कोहलपुर :
बाँकेमा शनिबार थप १० जनामा कोराना पुष्टि भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका ९ जना सहित थप १ जना गरी कुल १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा भेरी अस्पतालमा ४७० जनाको स्याम्पल चेक गरिएका मध्ये १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
ती मध्ये चार महिला र ६ पुरुष रहेका छन् ।
प्रकाशित मिति : २०७७ साउन ३१ गते शनिबार










प्रतिक्रिया दिनुहोस्