कोहलपुर ।
बाँकेको कोहलपुरमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीहरुलाई लक्षित गर्दै रेडियो र अनलाइनबाट तयारी कक्षा संचालन गरिने भएको छ । एसइइ परीक्षाको तयारी गरिरहेका कोहलपुर नगरपालिका सहित छिमेकी पालिकाका विद्यार्थीहरुको सजिलोका लागि घरमै बसरेर अभ्यास गर्न सक्ने गरी रेडियो मिसन ९०.६ मेगाहर्ज र अनलाइनबाट एकैसाथ एसइइ तयारी कक्षा एसइई मिसन–२०७६ संचालन गर्न लागिएको हो ।
यस क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरूलाई सहयोग पुर्याउने उद्देश्यले नगर शिक्षा शाखा र यस क्षेत्रका विभिन्न विद्यालयहरुकोे सहकार्यमा भोलिदेखि रेडियो तथा अनलाइन एसइइ तयारी कक्षा सञ्चालन लागिएको रेडियोका स्टेशन प्रमुख विनोद पौडेलले जानकारी दिनुुभयो ।
आज नयाँ वर्षको शुभारम्भसंगै कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कार्यक्रम हप्ताको पाँच दिन बिहान १० देखि ११ बजेसम्म र पुन प्रशारण साँझ ७ देखि ८ बजेसम्म प्रशारण हुने छ । भोलि सोमबार पहिलोे दिन नयाँ वर्ष भएकोले शुभकामना आदान प्रदान गरिने छ । त्यसपछि हरेक आइतबार अंगे्रजी, सोमबार नेपाली, मंगलबार गणित, बुधबार सामाजिक शिक्षा र बिहीबार विज्ञान विषयको कक्षा सञ्चालन गरिने जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस्