आफ्ना स्वर्गीय बुवाको सम्झनामा स्वास्थ्य केन्द्रलाई नेबुलाइजर मेसिन हस्तान्तरण



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका कानून तथा विद्येयक समितिका संयोजक भिम नेपालीले  प्राथमिक स्वास्थ्य केन्द्रलाई निबुलाइजर मेसिन हस्तान्तरण गरेका छन् । आफ्ना स्वर्गीय बुवाको सम्झनामा वडा नम्बर ८ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई नेबुलाइजर मेसिन हस्तान्तरण गरेका हुन् ।

शनिबार एक कार्यक्रमका बीच प्राथामिक स्वास्थ्य केन्द्रका प्रमुख जीवन देवकोटालाई नेबुलाइजर मेसिन हस्तान्तरण गरिएको हो । केही दिन अघि मात्र दमको कारणले मृत्यु भएका बुवाको सम्झनामा केन्द्रलाई मेसिन हस्तान्तरण गरिएको उनले बताए । उनका अनुसार आगामी दिनमा कसैका बुवाले पनि दमका कारण अकालमा मृत्युवरण गर्न नपरोस र स्वास्थ्य केन्द्रलाई सहयोग होस भन्ने उद्देश्यले वितरण गरिएको छ ।

मेसिनको मुल्य तीन हजार पाँच सय पर्छ यता प्रथामिक स्वास्थ्य केन्द्रका प्रमुख जीवन देवकोटाले बृद्धबृद्धा र बालबालिकाहरुलाई उक्त मेसिनले निकै सहयोग पुग्ने बताए । दम र निमोनियाका रोगीहरुले कोहलपुरका मेडिकलमा लाइन लागेर पैसा लिरेर सेवा लिनुपर्ने समस्या हटेको उनले बताए । दैनिक २० जना बराबरलाई सेवा प्रदान गर्न सहज हुने उनको भनाई छ । यहाँका वडा नम्बर ८ का बासिन्दाहरुलाई सहज र सरल रुपमा सेवा दिने उनले बताए । यसले बालबालिकाहरुलाई पनि निमोनिया सम्बन्धी रोगको पनि उपचार गर्ने सहज हुने बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन २४ गते शनिबार