26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

शान्ति समितिमा टोल फ्रि नम्बर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख ६, २०७३  

बैशाख ६
शान्ति समिति बाँकेको टोल फ्रि नम्बर आइतबार सार्वजनिक गरिएको छ ।
शान्ति समितिको कार्यालयमा टोल फ्रि नम्बरको बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले सुभारम्भ गरे । त्यस नम्बर मार्फत् द्वन्द्वसंग सम्वन्धित घटनाहरुका बारेमा सम्वद्ध सबैले जानकारी दिन सक्ने शान्ति समिति बाँकेका
संयोजक तेजविक्रम शाहले बताए ।
यो नम्वरमा फोन गर्दा पैसा नलाग्ने संयोजक शाहले जानकारी दिए । वेपत्ता पारिएका परिवारहरु, द्वन्द्वपीडितहरुलाई फोनवाटै आवश्यक कुराहरुको जानकारी लिन सहज होस् भन्ने उद्देश्यले निःशुल्क फोन सेवा जडान गरिएको संयोजक शाहले
बताए ।
यसैवीच शान्ति समितिको कार्यालयले द्वन्द्वपीडितहरुको छानविन उजुरी लिन सुरु गरेको छ । जेष्ठ मसान्तसम्म पीडितहरुले उजुरी दिन सक्नेछन् ।
अन्य पीडित परिवार जस्तै भौतिक संरचना विग्रेका, शरीर अंगभंग भएका पीडितहरुले भने असार मसान्तसम्म उजुरी दिन सक्ने संयोजक शाहको भनाई
छ ।

प्रकाशित मितिः सोमवार, बैशाख ६, २०७३     9:06:09 AM  |