24 September 2023  |   सोमवार, अशोज ८, २०८०

युवाद्वारा ११ किलोमिटर सडक निर्माण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ २०, २०७२  

जाजरकोट, माघ २० गते। आफँै रकम जुटाएर जिल्लाका युवाले ११ किलोमिटर मोटरबाटो निर्माण गरेका छन् ।

जिल्लाको भुरको फेरादेखि पुन्माको स्याउली बजारसम्मको सो सडक रु पाँच लाखको लगानीमा निर्माण गरिएको हो । भेरिमालिका नगरपालिका–७ पुन्माका दीपेन्द्र शाहीको अगुवाइमा पुन्मा, साल्टाकुरा र गिमा गाउँका ३० जना युवाको समूहले सडक निर्माण गरेका हुन् ।

सडक निर्माण गर्न स्थानीय व्यापारीको रु ८० हजार सहयोग तथा युवाले आफँैले अन्य रकम जुटाएका थिए । सडक निर्माण पछि स्थानीयवासी तथा व्यापारी हर्षित भएका छन् । रासस

प्रकाशित मितिः बुधबार, माघ २०, २०७२     3:46:38 PM  |