8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

सांसद ‘अथक’द्धारा चार कोठे भवन उद्घाटन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज ९, २०७६  

शुभाकर विश्वकर्मा,कोहलपुर ः

बाँकेको कोहलपुरमा रहेको ज्ञान ज्योती माध्यमिक विद्यालयको नयाँ चार कोठे भवनको उद्घाटन गरिएको छ ।

बिहिबार एक औपचारिक समारोहका बीच चार कोठे पक्की भवनको उद्घाटन तथा हस्तान्त्रण गरिएको हो ।

भवनको सांसद महेश्वरजंग गहतराज ‘अथक’ले उद्घाटन गरे ।

संसद विकास कोष अन्तर्गत स्थानीय पुर्वाधार तथा साझेदारी कार्यक्रमको ५० लाख सहयोगमा निर्माण गरिएको हो । पुरै भवन सम्पन्न गर्न ४ महिना मात्रै लागेको थियो ।

आर्थिक वर्ष २०७५÷०७६ को शिक्षा क्षेत्रको पुर्वाधार निर्माण कार्यक्रम अनुसार निर्माण गरिएको भवन निर्माणको लागि कोहलपुर नगरपालिकाले १० लाख र विद्यालयको १० लाख सहयोग गरेका थिए । कुल ७० लाख लागतको चार कोठे पक्की सुविधा सम्पन्न भवन भन्दा अध्ययन अध्ययपनमा सहयोग पुग्ने विद्यालयले जनाएको छ ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष बलराम थारुका अनुसार २०७५ चैतमा शुरु गरेको भवन निर्माण कार्य गत असार मसान्तमा सकिएको हो ।

आर्थिक वर्षको अन्त्यमा उपभोक्ता समिति मार्फत निर्धारित समय भन्दा २ महिना अघि नै सम्पन्न गरी उद्घाटन तथा हस्तान्त्रण गरिएको हो ।

भवन उद्घाटन तथा हस्तान्त्रण सभामा उपभोक्ता समितिका अध्यक्ष बलराम थारुले भवनको चाबी वि.व्य.स. अध्यक्षलाई हस्तान्त्रण गरेका थिए ।

यस्तै विद्यालयको तर्फको लक्ष्य भन्दा अगाबै नमुना काम गरेको भन्दै उपभोक्ता समितिलाई सम्मान गरिएको थियो ।

भवन उद्घाटन तथा हस्तान्त्रण सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य महेश्वरजंग गहतराजले बाँकेका विद्यालयहरुलाई पूर्वाधारयुक्त बनाईने बताएका छन्

प्रकाशित मितिः बिहिबार, अशोज ९, २०७६     7:08:14 PM  |