सकियो सहकारी साँझाको साधारण सभा, फोटो फिचर !



कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको सहकारी संस्था साँझाको २० औं साधारण सभा सम्पन्न भएको छ । आइतबार कोहलपुुर नगरपालिका प्रमुख लुट बहादुर रावतले साधारण सभाको उद्घाटन गरेका थिए । उनले युवाहरुको पाँचजनाको समूह बनाई कृषि क्षेत्रमा सहकारीले लगानी गर्नुपर्नेमा जोड दिए ।

‘दिनप्रति दिन युवाहरु खाडि मुलकका देशमा जान बाध्य छन्’ नगर प्रमुख रावतले भने, ‘सहकारीले कृषि क्षेत्रमा पनि विभिन्न कोषहरु निर्माण गरि कृषि क्षेत्रमा आबद्ध गराउनुपर्छ ।’ उत्पादन भएको बस्तुहरुको सम्पूर्ण जिम्मेवारी सहकारीले व्यहोर्नुपर्ने उनले बताए । ‘सरकारले कृषिमा दिएको अनुदान प्रभावकारी देखिएन’ उनले भने, ‘सहकारीमार्फत कृषि कार्यक्रमहरु अगाडि बढायौं भने राम्रो र सहज हुन्छ ।’

बाँके जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले सहकारी ऐन २०७६ अनुसार कुनै पनि सहकारी नचलेको दाबी गरे । ‘सहकारी ऐन २०७६ मा तिन प्रकारका सहकारीहरु रहेका छन्’ उनले भने, ‘बचत, कृषि र बहुउद्देश्यीय सहकारीहरु रहेका छन् ।’ कुनै शेयर सदस्यहरुले कुनै एउटामा शेयर लिन पाइने व्यवस्था राखिएको समेत उनको भनाई रहेको थियो । सहकारी संस्था साँझाका अध्यक्ष पारसनाथ थारुले आर्थिक वर्ष २०७५÷०७६ मा ५१ करोड ९५ लाख ६२ हजार ३ सय ५७ रुपैयाँ कारोबार गरेको जानकारी दिए ।

‘कोहलपुरका अन्य सहकारीहरु भन्दा पारदर्शिता र विश्वसनियतामा काम गरिरहेका छौं’ उनले भने, ‘त्यसैले सबैले साँझा सहकारीलाई किसानहरुले मन पराउने गर्दछन् ।’ आर्थिक वर्ष २०७६÷०७७ मा सहकारी सुपथ मुल्यको पसल सञ्चालन गर्ने तयारी समेत थालिएको उनले बताए । साधारणसभाको अवसरमा जेष्ठ नागरिक, असल बचत कर्ता, ऋणि र रक्तदान गरेका सेयर सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस २८ गते सोमबार