रावन विश्वकर्मा, बाँसगढी ।
बर्दिया बाँसगढीको दमौलीमा जारी तेस्रो बाँसगढी मेयर कप तथा १२ औँ राष्ट्रपति शिल्ड खेलाडी छनौट प्रतियोगिता आज समापन हुँदैछ । बाँसगढी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना र जनप्रिय मावि दमौलीको सह–आयोजनामा फागुन ५ गते देखि सुरु भएको प्रतियोगिता आज समापन हुन लागेको हो । प्रतियोगितामा छात्र छात्रा भलिवल, कबड्डी, ३ हजार मिटर दौड र ४ इन्टु ४०० मिटर रिले दौड बाहेकका सबै खेलहरु सकिएका छन् । प्रतियोगितामा यस बर्ष पनि नेपाल राष्ट्रिय माध्यामिक विद्यालय लक्ष्मणपुरले सबै भन्दा बढी गोल्ड मेडल लिने पक्का भएको छ ।
नेरा मावि लक्ष्मणपुरले १८ स्वर्ण पदक, २ रजत र ५ कास्य पदक सहित शिर्ष स्थानमा आफ्नो ठाँउ सुरक्षित गर्न सफल भएको छ । त्यस्तै ५ स्वर्ण ५ रजत र ८ कास्य पदक सहित लक्ष्मी मावि बबई चेपाङ्ग दोस्रो स्थानमा छ भने ३ स्वर्ण ४ कास्य पदक सहित गोल्डेन फ्युचर वेलवा तेस्रो स्थानमा रहेको छ । बिहिवार सम्म भएका फाइनल खेलमा नेरा मावि बाँसगढीले २ स्वर्ण, १० रजत र ५ कास्य पदक, जनप्रिय मावि दमौलीले २ स्वर्ण ३ रजत र ५ कास्य पदक प्राप्त गरेको छ । त्यस्तै त्रिभुवन मावि ककौराले १ स्वर्ण, ६ रजत, ६ कास्य, रामजानकी मावि भैसासुरले १ स्वर्ण, १ रजत र २ कास्य, पूर्णहिरा मावि लक्ष्मणाले १ स्वर्ण, १ रजत र १ कास्य, मातृभूमि सामुदायिक ककौराले १ स्वर्ण र १ रजत पदक प्राप्त गरेको छ । प्रतियोगितामा जिवनज्योति मावि राँझाले १ स्वर्ण, २ कास्य, आदर्श मावि मोतिपुरले १ स्वर्ण, बाँसगढी एकेडेमीले २ रजत, ३ कास्य, पृथ्वी मावि लखनाले २ रजत, जनता मावि बठुवाले १ रजत, २ कास्य, लालिगुराँस मावि माछागढले १ रजत, १ कास्य, र अमर शहिद दशरथ चन्द आधारभुत विद्यालय मटेरियाले र भृकुटी मावि डेउढाकलाले १÷१ कास्य पदक प्राप्त गरेका छन् । प्रतियोगितामा भलिवल छात्र तर्फको खेलमा जनता मावि बनमुरुवा र जिवनज्योति मावि राँझा फाइलनमा प्रवेश गरेका छन् भने छात्रा भलिवलमा नेरा मावि लक्ष्मणपुर र नेरा मावि बाँसगढी फाइनलमा प्रवेश गरेका छन् ।
त्यस्तै कबड्डी छात्र तर्फ बाँसगढी एकेडेमी बाँसगढी र पूर्णहिरा मावि लक्ष्मणा र छात्रा कबड्डीमा नेरामावि बाँसगढी र नेरा मावि लक्ष्मणपुर बीच फाइनल खेल हुने विद्यालयका सूचना अधिकारी बलराम भुजेलले जानकारी दिए । प्रतियोगितामा भलिवल छात्र तर्फ त्रिभुवन मावि ककौरा र छात्रा तर्फ जिवनज्योति मावि राँझा तृतीय भएका छन् । त्यस्तै कबड्डी छात्र तर्फ भृकुटी मावि डेउढाकला र लालिगुराँस मावि माछागढ तृतीय भएका छन भने छात्रा कबड्डी तर्फ त्रिभुवन मावि ककौरा र जनता मावि बठुवा तृतीय भएका छन् । रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा शुक्रबार आज बिहान ७ बजे देखि ३ हजार मिटर दौड र ४ इन्टु ४०० मिटर रिले दौड हुने छन् भने बिहान १० बजे देखि भलिवल र कबड्डीको फाइनल खेल हुने र दिउँसो १ बजे देखि समापन कार्यक्रम सुरु हुने विद्यालयका प्रधानाध्यापक शर्भिस शर्माले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्