कोहलपुर ।
बाँकेको कोहलपुरमा हुन गईरहेको तेस्रो प्रादेशिक लघु, घरेलु, कृषि तथा प्रविधि प्रर्दशनी, व्यापार एंव पर्यटन महोत्सव २०७६ को तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ नगर समिति कोहलपुरको आयोजनामा हुन गईरहेको महोत्सवको तयारी अन्तिम चरण पुगेको हो ।
महोसत्वको लागि करिब ९० प्रतिशत तयारी कार्य पुरा भईसकेको महोत्सव सचिवालयले जनाएको छ । महोत्सव मुल आयोजक समितिका संयोजक हेम विक्रम जिसीका अनुसार १० प्रतिशत मात्रै अब काम बाँकी रहेको छ । अहिले महोत्सवकोे मुख्य मञ्च र स्टल निर्माणको काम सम्पन्न भइसकेको उनले जानकारी दिए ।
यस्तै अन्य प्रशासनिक कार्यका साथै प्रचार प्रसारलाई समेत विव्रता दिईएको छ । ‘तयारी कार्य युद्धस्तरमा भईरहेको छ’ उनले भने, ‘पुस २० गते सम्म सम्पुर्ण तयारी पुरा हुन्छ ।’ महोत्सव सफल बनाउन गठन गरिएका समितिहरुले समेत अहिले आफ्ना कामहरुलाई तिव्रताका साथ अगाडि बढाइराखेका छन् । महोत्सवमा स्थलमा विभिन्न तीन सय भन्दा बढी स्टलहरु रहने आयोजकले जनाएको छ । ती स्टलहरुमा अधिकांश घरेलु उत्पादन सम्बन्धी रहनेछन् । महोत्सवको १ लाख ५० हजार बढी मानिसहरुले प्रत्यक्ष अवलोकन गर्ने आयोजकले लक्ष्य राखेको छ । आगामी पुस २४ गते देखी माघ ५ गते सम्म कोहलपुरको खुलामञ्चमा महोत्सव आयोजना हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्