‘चपली हाईट’का नायकमाथिको षडयन्त्र फेल, सिलवाल जेल चलान



काठमाडौं, माघ २१ । ब्यापारिक रुपले सफल मानिएको दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘चपली हाईट’का नायक राज घिमिरेलाई अपहरण र कुटपिटको आरोप लगाएर थुनामा पार्ने ललितपुर गोदावारीका कुमार सिलवाल आफै खोरमा परेका छन् ।

सिलवालले नायक राजलाई फर्जि चेक दिएको आरोपमा प्रहरीले सिलवाललाई गिरफ्तार गरेको छ । लेनदेनकोविषयलाई लिएर ललितपुर गोदावारीका कुमार सिलवालले अपहरण गरेको झुटो आरोप लगाई प्रहरीमा पुस २ गते उजुरी दिएका थिए ।

उजुरी दिने वित्तिकै प्रहरी समक्ष घिमिरे आफै उपस्थित  भएका थिए । तर त्यसको ९ दिनमैै नायक घिमिरेले आफु निर्दोष रहेको सावित गरे भने उनलाई आरोप लगाउने सिलवाल आफै खोरमा परे । सिलवालले घिमिरेले घरबाटै आफुलाई अपहरण गरेको भन्दै ललितपुर प्रहरीमा जाहेरी दिएका थिए ।

घटना विवरण

नायक घिमिरेले सुरुमा नजिकैको होटल छहारी र त्यसपछि जंगलमा लगेर पनि कुटपिट गरेको सिलवालले झुटो उजुरी दिएका थिए । श्रीमतीको किडनी फेल भयो र घरजग्गा लीलामीबाट बचाउन सहयोग पाउँ भन्दै मसँग उसले साढे तीन लाख रुपैंया लिएको थियो, मलाई उसले कृषि विकास बैंकको बाउन्स चेक दियो’ घिमिरेले भने, ‘मलाइ ढाँट्दै र बाउन्स चेक दिएर हैरान पारेपछि एउटा कफीसपमा बोलाएर सम्झाएको मात्र हुँ तर उसले अपहरण गरेको भन्ने जाहेरी दिएर मलाई उल्टै नौं दिन थुनायो ।

प्रहरी चौकीबाट फोन आउने वित्तिकै आफै चौकी पुगे । तर सन्चार माध्यममा गोदावरी घरबाट पक्राउ परेको झुटो समाचार प्रशारण भएको उनी बताउँछन् । नायक घिमिरे घटनाको वास्तविकता अर्कै भएको बताउँछन् । ‘कुमार सिलवाल मेरो आफ्नै मामाको भतिज हो ।

भुकम्प पीडितका लागि उठेको रकम र गोदावरीस्थित बाह्बर्षे मेलाका लागि उठेको रकम ६५ लाख रुपैया घिमिरेका मामा लगाएत सिलवालले हिनामिना गर्न खोजेको र आफुलाई पनि मामा र सिलवालले सात लाख रुपैयाँ लिन आग्रह गर्दा आफुले नमान्दा देखि नै सिलवालसंग रिसिबी बढेको हो, घिमिरेले भने ।’

त्यहि अनुसार सिलवाललाई नायक घिमिरेले जग्गा बैनाको लागि साँढे तीनलाख  रुपैयाँ सापटी पनि दिए । सोहि पैसा आफुले मागेको तर सिलवालले बारम्बार बाउन्स चेक दिएको र उल्टो आफुलाई कुटपिटको आरोप लगाएर प्रहरीमा उजुरी दिएको घिमिरेको भनाई छ ।

राजनीतिक पार्टीका नेताहरुसंग नजिक रहेका सिलवालले गल्ती विना पहँुचका आधारमा मात्रै पक्राउ गर्न लागाएको राजले बताए । त्यस लगत्तै अदालतमा बयान दिने क्रममा आफु निर्दोष रहेको उनले सावित गरिसकेपछि उनि हिरासतबाट निस्किए ।

निस्किए लगत्तै घिमिरेको पैसा फिर्ता दिने प्रहरी समक्ष बयान दिएका सिलवालले चेक त दिए तर त्यसमा पैसा नभएको खाली चेक दिएकाले पुन सिलवाल विरुद्ध नायक घिमिरेले मुद्दा हाले र जिते  ।

अदालतले कुमार सिलवाललाई दोषी ठहर गरि जेल चलान गरेको छ । सिलवाल अहिले प्रहरी वृत्त जाउलाखेलमा रहेका छन् । गोदावरीका स्थानीय वासिन्दा रहेका घिमिरे भूकम्पपीडितहरुको सहयोगका लागि सक्रियतापूर्वक खटिएका थिए भने गोदावरी मेलाको व्यवस्थापनमा पनि खटेका थिए ।

कलाकारिताका साथै समाजसेवामा आबद्ध घिमिरेलाई यसअघि पनि चपली हाइटकी नायिका बिनिता बराल काण्डले फसाउन खोजेको थियो तर फिल्मी शैलीमा नायक झै उनि झुटा मुद्दाबाट बच्न सफल भएका थिए ।

चपली हाईटकी नायीका बराल र मोडल दिक्पाल कार्र्कीले फेसबुक एकाउण्ट मार्फत आफ्नो बेईज्जती गरेको नायक घिमिरेले दावी सहितको उजुरी हालेका थिए त्यसपछि दिक्पाल कार्कीलाई प्रहरीले हिरासतमा लिएको थियो ।

नायक घिमिरे नायक हुनभन्दा अगाडी चर्चित मोडेल पनि हुन् । उनले अभिनय गरेका एक दर्जन  म्युजिक भिडियो हिट समेत भएको थियो । उनले खेलेको म्युजिक भिडियो सारा खुशि समेटी…,सम्झी सम्झी रुनु भन्दा….मुटु माग्यौ तिमीले लगाएत दर्शकले अत्याधिक मनपराएका थिए ।

यसबाहेक उनले ३५ वटाभन्दा बढी म्युजिक भिडियो तथा २ वटा ठुलो पर्दाको फिल्म तथा थुप्रै विज्ञापनमा अभिनय गरेका छन् ।

पत्रकार सन्तोसी अधिकारीको सहयोगमा

  • No tags available
प्रकाशित मिति : २०७२ माघ २१ गते बिहीबार