बढैयातालमा पालिका स्तरीय फुटबल आजबाट



रावन बिश्वकर्मा, बाँसगढी ।

प्रथम बर्दिया जिल्ला पालिका स्तरिय फुटबल प्रतियोगिता आजबाट सुरु हुदैछ । जिल्लामा रहेका खेलाडीहरुको पहिचान र खेल क्षेत्रको विकास गर्ने उद्देश्यले आजबाट प्रतियोगिता सुरु हुन लागेको हो । शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजक कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र बढैयातालले पहिलो पटक प्रतियोगिता सञ्चालन गर्न लागिएको जनाएको थियो । आयोजकका अनुसार आज बिहान ११ बजे प्रतियोगिताको भव्य उद्घाटन हुनेछ ।

‘खेलकुद र पर्यटनको प्रबद्र्धनः बर्दियाको समर्पण’ भन्ने मुल नाराका साथ सञ्चालन हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो । प्रतियोगिताको पुर्व सिंचाई मन्त्री तथा संघीय सांसद सञ्जय गौतमले उद्घाटन गर्नेछन् । आयोजक कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र बढैयातालका अध्यक्ष शुशिल चौधरीले प्रतियोगिताले खेल क्षेत्रको माध्यम मार्फत भ्रमण वर्ष सन् २०२० को प्रचारप्रसार सँगै राष्ट्रिय स्तरमा बढैयाताल गाउँपालिका र बर्दियाको पहिचान, प्रभाव बनाउने उपेक्षा गरिएको बताए ।

उनका अनुसार प्रतियोगिता सञ्चालनका लागि बढैयाताल गाउँपालिका, मयूर युवा क्लव श्याउलीबजार र जिल्ला फुटबल संघ बर्दियासँग समन्वय गरिएको छ । प्रतियोगिताको खर्च झण्डै ५ लाख हुने अनुमान गरिएको सम्मेलनमा जानकारी गराईएको थियो । प्रतियोगिताको बिजेताले रु १ लाख र उप–बिजेताले ६० हजार नगद शिल्ड र प्रमाणपत्र पाउने छन् भने उत्कृष्ट खेलाडी, गोलरक्षक र गोलकर्तालाईउचित पुरुस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा सहभागी प्रदेश नं. ५ का प्रदेश सभा सदस्य कविराम थारुले खेल खेल्नु भनेको शारिरीक स्वास्थता भएको बताए । उनले भौतिक विकास मात्रै नभएर मानवीय बिकासको पनि उचिकै खाँचो रहेको बताए । प्रतियोगिता मंसिर २८ गते सम्म सञ्चालन हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २१ गते शनिबार