27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

श्रृष्टि बहुउद्देश्यीय सहकारीको वार्षिकोत्सवमा रक्तदान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, पुस २३, २०७६  

कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका २ मा रहेको श्रृष्टि बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १२ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा स्वास्थ्य शिविरको आयोजना गरेको छ । मंगलबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २ सय २० लाभान्वित भएका थिए । उनीहरुको कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालका विषशेज्ञ डाक्टरहरुको उपस्थितिमा स्वास्थ्य जाँच गरिएको थियो ।

यस्तै वार्षिकोत्सवकै अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३० प्वाईन्ट रगत संकलन गरिएको सहकारीका उपाध्यक्ष बल बहादुर खड्काले जानकारी दिए । शिविर तथा रक्तदान कार्यक्रममा कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालका डाक्टर देवेन्द्र आचार्यसहित अन्य दुई जना डाक्टर र अस्पतालका ब्लड बैंक ईन्चार्ज राजेन्द्र महतारा सहित पाँच जना स्वास्थयकर्मीहरुको स्वास्थ्य परीक्षण गरेका थिए । कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ बाँकेका प्रबन्ध सञ्चालक नमराज उपाध्यायले वार्षिउत्सवको अवसरमा सामाजिक कार्य गर्नु निकै प्रशंसनीय रहेको बताए ।

प्रकाशित मितिः बुधबार, पुस २३, २०७६     7:35:10 AM  |