आफ्नै घरबाट गाँउपालीका अध्क्षय अपहरित



चेत नारायण पाण्डेय /सुर्खेत।

दैलेख जिल्लाको पश्चिमि क्षेत्रमा पर्ने ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई नेकपा माओवादी विप्लव समूहले शनिबार मध्यराती १२ बजेतिर अपहरण गरेको छ । आप्mनै घरमा सुतिरहेका अवस्यामा अन्दाजि हात हतियार सहित करीब २० जना को संख्यामा आएका अपहरणकारीले उनि सहहित उनकस् पत्नी नेपाल राष्ट्रिय शिक्षक संगठनकी केन्द्रीय उपाध्यक्ष इला मल्ल शाहीलाई पनि अपहरण गरिएको अध्यक्ष शाहीका भाई हस्तबहादुर शाहीले जानकारी दिए ।

ठाँटीकाँध गाउँपालिकाको वडा नम्बर २ श्रीपाटामा रहेको अध्यक्ष शाहीको घरबाट उनलाई अपहरण गरिएको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी हरि ओलीका अनुसार उनको खोजी कार्यमा तीव्रता दिइएको छ भने दैलेखको तिलेपाटा र कालिकोटको भर्ताबाट प्रहरी परिचालन गरि खोजी कार्य जारी रहेको छ । डिएसपी ओलीका अनुसार उनको खोजी कार्यमा तीव्रता दिइएको छ भने दैलेखको तिलेपाटा र कालिकोटको भर्ताबाट प्रहरी परिचालन गरि खोजी कार्य जारी रहेको जनाएको छ ।

त्यस्तै नेकपा कर्णाली प्रदेश कमिटिले आइतबार एक बिग्यप्ती जारी गर्दै खोजि कार्य तिब्र बनाउन र अपहरणकारीलाई हदैसम्मको कारवाहिका लागी प्रदेश प्रहरी कार्यलय सर्खेतलाई अनुरोध गरीएको छ। साथै स्थानी पार्टि कार्यकर्ताहरुलाई गाउँपालिका अध्क्षयको खोजि तिब्र रुपमा गर्न निर्देशन दिएको छ।

प्रकाशित मिति : २०७६ पुस ६ गते आइतबार