सुर्खेतमा सुन्दर–सुन्दरी प्रतियोगिता हुँदै



सुर्खेत

सुर्खेतमा मिस सुर्खेतको तेस्रो सिरिज तथा मिस्टर सुर्खेतको पहिलो सिजन हुने भएको छ । मुन मिडियाको आयोजनामा यस अघि सम्पन्न भएका दुई सिजन लाई निरन्तरता दिदै यस पटक पनि मिस सुर्खेत तथा पुरुषहरुका लागी मिष्टर सुर्खेतको आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी हुन १६ देखि २६ वर्ष उमेर पुगेको हुनुपर्ने , कर्णाली प्रदेशमा स्थानिय बसोबास गरेको हुनुपर्ने, एसईई उत्तिर्ण भएको हुनुपर्ने लगाएतका प्रावधान रहेको आयोजक सदस्य एवं कलाकार कमल विष्टले जानकारी दिए ।

सुर्खेतको विरेन्द्रनगरमा आईतबार पत्रकार सम्मेलन गरि सहभागिताका लागि आजदेखि आवेदन खुल्ला गरिने आयोजकले जनाएको छ । आवेदन संकलन पछि प्रतियोगिको पहिलो चरणको छनोट गरिनेछ र छनोट भएका प्रतियोगिहरुलाई २० दिनको तालिमपश्चात उपाधीका लागि अन्तिम प्रतिस्पर्धा गर्ने आयोजक समितिका सदस्य बुद्धिसिंह ठकुरीले जानकारी दिए । मिस्टर र मिस सुर्खेत प्रतियोगिताको विजेताले ५० हजार नगदसहित क्राउन र विभिन्न उपहार प्राप्त गर्ने आयोजक संस्था मुन मिडियाका अध्यक्ष विजय केसीले बताए ।

उनका अनुसार प्रथम, द्धितिय र तृतिय बाहेक थप ७ प्रतिस्पर्धी अन्य विभिन्न विधाका उपाधिले सम्मानीत तथा पुरस्कृत हुनेछन् । आयोजकका अनुसार फाईनल प्रतियोगितामा सहभागि हुनुअघि प्रतियोगिलाई कन्फिडेन्ट डेभलप, मोडलिङ्ग, कोरियोग्राफि, पब्लिक स्पीकिङ, फोटो तथा भिडियो सुट, मेकअप क्लास, आरजे÷भिजे ट्रेनिङ्ग लगायतका इभेन्टहरुमा सहभागि गराइनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७६ असोज ६ गते सोमबार