जाजरकोटमा अज्ञात समुहको कुटपिट वडाध्यक्षको हातखुट्टा भाँचिए



जाजरकोट ।
जाजरकोटको छेडागाड नगरपालिका ११ का वडाध्यक्ष चक्रबहादुर सिंहलाई अपरिचित समूहले कुटपिट गरी हातखुट्टा भाँचिदिएका छन् ।

शनिबार बेलुका गाउँ नजिकैबाट घर फर्कने क्रममा मुखमा पट्टी लगाएका ४,५ जनाको समूहले मरनासन्न हुने गरी कुटपिट गर्दा उनको दुवै खुट्टा र एउटा हात भाँचिएको नगरप्रमुख लालबहादुर महताराले बताए ।

घटनाबारे अहिलेसम्म केही खुल्न नसकेको नगरप्रमुख महताराले बताए । उनलाई उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेको छ ।

भारतलगायतका मुलुकबाट भर्खर गाउँ पुगेका मानिसलाई होम क्वारेन्टाइनमा राख्न र आवश्यक तथ्यांक संकलनमा जुटेका अध्यक्ष सिंहमाथि आक्रमण भएको हो । अध्यक्ष सिंहको स्वास्थ्यलाभको कामना गदै नगरप्रमुख महताराले दोषी पत्ता लगाई आवश्यक कारबाही गर्न माग गरेका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १६ गते आइतबार