चेत नारायण पाण्डेय । सुर्खेत ।
शिक्षा क्षेत्रको विकासलाई प्रमुख प्राथमिकतामा राखिएको सरोकारवालाले जोड दिएका छन् । शिक्षालाई उत्पादनमुलक काम प्रेरित गर्नको लागि प्रमुख प्राथमिकतामा राखिएका जोड दिईएको हो । आईतबार दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले डुङ्गेश्वर गाउँपालिकामा आयोजना एक कार्यक्रमका सहभागिले गाउँपालिकामा रहेको अशिक्षा र बेरोजगारी हटाउनको लागि सहकार्यका साथ अघि बढेको उनीहरुको भनाई छ । (इन्सेक)को परियोजना परिचय तथा मानव अधिकार समूह गठन बैठकमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । उक्त अवसरमा बोल्दै डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले गाउँपालिकाको समृद्धिका लागि शिक्षा क्षेत्रको विकास अपरिहार्य भएको बताए ।
उनका अनुसार अहिले पनि समाजको मुल प्रवाहमा आउन नसकेका वर्ग, जाती र समुदाय केन्द्रीत विषेश शैक्षिक कार्यक्रम तयार पारिएको छ ।‘शिक्षा क्षेत्रलाई मुल प्राथमिकतामा राखेका छौ’ उनले भने, ‘शिक्षाको विकास बिना गाउँपालिकाको विकास सम्भब छैन ।’ भूमिहीनहरुका लागि आवासको समस्या भएका दलितहरुका समस्या समाधानका निम्ति सहयोग गर्न गाउँपालिका तयार रहेको अध्यक्ष मल्लको भनाई छ । यस्तै, अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले संविधानमा आवासको अधिकार व्यवस्था भएको तर कतिपय गरिब तथा भूमिहीनहरुले आवासको सुविधा नपाएको अवस्थामा इएलपी कार्यक्रमले वकालत तथा पैरबी गर्ने बताए ।
उनले ३० वर्ष अवधिमा युद्धको समयमा शान्ति प्रवद्र्धन गर्नुसंगै शान्ति प्रक्रियापछि साँस्कृृतिक तथा राजनीतिक तथा शैक्षिक अधिकारका सवाललाई प्राथमिकता दिएको बताए । डुङ्गेश्वर गाउँपालिका उपाध्यक्ष सीता ज्ञवालीले पनि ईन्सेकले शिक्षा, मानव अधिकारका क्षेत्रमा राम्रो काम गर्दे आएको भन्दै आगामी दिनमा जनताका प्रमुख समस्याहरुमा केन्द्रीत रहने विस्वास व्यक्त गरिन् । सो बैठकले अधिकारकर्मी मीना बि.क.को संयोजकत्वमा ९ सदस्यीय मानव अधिकार समूह गठन गरिएको छ । समूहले डुङ्गेश्वर गाउँपालिका स्तरमा आवास अधिकारको सँगसँगै मानव अधिकार विभिन्न सवालमा काम गर्ने पैरबी गर्नेछ ।








प्रतिक्रिया दिनुहोस्