डिल्ली शाही ।
बाँकेको कोहलपुर नगरपालिकामा आधारभूत तह कक्षा ८ को वार्षिक परिक्षाको प्रश्नपत्रमा त्रुटी भएपछि छानविन समिति गठन भएको छ । आइतबार बसेको सर्वपक्षिय बैठकबाट समिति गठन भएको हो ।
छानविन समितिमा त्रिभुवन माध्यामिक विद्यालयका अंग्रेजी शिक्षक ऋर्षी शर्माको अध्यक्षतामा नमूना विद्या सदनका संस्थापक शिव डाँगी र जनता मावि मैटहवाका शिक्षक बद्रि ढकाल रहेका छन् । सर्वपक्षिय बैठकका बोल्दै नगर प्रमुख लुट बहादुर रावतले जस्ले गल्ती गर्छ त्यसलाई कारबाही गर्नुपर्ने बताएका थिए । ‘विद्यार्थीहरुले आफ्नै शिक्षकलाई भोली पत्याउँदैनन्’ उनले भने, ‘यस्तो त्रुटी फेरी नदोहोयोस् ।
प्रश्नपत्र निर्माण गर्दा त्रुटी भएको थियो वा छापाखानामा त्रुटी भएको हो यसको तथ्य र सत्य छानविन गर्नका लागि समिति बनाइएको हो ।’ नगर शिक्षा खेलकुद शाखाका प्रमुख अनन्त कुमार पौड्यालले प्रश्नपत्रमा त्रुटी देखिनु विषयविज्ञहरुको त्रुटी भएको बताए ।
‘उहाँहरुलाई मैले प्रश्नपत्रमा कुनै त्रुटी आउँला भनी पहिले नै भनेको थिए’ उनले भने, ‘तर उहाँहरुले छापाखानामा गएर हार्डकपी मागेर प्रुफ रिडिङ्ग गर्नुभएनछ ।’ सबै जिम्मेवारी प्रश्नपत्र निर्माण गर्ने समिति रहेको बताउँदै उनले त्यसैलाई सबै जिम्मा लगाएको बताए ।
‘प्रश्नपत्रमा विश्वसनीयता, वैधता र वस्तुनिष्ठता कायम राख्नका लागि गत फागुन ११ गते कार्यशाला गरेका हौ’ प्रमुख पौड्यालले भने, ‘तर त्यसको उल्टो भयो ।’ यस्तै सर्वपक्षिय बैठकमा सहभागी कोहलपुर नगरपालिका ११ का अभिभावक बसन्तकमल आचार्य प्रश्नपत्र निर्माण गर्ने विषयविज्ञहरुको गैर जिम्मेवारी भएको बताए ।
‘मेरो छोरीले पनि कक्षा ८ को परिक्षा दिइरहेकी छ । तर एउटै प्रश्न पत्रमा यति धेरै त्रुटी आएको छ’ उनले आक्रोशित हुँदै भने, ‘विद्यार्थीको परिक्षा कसरी राम्रो हुन्छ । यसले कोहलपुर नगरपालिकाका विद्यार्थीको भविष्यमा प्रत्यक्ष असर परेको छ ।’








प्रतिक्रिया दिनुहोस्