कोहलपुर ।
संघिय सरकारका शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले विकासमा अस्वस्थ प्रतिष्पर्धा गर्न नहुने बताएका छन् । बाँकेको विकासमा कोही काखा र कोहीलाई पाखा नगरिएको उनको भनाई रहेको थियो । बाँकेको कोहलपुरमा शनिबार छोटो दुरीको बसपार्क उद्घाटन गर्ने मन्त्री राई उक्त कुरा बताएका हुन् । आफ्नो गृहनगर नेपालगञ्जको विकासलाई लिएर उनले नेपालगञ्ज विकसित भइसकेको टिप्पणी समेत गरे ।
जिल्लाको सदरमुकामको रुपमा रहेको नेपालगञ्ज र दोस्रो शहरको रुपमा रहेको कोहलपुरको विकासमा आफु प्रतिबद्ध भएको मन्त्री राईको दाबी गरेको थियो । स्वाभाविक रुपमा पहिले घर (नेपालगञ्ज) र त्यसपछि छिमेक (कोहलपुर)को विकास गर्नु आफ्नो प्राथमिकता भएको उनले बताए । ‘मेरो पहिलो प्राथमिकता नेपालगञ्जको विकास गर्नु हो, जो विकसित भईसकेको छ’ उनले भने, ‘अब विकास गर्ने पालो छिमेकी कोहलपुरको हो ।’ मन्त्री राईले अगाडी थपे, ‘विकासको गर्नको लागि नेपालगञ्ज भर्सेस् कोहलपुर र कोहलपुर भर्सेस् नेपालगञ्ज अब चल्दैन ।’ ‘पहिला घर त्यसपछि छिमेक मेरो प्राथमिकता हो ।
विकास आवश्यकता र प्राथमिकतामा चल्ने कुरा हो, कसैले यसलाई नकार्न मिल्दैन’ उनले भने । मन्त्री राईले बाँके जिल्लाको समग्र विकासको लागि आफु कटिबद्ध रहेको समेत बताए । उनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा संघीय बजेटमा बाँकेमा जिल्लामा गौरवका आयोजनाहरु परेको अवगत गराए । चालु आर्थिक वर्षमा नेपालगञ्जमा सभा हल निर्माणको कार्य सुरु भईसकेको र कोहलपुरमा समेत सभा हल निर्माण गरिने मन्त्री राईले घोषणा गरे । उनले हिजो विकासको लागि तेरो मेरो भन्ने प्रवृत्ति नरहेको भन्दै भोली पनि यस्ता खालका गतिविधि हुन नहुनेमा जोड दिए ।
विकास विरोधी गतिविधि आफुलाई असह्य भएको तर्फ गर्दै मन्त्री राईले अवरोध र बाधा पु¥याउने खालका क्रियाकलाप आवश्यक नभएको टिप्पणी गरे । कोहलपुर नगर विकास समितिका पुर्व अध्यक्ष अवराज खड्काले सरकारले नगरको विकासमा कुनै योगदान नगरेको भन्दै गरेको प्रश्नको कडा खण्डन गरे । ‘नगर विकास समिति सरकारको नै एउटा निकाय हो’ उनले भने,‘ कसरी सरकारले समितिलाई सहयोग गरेन ।’ समितिका पुर्व अध्यक्ष खड्का प्रति लक्षित गर्दै मन्त्री राईले भने, ‘नगर विकासको लागि राज्यले केही गरेन् भन्ने भन्दा पनि विगतका ईतिहास र दस्तावेजको अध्ययन गर्नुहोला ।’
प्रतिक्रिया दिनुहोस्