कोहलपुर ।
सल्यानमा एक गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ ।
शारदा नगरपालिका वडा नम्बर १३ स्यानीखालकी २८ बर्षिय सुगन्धा पुनलाई उद्दार गरेर बाँकेको नेपालगञ्ज ल्याइएको हो । जिल्ला अस्पताल सल्यानमा उपचार गराइरहेकी उनको स्वास्थ्यमा सुधार नभएपछि सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको थियो ।
आफन्तका अनुसार अत्याधिक प्रेसर, छारे बढेपछि बुधबार राती जिल्ला अस्पताल सल्यानमा ल्याईएको थियो । अस्पतालमा बेहोस भएकी पुन होसमा नआएपछि नेपाली सेनाको हेलिकोप्टर मार्फत नेपालगञ्ज रिफर गरिएको जिल्ला अस्पताल सल्यानका डा. अर्जुन बुढा मगरले बताए ।
उनका अनुसार गर्भवती पुनको रक्तकोषीका फुटेको, कलेजो र मृगौलामा समेत समस्या देखिएका कारणले जिल्ला अस्पतालमा उपचार हुन नसकेको हो ।
सेनाको हेलिकोप्टरमार्फत बिहीबार साँझ ५ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइपु¥याइएको थियो ।
डाक्टरहरुका अनुसार पेटमा रहेको आठ महिनाको शिशुको भने अवस्था सामान्य रहेको छ । सल्यानका प्रमुख जिल्ला अधिकारीको पहलमा गृहमन्त्रालयसँग समन्वय गरेर राष्ट्रपति उद्दार कार्यक्रम मार्फत सेनाको हेलिकोप्टर मार्फत गर्भवती महिलाको उद्धार गरिएको हो ।
यसभन्दा अघि पनी जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि एक महिलाको हेलिकोप्टर मार्फत नै उद्दार गरेर नेपालगञ्ज पु¥याइएको
थियो ।








प्रतिक्रिया दिनुहोस्