1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

गनापुरमा वृक्षारोपण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज ५, २०७६  

कोहलपुर ।

संविधान दिवसको अवसर पारेर जानकी गाउँपालिकाको गनापुर क्षेत्रमा पर्ने नेपालगन्ज–कोहलपुर चारलेन सडकमा शनिवार वृक्षारोपण गरिएको छ । गाउँपालिकाका अध्यक्ष रामनिवास यादव, उपाध्यक्ष भूमिसरा धितालले विरुवा रोपेर वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेका थिए । चारलेन सडकको हरियाली क्षेत्रमा करिव डेढसय विरुवा रोपिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले जानकारी दिए ।

उनका अनुसार, विरुवाको संरक्षणको लागि जालीको व्यवस्था गरिने र रेखदेखको लागि कर्मचारी खटाईने छ । नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले सुर्खेतरोडमा यसअघिनै वृक्षारोपण गरेका थिए । जानकी गाउँपालिका क्षेत्रमा पनि आज वृक्षारोपण भएपछि नेपालगन्ज–कोहलपुर चारलेन सडक अव हरियाली हुने भएको छ ।

वृक्षारोपण कार्यक्रममा वडा नंं ६ का अध्यक्ष सुरेश यादव, ४ का अध्यक्ष विश्रामकुमार बर्मा, २ का अध्यक्ष चन्द्रिका गुप्ता, कार्यपालिका सदस्य राजकुमार धोवी, धर्मा थापा, विपती सुनार र गाउँपालिकाका सबैजसो कर्मचारीको उपस्थिति रहेको थियो । जानकी गाउँपालिकाले बिहीवारदेखि शनिवारसम्म तीनदिन भव्यताका साथ विविध कार्यक्रम गरि संविधान दिवस मनाएको छ ।

प्रकाशित मितिः आइतवार, अशोज ५, २०७६     8:24:44 AM  |