27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

पार्टी विरुद्ध सुराकी र भष्ट्रचार गरेकोले नियन्त्रणमा लिएका हौँ : विप्लव समूह

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, पुस ६, २०७६  

दैलेख, ६ पुस

दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई नियन्त्रणमा लिएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पुष्टि गरेको छ । गएराति अध्यक्ष शाहीलाई उनकै घरबाट विप्लव नेतृत्वको नेकपा दैलेखले नियन्त्रणमा लिएको जनाएको छ ।

अध्यक्ष शाहीलाई पार्टीका बिरुद्ध सुराकी गरेको र गाउँपालिकाको बजेटमा व्यापक अनियमितता र भष्ट्रचार गरेको कारण गिरफ्तार गरिएको सो पार्टीले जनाएको छ ।

अध्यक्ष शाहीलाई लिन जाँदा उनको श्रीमती पनि सँगै हिँडेको तर पछि बाटोमा नै छोडिदिएको नेकपा दैलेखले जनाएको छ ।

विप्लव नेकपा स्रोतले भन्यो, ‘हामीले शाहीकी श्रीमतीलाई नियन्त्रणमा लिएको होईन उहाँ नै श्रीमानसँग जान्छु भनेर जबर्जस्ती हिड्नु भएको हो, उहाँलाई बाटोमा नै छोडिसकिएको छ ।’

जिल्ला प्रहरी कार्यालय दैलेखले अध्यक्ष शाहीको खोजीका लागि विशेष फोर्स परिचालन गरेको बताएको छ ।

यसैबीच, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को कर्णााली प्रदेशले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबाट अपहरणमा परेका ठाटीकाँध गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीकी सकुशल रिहा गर्न माग गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी९नेकपा० कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटीले एक विज्ञप्ती जारी गर्दै ‘अविलम्व खोजी कार्य गरी अपहरणबाट मुक्त गराउनका लागि सरकारसम्बद्ध पक्षहरुसँग हार्दिक अनुरोध गर्दछ’ भनेका छन् ।

प्रकाशित मितिः आइतवार, पुस ६, २०७६     12:26:55 PM  |