‘स्थानीय सरकार र पार्टी बीच समन्वय र सहकार्य राम्रो छ’



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय तहमा विवाद झन पेचिलो बन्दै बन्दै गएको छ । एक महिना लामो विवादले केन्द्र देखि स्थानीय स्तरका कार्यकर्तामा समेत देखा परेको छ । अहिले नेकपाको जिल्ला तहमा समेत यस विषयमा तर्क वितर्क भइरहेका छन् । सकभर पार्टी नफुटोस भन्ने आशा कार्यकर्ताले गरिरहेका छन् । यस्तै समसामयिक सन्दर्भमा केन्द्रित रहेर स्थानीय सरकार सञ्चालनमा पार्टीको भूमिका, सहकार्य र समन्वय कस्तो छ । त्यसैगरी, पार्टी एकतापछि पनि नेता कार्यकर्ताहरु भावनात्मक एकता नदेखिएको र पार्टीको पछिल्लो अवस्था लगायतका विषयमा नेकपा बारबर्दिया नगरपालिका नगर अध्यक्ष पवन ढकालसँग मिसन टुडेका डिल्ली शाहीले गरेको कुराकानीको सम्पादित अशं ।

१. स्थानीय सरकारको कामलाई पार्टीले कसरी हेरिरहेको छ ? बताइदिनुहोस् न ?

देश नयाँ संरचनामा गएसँगै तीन तहका सरकार भए । संघ, प्रदेश र स्थानीय तह । सोही अनुसार हाम्रो पार्टीको संरचना समेत विस्तारित भयो । स्थानीय सरकार सञ्चालन र कार्यान्वयनको तीन वर्ष सम्म आइपुग्दा स्थानीय सरकार र पार्टीको भूमिका पारस्परिक सहयोगमा चल्दै आएको छ । जनप्रतिनिधि पनि पार्टीकै प्रतिनिधि भएकोले स्वाभाविक रुपमा सहकार्य हुने नै भयो । नगरपालिकाले गर्ने गरेका हरेक निर्णय तथा विकास निर्माणमा कार्य र विकास निर्माण कार्यमा जनप्रतिनिध र नेकपाबीच समन्वय हुँदै आएको छ । स्थानीय सरकार सञ्चालन भएदेखि नै सहयोगी भूमिका रहको छ । स्थानीय सरकार आफ्नो कार्यक्षेत्रमा सक्रिय रुपमा विकासको गतिमा छ ।

२.स्थानीय सरकार र पार्टी बीच के कसरी समन्वय र सहकार्य भइरहेको छ नी ?

बारबर्दिया नगरपालिकामा नीतिगत कुराहरुमा समन्वय र सहकार्य गर्दछौं । सोही अनुसार निर्देशन समेत दिने गरिरहेका छौं । नगरपालिकामा दिनानुदिन हुने कुराहरुमा पार्टीले त्यसमा कुनै हेक्का राख्दैन । वार्षिक बजेट र नीति तथा कार्यक्रमको लागि भने पार्टीको तर्फबाट सुझावहरु ीदने गरेका छौ । नगरपालिका र पार्टी बीचको समन्वय र सहकार्य एकदम राम्रो रहेको छ । बारबर्दिया नगरपालिकाका मेयरसावले पनि कुनै महत्वपूर्ण निर्णय गर्दा हामीलाई फोन सम्पर्क गरी मात्र निर्णय गर्नुहुन्छ । आवश्यक परेमा सचिवालय बैठकहरु राखेर नगरपालिकाका कामहरुलाई चुस्तदुस्त राख्ने कामहरु गरिरहेका छौं ।

३. अधिकांश स्थानहरुमा पार्टीले दिएको निर्देशनलाई जनप्रतिनिधिले नमान्ने र जनप्रतिनिधिले दिएको निर्देशन पार्टीले नमान्ने प्रवृत्ति देखिन्छ , यहाँको नगरमा कस्तो छ ।

हामीले दिएको सुझावलाई स्थानीय सरकारले पालना गरेको मैले महशुस गरेको छु । व्यक्तिगत रुपमा दिएको निर्देशन पालना गर्ने कुरो हुँदैन तर कमिटिले दिएको निर्देशनलाई पूर्ण रुपमा पालना गरिराखेका छौं । यहाँको जनप्रनितिधि र पार्टी एकिबद्धता भएर अगाडि बढिरहेको छ ।

४. कोभिड–१९ को रोकथाम र नियन्त्रणमा बारबर्दिया नगरपालिकाको गरेका कामहरुलाई पार्टीले कसरी सहयोग गरिरहेको छ ?

