18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

स्थानीय निकायको निर्वाचनको अन्तिम तैयारी हुँदैछ ः उपप्रधानमन्त्री थापा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ २०, २०७२  

केशव राना

माघ २०
उप–प्रधान, परराष्ट्र तथा स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय निकायलाई जनप्रतिनिधीका हातमा सुम्पिनका लागि तैयारी अबस्थामा रहन स्थानीय विकास अधिकारीहरुलाई निर्देशन दिएका छन् । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले २० माघ नेपालगन्जमा आयोजना गरेको मध्यपश्चिमाञ्चल स्तरिय आर्थिक बर्ष २०७१÷०७३ को अर्धबार्षिकी प्रगती समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री थापाले स्थानीय निकायमा एक दशक सम्मको जनप्रतिनिधी बिहीनताको अवस्थालाई अब पुरा गरिने बताएका हुन् ।
उनले सरकार स्थानीय निकायको निर्वाचनको अन्तिम तैयारीमा रहेको उल्लेख गर्दै अबका दिनमा स्थानीय निकायका कर्मचारीहरुलाई दोहोरो भूमिकामा बस्न नपर्ने बताए ।
‘स्थानीय निकायको निर्वाचनका लागि सरकारले गृहकार्य शुरु भैसकेको छ’ उनले भने ‘फागुनको पहिलो साता भित्र स्थानीय निकाय पुनर्संरचना आयोग गठन गरेर काम शुरु गरिन्छ ।’ आयोगले एक बर्ष भित्रमा स्थानीय निकायको पुनर्संरचनाबारे प्रतिबेद बुझाएपछी सो प्रतिबेदनलाई कार्यान्वयन गरिने उनले उल्लेख गरे ।
यस्तै थापाले संबिधान जिबन्त र गतिशिल दस्ताबेज भएकोले शमय परिस्थिती र जनताको आबस्यक्ता अनुसार परिमार्जन हुने बताउँदै संबिधान प्रति असन्तुष्ठ देखाउँदै मधेसी मोर्चाले गरेको आन्दोलनका कारण देश तहस नहस भैरहेको बताए ।
उनले संबेदनशिल क्षेत्रमा बसेर नाकाबन्दि गर्दा एकातिर पारबहन र आपुर्तिमा समस्या र अर्कातिर आम जनतालाइ बिर्सनै नसक्ने पिडा दिएको उल्लेख गरे ।
महाभुकम्पका कारण ठुलो अर्थतन्त्र धरासायी बनेको अबस्थामा बन्द र नाकाबन्दिका कारण त्यो भन्दा पनि धेरै देशको अर्थतन्त्र धरासायी बनेको जिकीर गरे ।

प्रकाशित मितिः बुधबार, माघ २०, २०७२     3:44:50 PM  |