कोहलपुर महोत्सवमा बढ्दै दर्शक, आज टंक बुढाथोकी र दिपाशा बिसि आउने, फोटो फिचर !



कोहलपुर ।

बाँकेको कोहलपुरमा जारी तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी, एवम् पर्यटन महोत्सव २०७६ मा दर्शकको संख्या बढ्दै जान थालेको छ । महोत्सव आयोजकले महोत्सव परिसरलाई थप ब्यवस्थित गरेसँगै मानिसहरुको भिड बढ्न थालेको हो । वर्षाका कारण महोत्सव परिसर हिलाम्मे भएपछि आयोजकले महोत्सव परिसरमा शनिबार राती कार्पेट बिछ्याएको थियो ।

दर्शकको सुविधालाई मध्यनजर गर्दै मुल गेटदेखी मञ्चसम्म कार्पेट बिछ्याईएको महोत्सव आयोजक मुल समारोह समितिका संयोजक हेम बिक्रम जिसीले जानकारी दिए । ‘महोत्सव अबलोकनका लागि आउने दर्शकहरुलाई मुल गेटबाटै रातो कार्पेटले स्वागत गर्ने ब्यवस्था मिलाईएको छ’ उनले भने,‘ महोत्सव अवलोकन गर्न आउँने दर्शकहरुलाई कुनै अठ्यारो बातावरण हुन दिदैनौं ।

’महोत्सवमा राखिएका तीन सय बढी स्टलहरुमा समेत भिड देखिएको छ । भान्सादेखि दैनिक उपभोग्य सामानहरु एकै स्थानमा उपलब्ध हुनेभएकाले किनमेल गर्ने उद्धेश्यले महोत्सव आउनेको संख्यामा उल्लेख्य बृद्धि हुँदै गएको छ । यसैबिच आइतबार महोत्सवको चौंथो दिन चर्तित गायक दुर्गेश थापाले कोहलपुरवासीलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । युवापुस्तामाझ लोकप्रिय थापाले आफ्ना चर्चित गित मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

‘बिच्च बिच्चमा, चिसो बियर, बेहुला बनाउँछु भन्थि’ लगाएत आधा दर्जन बढि गित गाएका थापाले दर्शकलाई नाच्न बाध्य पारे । कोहलपुरकी चेली तथा राष्ट्रिय कलाकार सपना शाहीले समेत धमाकेदार प्रस्तुती दिएकी थिईन् ।

साँगितिक कार्यक्रम सुरु भएसँगै मञ्च उक्लिएकी शाहीले कोहलपुरको चिसो माहोल तताउँदै गर्दा चर्चित नृत्याङ्गना तथा मोडल आरूषी मगरले आकर्षक नृत्य प्रस्तुत गरेकी थिईन् । मगरले कम्मर कर्माउँदा सयौं युवायुवतीले हुटिङ गरेर साथ दिएका थिए ।

आईतबार गायक सुकदेव अधिकारी तथा स्थानिय कलाकारहरुले समेत धमाकेदार प्रस्तुती दिएका थिए । यसैबिच आज महोत्सवको पाँचौं दिन चर्चित गायक टंक बढाथोकीको टिम कोहलपुर आउने भएको छ । बुढाथोकीसँगै ए.आर. बुढाथोकी र मोडल दिपाशा बिसी कोहलपुर आउन लागेको कला साँस्कृति उपसमितिका संयोजक रामु लम्सालले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस २८ गते सोमबार