कोहलपुर ।
इलाका प्रहरी कार्यालय कोहलपुरमा डिएसपी हेम बहादुर शाहीको सरुवा भएको छ ।
कोहलपुर प्रहरीको इन्चार्ज सम्हालेको तीन महिनामा नै डिएसपी शाहीको सरुवा भएको हो ।
पुस महिनादेखिको तलब भत्ता सरुवा भएको ठाउँदेखि नै खानेगरी प्रहरी प्रधान कार्यालयले ७७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको हो ।
डिएसपी शाहीको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहट सरुवा भएको छ ।
कोहलपुर प्रहरीको कमाण्ड सम्हान प्रहरी प्रधान कार्यालय प्रहरी कर्मचारीको पिरमर्का छानबिन इकाई नक्साल काठमाडौंबाट डिएसपी कुलदिप चन्द आउँदैछन् ।
प्रकाशित मिति : २०७६ पुस १५ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्