15 July 2024  |   सोमवार, असार ३२, २०८१

बाँसगढीका बेकरी उद्योगमा म्याद नाघेका र फोहोर आईटम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज १५, २०७६  

रावन बिश्वकर्मा, बाँसगढी, बर्दिया ।

बर्दियाको बाँसगढी नगरपालिकाले बाँसगढी क्षेत्रका बजारमा अनुगमन गरेको छ । चाड पर्वलाई मध्ये नजर गर्दै नगरपालिकाले ५ दिन सम्म बाँसगढी क्षेत्रका बिभिन्न बजारमा अनुगमन गरेको थियो । अहिले मुख्य बजारहरुलाई मात्रै केन्द्रित नगरी गाउँ स्तरसम्म पनि नगरपालिकाले अनुगमन गरेको हो । अनुगमनको क्रममा अखाद्य, म्याद गुज्रिएका सामान बिक्रि गरिरहेको तथा पसल दर्ता नगरी गैरकानुनी रुपमा सञ्चालन गरेको पाइएको थियो । व्यवसायीक दर्ता, नविकरण, मुल्य सुची, साईन वोर्ड, खरिद र बिक्रि बिल, सरसरफाई र म्याद गुज्रिएका सामानहरु भए नभएको अनुगमन गरिएको थियो । अनुगमन टोलीले व्यवसायी दर्ता नभएकालाई दर्ता गर्न, खरिद र बिक्रि बिल अनिबार्य राख्न तथा सरसफाईमा बिशेष ध्यान पुर्याउन सुझाव समेत दिएको थियो ।

होटेल, नास्ता पसल, किराना पसल, दुध डेरी, मासु पसल, बेकरी उद्योग, पोल्टी फार्ममा अनुगमन गर्दा सरसफाईको कमीका साथै खाद्य बस्तुमा लापरवाही भएको देखिएको अनुगमन टोलीले जनाएको छ । अनुगमन टोलीले खुस्नुदको गुड लाईफ बेकरी उद्योग बाँसगढीबाट प्याकिङ्ग गरी राखिएका म्याद नाघेका र फोहोर अवस्थामा रहेका झण्डै ५ कुईन्टल बढी बेकरी आईटमहरु बरामद गरेको छ । टोलीले बेकरी उद्योगलाई सफा सुघर बनाउन र उचित व्यवस्थापन गर्नको लागि १५ दिनको समय दिएको छ । अनुगमन टोलीले दिएको सुझावलाई अटेर गरेमा आवश्यक कदम चालिने अनुगमन समिति संयोजक सुष्मा चौधरीले जानकारी दिइन् ।

खाद्य बस्तु उत्पादन गर्दा सरसफाई र लेभल राख्ने कुरामा बिशेष ध्यान पुर्याउन पनि आग्रह गरिएको उनले बताइन् । त्यस्तै बिष्णु डेरी बाँसगढीमा पनि सरसफाईमा ध्यान नदिई दुर्घन्धीत रहेको पाईएको छ । डेरीमा राखिएका सामानहरुको लेबल खुलाउनु पर्ने भए पनि लेबल खुलाईएको पाईएको छैन् । अनुगमनको क्रममा अधिंकास होटेलहरु सफा सुघर नभएको अनुगमन टोलीमा सहभागि ईलाका प्रशासन कार्यालय बाँसगढीका नायव सुब्बा मोहन प्रसाद लम्सालले बताए । अनुगमनको क्रममा म्याद नाघेका खाद्य बस्तुहरु बरामद समेत गरिएको थियो ।

नगर स्तरिय अनुगमन समितिका संयोजक तथा नगर उपप्रमुख सुष्मा चौधरीको नेतृत्वमा गरिएको अनुगमन टोलीमा बाँसगढी नगरपालिकाका शाखा अधिकृत भगवानभक्त अर्याल, पशु सेवा शाखाका प्रमुख डा. प्रेम कुमार मण्डल, ईलाका प्रशासन कार्यालय बाँसगढीका मोहन प्रसाद लम्साल, बाँसगढी उद्योग वाणिज्य सँघका महासचिव युगपति पौडेल, ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रतिनिधी, सञ्चारकर्मी लगायतको सहभागिता रहेका थियो । बरामद गरिएका सामान ईलाका प्रहरी कार्यालय बाँसगढीमा राखिएको र बुधबार (आज) नष्ट गरिने बाँसगढी नगरपालिकाका शाखा अधिकृत भगवानभक्त अर्यालले जानकारी दिए ।

प्रकाशित मितिः बुधबार, अशोज १५, २०७६     7:57:22 AM  |