चेत नारायण पाण्डेय
कर्णाली प्रदेशका १० वटै जिल्लामा अहिले पनि हवाई सेवा अनियमित छ । प्रदेश राजधानी सुर्खेत समेत अहिले सम्म हवाईमा केन्द्र सँग जोडिन सकेको छैन । कर्णालीलाई सिधा एक घण्टामा केन्द्र संग जोड्ने हवाई सेवा बिगत केहि महिनादेखी नियमित उडान हुन नसक्दा सरकारले घोषणा गरेको पर्यटन बर्ष २०२० कर्णाली सम्म आइनपुग्ने जस्तै देखिएको छ । यसअघि बुद्ध एयरले सुर्खेत– काठमाडौँ नियमित उडान गर्दै आएको भएपनि अहिले भने सुर्खेत सम्म नियमीत उडान आनाकानी गर्दै आएको छ । गत असाढबाट दैनिक सुर्खेत दुई कार्यतालिका बनाएर काम गरेपनि बारम्बार बहाना बनाउँदै एक महिनामै पुःन दैनिक एक उडान भर्ने गरेको थियो ।
हाल आएर सो उडान समेत अनियमित छ । प्रदेश राजधानीमा अन्य विमानको सिधा सम्पर्क नै छैनन् । कर्णालीका अन्य जिल्लाको हालत पनि राजधानीको भन्दा फरक छैन । साविकको कर्णालीका जुम्ला बाहेक अन्य जिल्लामा नियमित हवाई सेवाको पहुँज नै छैन । कालिकोटमा त विमान स्थल नै छैन् । हवाई सेवा अनियमित हुदाँ निकट भविश्य मै सुरु हुन लागेको नेपाल भ्रमण वर्ष २०२० लाई असर पर्ने सम्भावना देखिएको छ । देशको उत्कृष्ट पर्यटन गन्तव्य कर्णालीमा आउने पर्यटकहरुलाई बाधा पुग्न सक्ने देखिएको हो । भ्रमण पुर्वको पूर्व सन्ध्यामा कर्णालीमा त्यसको तयारी समेत सन्तोषजनक अवस्थामा छैन ।
काठमाडौ जानका लागि सुर्खेत विमानस्थलमा पुगेका कालिकोटका रमेश शाहीले नियमित हवाई सेवा नहुँदा निकै समस्या भोग्नु परेको बताए । उनी महत्वपुर्ण कामका लागि काठमाडौ जादै थिए । तर विमान नपाउदाँ तीन वित्दा समेत टिकट नै पाएका छैनन् । बिमानस्थलका कर्माचारहरुले मौषम खराबीको बाहानामा बनाएर टार्ने गरेको गुनासो गरे । चर्को भाडा दरमा टिकट काट्दा पनि जहाज नै नआएर गन्तव्यमा पुग्न नसकिने दुःखेसो उनले पोखे । अहिले सुर्खेत विमानस्थलमा दैनिक सयौ यात्रु अलपत्र पर्ने गरेका छन् । भ्रमण बर्षको मुखैमा प्रदेश राजधानी मै नियमित हवाई जहाज नआउँदा केन्द्रमा कर्णाली र यहाँका पर्यटकीय स्थल हेर्न आउने पर्यटकले भने अन्य बैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता भएको छ । उता नागरिक उड्यन कार्यलय सुर्खेतका प्रमुख उमेश कुमार पन्थीले मौषम खराब र अन्य प्राविधिक कारणले नभएको जानकारी दिए ।
कहिले काँही डिले तथा जहाज नै नआउने समस्या रहको उनी स्विकार गर्छन् । त्यस्तै प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्रालयका सूचना अधिकारी शेर बहादुर रोकायले प्रदेश सरकारले यो मुद्धा गम्भिरताका साथ उठाएको बताए । प्रदेश पर्यटन प्रवद्र्धन समितीले यस मागलाई प्रदेश सरकार संग केन्द्र सरकार लाई ताकेता गर्न लगाएको उनले बताए । कर्णालीमा नियमित हवाई सेवा, प्रदेश सरकारको आफ्नै बिमान कम्पनी र अन्तराष्ट्रिय स्तरको बिमानस्थल प्रदेश सरकारको नीति तथा कार्यक्रम रहेको उनको भनाई
छ । हवाई सेवा नियमितता र भाडा दर समायोजनका लागि प्रदेश सरकार उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयले विभिन्न निजी बायुसेवा कम्पनी र नेपाल बायूसेवा संग बसेर छलफल गर्ने योजना बनाएको बताए ।








प्रतिक्रिया दिनुहोस्