19 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

कोहलपुरका संस्थागत विद्यालयहरुको संगठन (क्रिसा) द्वारा विपद् कोषमा २१ हजार सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र २१, २०७६  

कोहलपुर । 

बाँकेको कोहलपुर नगरपालिकामा रहेको संस्थागत विद्यालयहरुको छाता संगठन (क्रिसा), बाँकेले विपत व्यवस्थापन राहत कोषमा आर्थिक सहयोग गरेको छ । विश्वव्यापीमा फैलिएको कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै क्रिसाले कोहलपुर नगरपालिकाको विपत राहत कोषमा २१ हजार चेक हस्तान्तरण गरेको हो ।

शुक्रबार संस्थागत विद्यालयहरुको छाता संगठन (क्रिसा) का कोहलपुर नगर अध्यक्ष शिव डाँगी र सचिव नवकिरण शाहले कोहलपुर नगरपालिकामा गई २१ हजार रुपैया चेक हस्तान्तरण गरेका थिए ।

स्थापनाकालदेखी विभिन्न सामाजिक कार्य गर्दै आएको र विपतको भएको समयमा सामाजिक उत्तरदायीत्व बहन गर्ने उद्धेश्यले राहत कोषलाई आर्थिक सहायता उपलब्ध गराएको क्रिशा बाँकेका अध्यक्ष डाँगीले बताए ।

दैनिक रुपमा ज्याला मजदुरी गरी परिवार पाल्दै आएका ब्यक्तिहरुलाई लक्षित गरी आर्थिक सहयोग उपलब्ध गराएको डाँगीले बताए ।

प्रकाशित मितिः शुक्रबार, चैत्र २१, २०७६     6:06:33 PM  |