बाँसगढी –
बर्दियाको बाँसगढी नगरपालिकाले नगर प्रमुख छात्रवृत्ति कार्यक्रमका लागि आवेदन खुल्ला गरेको छ । नगर क्षेत्रमा रहेका एसईई उर्तिण गरी कक्षा ११ मा अध्ययन गर्नको लागि ५ जनाको लागि आवेदन खुलेको हो ।
नगरपालिकाको चालु आर्थिक वर्ष २०७६÷०७७ को बजेट तथा कार्यक्रममा स्विकृत गरेको छ । नगरपालिकाले जारी गरेको आवेदनमा जेहेन्दार विद्यार्थीका लागि नगर प्रमुख छात्रवृत्ति कार्यक्रम आवेदन पेस गर्न आग्रह गरिएको छ ।
एसईई पास गरेर विज्ञान सकांय पढ्न चाहने ईच्छुक विद्यार्थीले कात्तिक १ देखी १५ गते सम्म आवश्यक कागजजात सहित आवेदन दिन सक्नेछन् । नगरपालिकाका शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मीले आवश्यक कागजजात सहित नगरपालिकामा आवेदन दिन सकिने जानकारी दिए ।
उनका अनुसार ईच्छुक विद्यार्थीको हस्त लिखित निवेदन, सम्बन्धित विषयमा भर्ना भएको प्रमाण र प्रतिबद्धता पत्र तथा स्थानीय व्यक्ति भएको वडा कार्यलयको सिफरिस आवश्यक पर्छ ।
उता नगर प्रमुख सालिकराम अधिकारीले गरिब, जेहेन्दार विद्यार्थीलाई अध्ययन गर्न सजिलो होस् भन्ने उद्देश्यले कार्यक्रम लागु गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्