अब त्यसमा अलिकति हामीले चाँहि खानपिनको व्यवस्था सहित क्वारेन्टीनमा व्यवस्था गर्ने भनेका थियौं । तर सामुदायिक भवनहरुमा क्वारेन्ट बनायौं । तर खानपिनको व्यवस्था हुन सकेन । अन्य नगरपालिकामा खानपिन, क्वारेन्टिनमा सबै निःशुल्कमा दियो हाम्रो नगरपालिकाले दिएन भन्ने जनतामा एक किसिमको भावना चाँहि परेको छ । यसलाई पनि पार्टीको सचिवालय बैठक बसेर सो सुविधा पु¥याउनका लागि क्वारेन्टिन इन्चार्जहरु बनाइएको थियो । उनीहरुलाई क्वारेन्टिनको हेरचाहको जिम्मेवारी दिइएको थियो । त्यसमा पनि समन्वय भएको छ । अहिले त कोभिड —१९ भाइरस बारबर्दियामा नियन्त्रण भएको छ । एक पटक बारबर्दियाका एक कर्मचारीलाई लागेको थियो । उहाँ पनि अहिले आफ्नो घरमा निको भएर जानुभएको छ । इण्डियाबाट आएका नागरिकको पनि कोरोना परिक्षण गरियो । उनीहरुलाई पनि कोरोना नेगेटिभ आएकाहरुलाई घर पठाइयो । केहीलाई कोरोना संक्रमण भएको थियो र अहिले सबैको उपचारपछि निको भएपछि सबै घर पठाइएको छ । कोभिडको जटिलको प्ररिस्थिति छैन बारबर्दियामा ।

५. संघीयतापछि बारबर्दिकाको समग्र अवस्थालाई कसरी हेर्नुभएको छ तपाईले ?

बारबर्दिया नगरपालिका नेपालको कान्छो नगरपालिका पनि हो । बारबर्दियाको क्षेत्रफल पनि ठुलो रहेको छ । यहाँ विकासमा गर्नका लागि निकै जटिलताहरु रहेका छन् । यस्तो जटिलताको बावजुत पनि काम भएकै छ । ४÷५ वटा गौरवका योजनाहरु पनि सञ्चालन भएका छन् । नगरबाटै नै टेन्डर भएर गौरवका योजनाहरु सञ्चालन छन् । समग्र रुपमा हेर्ने हो भने यहाँको काम सन्तोषजनक रहेको छ ।

६. नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट कोरोनासँग जुध्न कस्तो किसिमको बजेट ल्याएको पाउनु भएको छ ?

कोरोनासँग जुध्नका लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ । जुन अहिलेको आवश्यकता बन्यो । बजेट समेत सोही अनुसार छुट्याएको छ नगरपालिकाले । कृषि क्षेत्र समेत प्राथमिकतामा परेको छ । कोरोनाका कारण विदेशबाट स्वदेश फर्किएका नेपालीहरुलाई कृषि उत्पादन क्षेत्रमा लगाउनका लागि ढेड करोड भन्दा बढि बजेट कृषिमा छुट्याइएको छ । उनीहरुले कृषिको माध्यामबाट आफ्नो जिविकोपार्जन गरुन भन्ने किसिमले यस्तो ठुलो योजना ल्याएका छौं ।

७. आगामी दुई वर्षमा यस अघि पुरा हुन नसकेको समृद्धिका सपना पुरा होलान् त, जनप्रनितिधि कसरी अघि बढ्नुपर्ला ?

सपनाहरु अधुरै रहेको जस्तो महशुस भएको छ । जुन मोडलमा सोचेका थियो त्यो मोडलको निर्माण हुन सम्भव छैन । चुनावको समयमा अलि बढि नै भनेछन साथीहरुले त्यो सबै सम्भव छैन । ४÷५ वटा कुराहरु भएको छ । जसमा कक्षा १० सम्ममा निःशुल्कमा शिक्षा दिने कुरालाई राम्रो उपलब्धिका रुपमा लिन सकिन्छ । अर्को भनेको थारु समुदायमा सिकलसेल भन्ने रोगले थारु समुदायहरु निकै समस्या भोगिरहेका छन् । थारु समुदायको सिकलसेल गर्दा जिनलाई नै नष्ट गर्दै थियो । त्यसको निःशुल्क उपचार गरेर उनीहरुले विवाह गर्नका लागि कार्ड बाँडिएको छ । सिकलसेल रोकथाम तथा उपचार सहितको कार्डको व्यवस्था गरेका छौं । सोही अनुसार विवाह गर्नका लागि कार्ड अनुसार बिवाह गर्न सकिन्छ । त्यस्तै बहुप्राविधिक शिक्षालयको स्वीकृति प्राप्त गरेका छौं । त्यसको भवनको पनि शिलान्यास समेत भएको छ । तर कोभिडले गर्दा बजेट कोभिड रोकथाममा जाने भएकोले सोचजस्तो काम गर्न सकिएको छैन ।

८. कोभिड–१९ को कहर विद्यामान रहेको अवस्थामा स्थानीय सरकारलाई प्रभावकारी काम गर्न, सम्पूर्णलाई सुरक्षित रहनको लागि के भन्नुहुन्छ नि ?

