30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

आज बाँकेको सुरक्षा व्यवस्था कडा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक २९, २०७६  

कोहलपुर ।

आज बाँकेको सुरक्षा व्यवस्था कडा पारिएको छ । आज नेपाल तरुण दल बाँकेले जिल्ला बन्दको घोषणा गरेपछि बिहानैदेखि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको हो । शहरदेखि गाउँसम्म ठूलो सख्ङ्यामा सुरक्षाकर्मीहरु परिचालन भएका छन् ।

नेपालगञ्ज, कोहलपुर, खजुरा, राप्तीपारी लगायतका स्थानहरुमा बिहानैदेखि नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ ।

बन्दको क्रममा कुनै अप्रिय घटना घट्न नदिनको लागि सुरक्षा व्यवस्था बलियो पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सडक तथा राजमार्गहरुमा ठूलो मात्रामा नेपाल प्रहरी र शसस्त्र प्रहरी हातहतियारसहित खटिएका छन् । सुचना संकलनको लागि समेत जिल्लाभर धेरै सख्ङ्यामा सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताइएको छ ।
आफ्ना नेता कार्यकर्ताहरु हतियारसहित पक्राउ परेको विरोधमा तरुण दल बाँकेले जिल्ला बन्दको घोषणा गरेको हो । #File Photo

प्रकाशित मितिः शुक्रबार, कार्तिक २९, २०७६     7:11:06 AM  |