कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ को कार्यालयमा नमूना मतदान गरिएको छ ।
मत बदर संख्या कम गर्नको लागि दोस्रो पटक नमूना मतदान गरिएको हो । मंसिर १४ गते हुन गईरहेको उप निर्वाचनलाई लक्षित गरी मतदाताहरुको लागि गरिएको नमूना मतदानमा ७० जनाले मतदान गरेका थिए ।
नेपाल यूवा सस्था संजाल र जिल्ला यूवा क्लव संजाल बाँकेको आयोजनामा गरिएको नमूनामा मतदानमा ३ वटा मत बदर भएका हुन् ।
जिल्ला यूवा क्लव संजाल बाँकेका सचिव राजन बर्माले ३२ जना महिला र ३८ जना पुरषले नमूना मतदानमा सहभागिता जनाएको जानकारी दिए ।
उनका अनुसार उप निर्वाचनमा मत बदर संख्या कम गर्नको लागि नमूना मतदान कार्यक्रम आयोजना गरिएको हो । यस अघि वडा नम्बर ६ को सिद्धार्थ आधारभूत विद्यालयमा पनि नमूना मतदान आयोजना गरिएका थियो ।
प्रकाशित मिति : २०७६ मंसिर १० गते मंगलबार








प्रतिक्रिया दिनुहोस्