोर भत्र्सना गर्दछ । त्यसकारणले यहाँका ग्राहकहरु पनि नेपालगञ्ज तिर गए । कोहलपुरमा सवारी चलिरहेका छन्, मात्र हाम्रो व्यवसाय बन्द गर्ने गरियो । कोहलपुरबाट नेपालगञ्ज जाने आउने क्रम तिव्र रुपमा बढिरहेको छ । जुन कोहलपुरमा लकडाउन घोषणा गरिएको छ तर पनि उल्लघंन गरिरहेका छन् । यता तर्फ कोहलपुर नगरपालिकाको ध्यान दिएको छैन । कोहलपुरमा यस्तो पनि देखिएको छ, जसको एक किलो फलफुल, तरकारी तराजु लगायत सामानहरु उठाएर इलाका प्रशासनमा लिने गरेको छ । सडकमा दुई पाङ्गे्र, चार पाङ्गे्र सवारी साधन चलिरहेका हुन्छ तर जसले जुन तरकारी, फलफुल बेचेर आफ्नो परिवार चलाएको हुन्छ । त्यसको परिवारको अवस्था के होला । इलाका प्रशासनले सोच्नु पर्दछ । बन्द गर्ने हो भने त सबै बन्द गर्नुप¥यो । यहाँ बन्द पनि ठूलालाई नहुने सानालाई मात्र बन्द हुने भन्ने हुँदैन । कपडा व्यवसायीहरुलाई स्थानीय सरकारले हेरेको अवस्था छैन तर यस्ता व्यक्तिहरुलाई पनि कोहलपुर नगरपालिका वेवास्था गरिरहेको अवस्था छ । त्यसकारणले अब व्यवसायीहरु घरासायी अवस्थामा जाने पक्का भैसकेको छ ।

६. लकडाउनका कारण समस्यामा परेका तपाईहरु जस्ता व्यवसायीका लागि सरकारले के गरिदिने सजिलो हुन्छ ?

  • नेपाल सरकारले लकडाउनको समयमा के गर्ने नगर्ने भन्ने कुरा कोहलपुर नगरपालिकालाई पनि भनीसकेका छौं । हामिलाई सबैभन्दा समस्या पर्ने भनेको घर भाडा हो । चार महिनासम्म कुनै एक दिन पनि सटर नखोली पनि भाडा दिनुपरेको छ । हामीले व्यापार गरेको भए हामीले निरन्तर भाडा दिइरहेका थियौं । तर जुन व्यापार नै भएको छैन कसरी घर भाडा दिने । स्थानीय सरकारले किन मौन देखिन्छ । यहाँको आर्थिक विकास र समृद्धि हामीले पनि चाहेका हुन्छौं । यहाँको स्थानीय सरकारले कपडा व्यवसायीहरुको मागलाई सम्बोधन गरेको छैन । घरका मालिकहरुले के भन्नुहुन्छ भने हाम्रो पनि घरको किस्ता हुन्छ । बैंकले किस्ता मिनाहा गर्नुप¥यो नत्र भने हामीले पनि छुट दिन सक्दैनौं भन्नुहुन्छ । त्यसको लागि स्थानीय सरकारले केही पहल गरेको छैन । अर्को कुरा बैंक ब्याज तिर्न सम्बन्धमा पनि व्यवसायी आफै धरापमा परिरहेका छन् । बैंकको लोन लिएर व्यवसाय गरिरहेका हुन्छन् तर त्यसको किस्ता तिर्नका लागि व्यापार भएको छैन । कसरी किस्ता तिर्न निकै समस्यामा परिरहेका छौं ।

७. यस्तो अवस्थामा व्यवसायीहरुको अगुवा संस्था कोहलपुर उद्योग बाणिज्य संघले व्यवसायीहरुको पक्षमा किन वकालत गर्न नसकेको होला ?

  • व्यवसायीहरुको अगुवा संस्थाले वकालत गरेको छ । नगरेको भन्न् मिल्दैन । कोहलपुर नगरपालिकामा पनि सर्वक्षिय बैठक राखेको समयमा पनि उद्योग वाणिज्य संघका अध्यक्षज्यूले पनि व्यवसायीको बारेमा कुरा राखेको कुरा मैले थाहा पाएको थिए । जुन नेपालगञ्जमा लकडाउन उल्लघंन गरी व्यवसाय चलिरहेको भन्ने भएपछि हामीले खोल्नुपर्दछ भन्ने ठानेर विज्ञप्ती समेत निकालेको अवस्था हो ।

८. कोरोना कहर अझै लम्बिने देखिन्छ, व्यवसायीहरुको अबको भविश्य कस्तो देख्नुहुन्छ ?

  • मैले अघि पनि भनेको छु । जुन कपडा व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगिसकेका छन् । कुनै पनि व्यवसाय सञ्चालन गर्दा स्थानीय सरकार र जिल्ला प्रशासनले सहयोग नगरेपछि निकै समस्या आउँछ । जुन आफ्नो आमा बुवाले साथमा बस्दाको अनुभव र नबस्दाको अनुभव फरक हुन्छ । कोरोनाको कहरको समयमा हामीले लकडाउनलाई नमानेको होइन मानेका थियौं । तर पछि आफ्नो जिल्ला भित्र पनि भेदभावपूर्णको भावना विकास गर्ने वातावरण र्सिजना भएपछि हामीले विरोधमा उत्रिनुपर्ने अवस्था आएको थियो । जुन काठमाण्डौमा कतिपय कपडा व्यवसायीहरुले चापी दिएर गएको अवस्था पनि थियो । जुन कोहलपुरमा पनि नआउँला भन्न सकिदैन ।

९. कोहलपुरमा अझै लकडाउन थपिए यहाँका व्यवसायीहरु धरासायी हुन्छन् भन्न खोज्नुभएको हो ?

  • हो, मैले पहिले पनि भनिसकेको छु । लकडाउन लम्बियो भने अवश्य पनि आफ्नो व्यवसाय बन्द गरेर घर जान बाहेक अरु कुनै विकल्प छैन । यहाँका व्यवसायीहरुले आफ्नो सटर खाली गरी गाउँ फर्किने अवस्था आउँछ ।

१०. अन्त्यमा के भन्न चाहानुहुन्छ ?

  • कोहलपुर नगरपालिकाले व्यवसायीहरुको मागलाई सम्बोधन गर्नुपर्दछ । कोहलपुर नगरपालिकामा पीसीआर परीक्षण नगरेको भएर हो या त कोरोना संक्रमित नभएर हो । सबै क्षेत्रमा कोरोना देखिएको छैन । जुन स्थानका कोरोना देखिएको हो, सोही स्थान सिल गरी कोरोना परीक्षण गरेपछि संक्रमित कम हुनसक्छ । तर कोहलपुरको प्रवृत्ति कस्तो भयो भने, जहाँ कोरोना देखिए पनि खुल्ला जस्तो देखिन्छ । यहाँका जनताले नटेरेको हो की यहाँको स्थानीय सरकारले काम गराउन नसकेको हो । चारै किल्ला बन्द गर्ने भनिएता पनि सवारी साधनहरु चलिरहेका छन् । अन्त्यमा विपद्को समयमा कपडा व्यवसायीका समस्याहरुलाई यस मिसन टुडे राष्ट्रिय दैनिकमार्फत राख्न पाउँदा निकै खुसी भएको छु ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ५ गते शुक्रबार