27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

आगलागीबाट करोडौँको क्षति

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, पुस ४, २०७६  

सुर्खेत ।

बुधबार राति दैलेखको सदरमुकाम नारायण नगरपालिका वडा नम्बर १ मा रहेको तारा केशर अधिकारीको ‘अधिकारी भेराईटी एण्ड अडर्र सप्लायर्स’ मा आगलागी हुदाँ करोडौको क्षती भएको छ ।

आगलागीका कारण करौडौँ मूल्य बराबरको कपडा, जुत्ता चप्पल लगायतका सामान जलेर नष्ट भएको हो । विद्युत् सर्ट भई आगो लागेको हुन सक्ने प्रहरीले जनाएको छ । आगो रातीको समयमा लागेकोले स्थानीयले ढिलो थाहा पाएसँगै प्रहरीलाई खबर गरेर आगो नियन्त्रणमा लगिएको थियो ।

प्रहरीका अनुसार पसल भित्र रहेका सामान जलेको कारण पसल भित्र आगो निभाउन मुस्किल भएकोले जल्दै गरेको सामान बाहिर सडकमा फालेर आगो नियन्त्रण गरिएको हो । पसलका सञ्चालक अधिकारीले आफ्नो उठिबास नै भएको बताए ।

उनका अनुसार भाडामा राखिएको पसलमा आगलगी हुँदा समस्या भएको छ । उता प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हरी बहादुर ओलीले आगलागी विकट क्षेत्रमा भएकोले यकिन तथ्यांक तयारीमा ढिलाई भएको बताए । प्रहरीको टोली घटनास्थल गईसकेकोले तथ्यांक शुक्रबार मात्रै आईपुग्ने उनले जानकारी दिए ।

प्रकाशित मितिः शुक्रबार, पुस ४, २०७६     10:44:36 AM  |