रौनियारको नेतृत्वमा प्रजातान्त्रिक समुहको उम्मेदवारी घोषणा



नेपालगञ्ज ।

बाँकेको नेपालगञ्ज उद्योग बाणिज्य संघको आसन्न निर्वाचनको लागि साझा प्रजातान्त्रिक उद्योगि व्यवसायी समुहले उम्मेदवारहरु घोषणा गरेको छ । शुक्रबार नेपालगञ्जमा एक कार्यक्रमका बिच उक्त समुहले ललित कुमार रौनियारको नेतृत्वमा उम्मेदवारहरुका नाम सार्वजनिक गरेको
हो । उक्त समुहले उद्योग तर्फको उपाध्यक्षमा तपेन्द्र बिक्रम शाह तथा वाणिज्य तर्फको उपाध्यक्षमा अमित बस्नेतलाई अगाडी सारेको
छ ।

यसैगरी सदस्यहरुमा क्रमश अजय कुमार टण्डन, मख्खन धामी, तेजनारायण कँडेल, सुनिल सिंघल, विन्दु चर्तीमगर, टंकप्रसाद शर्मा, टेकबहादुर खड्का, बदरुद्धिन अन्सारी, विष्णुप्रसाद श्रेष्ठ, दिपेन्द्रराज श्रेष्ठ, सन्तोषकुमार बैश्य र सुरेन्द्रसिंह सरदारलाई उम्मेदवार बनाएको
छ । उम्मेदवारी घोषणा सभामा बोल्दै अध्यक्ष पदका उम्मेदवार रौनियारले आर्थिक विकासको लागि उद्योग बाणिज्य संघ पहल गर्ने कुरामा आफुले त्यसको लागि पहल गर्ने र सबै उद्योगी व्यवसायीहरुलाई मिलाएर लैजाने बताए ।

बुधबार मात्र समावेशी प्यानलले आफ्नो उम्मेदवारी घोषणा गरेको थियो । प्यानलको वाणिज्य उपाध्यक्ष तर्फ ज्ञानेन्द्र श्रेष्ठ र उद्योग उपाध्यक्ष तर्फ आदेश अग्रवाललाई उम्मेदवार बनाएको छ । सदस्यहरुमा टंक बहादुर धामी, अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनील बानिया ‘पप्पु’, मन्दिरा पाण्डे र भीम रानाभाट रहेका छन् ।

त्यस्तै उक्त प्यानलको बस्तुगततर्फ होटल व्यवसायी संघ बाँके नेपालगञ्जका अध्यक्ष भीमलाल कँडेल र टेन्ट व्यवसायी संघ बाँकेका अध्यक्ष सिद्धान्तजङ्ग राणा ‘सिद्धु’ उम्मेदवार रहेका छन् । यो सँगै आगामी माघ ११ गते हुने संघको निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायीका रौनियार र समावेशी प्यानलका चुन्ना बिच भिडन्त हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस १९ गते शनिबार