कोहलपुर ।
अस्वस्थ जीवनशैलीका कारण नेपालमा मधुमेह बढ्दो क्रममा रहेको सरोकारवालाले बताएका छन् । बढ्दो बिलासिता र खानपिनमा समेत उचित ध्यान नदिदाँ मधुमेह बढ्दो क्रममा रहेको चिकित्सकरुले बताएका हुन् । मधुमेह नेपाल कै प्रमुख समस्याका रुपमा बढ्दो क्रममा रहेको उनीहरुको भनाई रहेको
छ । विश्व मधुमेह दिवसको अवसरमा बाँकेको कोहलपुरमा बिहीबार आयोजित कार्यक्रममा चिकित्सकहरुले मधुमेहका कारण वर्षेनी लाखौँ जना प्रभावित हुने गरेको बताए ।
कम्युनिटी मेडिसिन फिजिसियन तथा ल्याक्चलर डाक्टर मेरिना श्रेष्ठका अनुसार कोहलपुर मेडिकल कलेजमा उपचारका लागि आउने बिरामी मध्ये एक तिहाई भन्दा बढी मधुमेह पिडित आउँने गरेका छन् । जनचेतनाको अभाव, अनियमित खानपिन, स्वास्थ्य जीवनशैली धुम्रपान तथा मध्यपान मधुमेहको कारण भएको उनले बताईन् । ‘९० प्रतिशत जनतामा मधुमेह रोगबारे अज्ञानता छ’ उनले भनिन्, ‘केही पढे लेखेका र थाहा पाएकाको समेत जीवन शैली राम्रो छैन ।
सोही कारण वर्षेनी यस्तो समस्या बढ्दै गईरहेको छ ।’नेपालका र सहरी भन्दा ग्रामिण क्षेत्र यसको निकै विकराल अवस्था रहेको डाक्टर श्रेष्ठले बताइन् । ‘मधुमेह रोग बढ्नुमा ५० प्रतिशत औषधि सेवन र ५० प्रतिशत खानपिनको असर रहेको पाइन्छ’ उनले भनिन्, ‘निन्द्रा अनियमित हुनु र बढ्दो डिप्रेसनले समेत मधुमेह हुनको लागि सघाउ पु¥याउँछ ।’ ५० वर्षभन्दा माथिकाले ८ घण्टा, युवा अवस्थामा अनिवार्य ६ घण्टा सुत्नै पर्ने र नियमित कसरत गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ । कम्युनिटी मेडिसिन फिजिसियन रेजिडेन्ट डाक्टर स्विकृति कोईराला वंशाणुगत मधुमेह उपचारका माध्यमबाट निधान सम्भव रहेको बताउँछिन् ।
मधुमेह हुन नदिन दैनिक कसरत गर्ने, खानपिनमा ध्यान दिने, धुम्रपान तथा मध्यपान नगर्ने र सधै सकारात्मक भावनाका साथ अघि बढ्नु आवश्यक रहेको उनले बताइन् । ‘हामीले विभिन्न समयमा जाँच, उपचार गराउने गरिरहेका छौ’ डाक्टर कोईरालाले भनिन्, ‘यस्तो विकराल समस्या समाधानको निम्ति राज्य तहमा बाटै प्रभावकारी कदम चाल्न आवश्यक रहेको छ ।’ यसैबिच दिवसको अवसरमा बिहीबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ९० प्रतिशतमा मधुमेहको समस्या भएको पाइएको थियो ।
शिक्षण अस्पतालको कम्युनिटी मेडिसिन विभागको आयोजना गरिएको कार्यक्रममा सहभागि मध्ये ९० प्रतिशतमा मधुमेहको समस्या देखिएको हो । दिवसको अवसर पारेर एकदिने निःशुल्क मधुमेह रोग उपचार तथा परामर्श क्लिनिकको सञ्चालन गरिएको थियो । दुई चरणमा सुरु गरिएको शिविरमा ६५ जना नयाँ र १० जना पुराना गरी ७५ जनाको स्वास्थ्य परीक्षण गरिएको डाक्टर श्रेष्ठले जानकारी दिइन् ।
तिनीहरुको मध्ये ९० प्रतिशतमा मधुमेहको समस्या रहेको छ । कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख देखी प्रदेश ५ का बाँके, बर्दिया र दाङबाट शिविरमा सहभागिता रहेको थियो । धेरैमा जनामा अवस्था निकै विकाराल रहेको भन्दै निःशुल्क औषधि वितरणका साथै फलफूल समेत वितरण गरिएको डाक्टर कोईरालाले जानकारी दिईन् । लामो समयदेखि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले महिनाका एकपटक मधुमेह रोगका बारेमा शिविरको आयोजना गर्दै आएको छ ।








प्रतिक्रिया दिनुहोस्