कोरोना रोकथाम गर्नका लागि स्थानीय सरकारले गरेर मात्र हुँदैन । यसको रोकथाम र नियन्त्रण हामीले नै गर्नुपर्दछ । आफु सुरक्षित भए अर्को सुरक्षित हुने हो । त्यसकारणले नेपाल सरकार तथा स्थानीय तहले भनेको कुरालाई मनन् गरियो भने हामी सुरक्षित हुनसक्छौं । समुदायमा कोभिडको प्रभाव हुन नदिनका लागि सबैको बराबर भूमिका हुन्छ । यसलाई सबैको साथ सहयोगले मात्र नियन्त्रण गर्न सकिन्छ ।

९. नेकपाको केन्द्रिय तहमा जुन विवाद र्सिजना भएको छ त्यसले स्थानीय तहसम्म पनि प्रभाव परिरहेको छ र यसले यहाँको नगरपालिकामा यसले कस्तो प्रभाव पारेको छ ।

एउटा मान्छे अस्वस्थ भैसकेपछि त्यसको विभिन्न प्रतिक्रियाहरु देखिन्छन् हैन । एउटा पार्टी समग्र रुपमा शरिर हो भनेपछि माथि ठाउँकोमा समस्या भयो भने तल सम्म असरहरु आइनै हाल्छन् । अहिले कार्यकताहरुमा निराशाको भावना र्सिजना हुनु स्वभाविक हो । प्रभाव परेको छ ।

१०. विभिन्न तहमा पार्टी परित्याग गरी अर्को पार्टीमा प्रवेश गर्ने प्रचलन आएको देखिन्छ तर यहाँहरुको नगरमा कस्तो छ ।

कार्यकर्ताहरु हाम्रो सम्पर्कमा नै रहेका छन् । जुन गैर कम्यूनिष्टहरु पार्टी परित्याग गरेर गएका होलान तर कम्यूनिष्ट भने गएका भने छैनन । पार्टी बुझेको मानिस कहिलै पनि आफ्नो संगठन छोडेर जान सक्दैन । जति पार्टीको विवाद हुँदा पनि हाम्रो कम्यूनिष्टका विचार धारणका व्यक्तिहरु परित्याग गर्ने न्यून छ । जनयुद्ध भएको समयमा डर त्रासले माओवादी भएकाहरुले अहिले नेकपामा आएका चाँही नेपाली काँग्रेसमा प्रवेश गर्न सक्छन् ।

११. पछिल्लो विवादले के पार्टी फुट्ला के भन्नुहुन्छ ?

केन्द्रिय तहमा भएको विवादले नेकपा कहिलै पनि फुट्दैन भने हुँदैन । नेकपाका मानिसहरुले पहिले पनि निकै कष्टकर जिवन भोकेर आएका छन् । उनीहरुले पार्टी फुटाउने र टुक्राउने काम हुँदैन भन्ने म पूर्ण विश्वस्त छु । हामीले पार्टी बनाउँने हो । राष्ट्रिय जनताका निम्ति पार्टीहरु लाग्नुपर्दछ ।

१२. अन्त्यमा, आफ्नो कार्यकर्ता र नगरबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

म आफ्नो नेता कार्यकर्ताहरुलाई पुनः के भन्न चाहान्छु भने पार्टी फुट्दैन । यसमा कुनै भ्रम, निराशाजन्य र त्रास हुनुपर्ने अवस्था आउँदैन । कोभिड–१९ विश्वव्यापी समस्या हो ? तर अहिले बारबर्दिया नगरपालिका कोरोनाबाट मुक्त भैसकेको छ । तर पनि यहाँका नगर बाँसीहरुलाई आफूलाई सुरक्षित राख्नको लागि व्यक्तिगत सरसफाईमा ध्यान दिन आवश्यक ठान्दछु । आवश्यक स्वास्थ्य सुरक्षा अपनाऔं । सर्वसाधारणलाई भने मास्क प्रयोग गरौं, सामाजिक दुरी कायम गराैं, सेनिटाइजर प्रयोग गरांै भन्न चाहन्छु । संयमित भएर जोगिने प्रयास गर्ने हो भन्न चाहन्छु । अन्त्यमा, आफ्नो बोल्ने अवसर दिनुभएकोमा मिसन टुडे दैनिकलाई धन्यवाद ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन २० गते मंगलबार