डिल्ली शाही ।
बाँकेका चार स्थानीय तहमा सुरक्षित वैदेशिक रोजगार (सामी) परियोजना सञ्चालन भएको छ । नेपाल सरकार र स्वीस सरकार विच भएको श्रम रोजगार तथा समायोजन सुरक्षा मन्त्रालय र स्थानीय तहको नेतृत्वमा सुरक्षित आप्रवास परियोजना बाँकेका चार स्थानीय तहमा सञ्चालन भएको हो । जसमा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकामा रहेका छन् ।
कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले कोहलपुर नगरपालिकाका जनताहरुले विदेशमा दुःख नपाउन भन्ने उद्देश्यले परियोजना सञ्चालन गरेको बताए । ‘विदेशमा के के हुन्छ, कसरी जाने, त्यहाँ कानून कस्तो छ र कस्तो वातावरणमा काम गर्नुपर्दछ भन्ने थाहा पाउन सकिन्छ’ उनले भने, ‘पछिल्लो अवस्थामा एजेन्टमार्फत वैदेशिक रोजगार गएका ठगिने र अलपत्र पर्ने जस्ता समस्या निकै छ ।’ वैदेशिक रोजगारलाई सुरक्षित बनाउने, वैदेशिक रोजगारबाट आउने रकमको सही सदुपयोग गर्दै स्वदेशमै स्वरोजगारको अवस्था सिर्जनाका लागि कार्यक्रम महत्वपूर्ण हुने उनको भनाइ थियो ।
बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले बैजनाथ गाउँपालिकाबाट सुरक्षित वैदेशिक रोजगार जानका लागि जनचेतनाको कमी भएको बताए । ‘यस परियोजनाबाट वैदेशिक रोजगार जान चाहाने व्यक्तिहरुलाई निःशुल्क तालिम पनि दिनेछ’ उनले भने, वैदेशिक रोजगारीमा गएका घरपरिवारमा भएको विवाद समेत न्यूनिकरण गर्नेछ ।’ यसले मनोसामाजिक परामर्श र सूचनाको पहँुच पु¥याउनका सहज हुने उनको भनाई थियो ।
प्रदेश नं. ५, कर्णाली र सुदुरपश्चिमका संयोजक पञ्चराम चौधरीले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र शोषण रहित बनाउन परियोजनाले काम गर्ने बताए । ‘हाम्रो प्राथमिकता स्वरोजगार हो’ उनले भने, ‘विदेश गए पनि सुरक्षित भएर जानु उपयुक्त हुन्छ ।’ यस्तै वातावरण तथा ग्रामीण विकास केन्द्रका (इन्रुडेक) बाँकेका अध्यक्ष धर्म रोकायले वैदेशिक रोजगार जाने चाहाने व्यक्तिहरुलाई निःशुल्क तालिम दिने बताए ।
‘मेसन, इन्डष्ट्रियल, इलेक्ट्रिसियन, स्काफोल्डिङ, प्लम्बीङ्ग, सटरिङ्ग, कारपेन्टर र गाभेन्टर जस्ता तालिमहरु सञ्चालन गर्नेछौं’ उनले भने, ‘विदेशमा काम गर्दा समेत सहजपूर्ण वातावरण र त्यहाँको कानूनको पनि सिकाउनेछौं ।’ परियोजना अन्तर्गत सूचनामा पहुँच, न्यायमा पहुँच, सिपमा पहुँच, र वित्तीय साक्षरताको क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने उनले बताए । बाँकेबाट गत आर्थिक वर्षमा पाँच हजार सात सय ७६ जना बैदेशिक रोजगारमा जानेको संख्या रहेको छ । बैदेशिक रोजगारीमा जाने नेपालको बाँके जिल्ला पाँचौ श्रेणीमा पर्दछ ।








प्रतिक्रिया दिनुहोस्