प्रादेशिक लद्युवित्त सदस्य सम्मेलन



कोहलपुर ।

बाँकेको कोहलपुरमा प्रथम प्रादेशिक लद्युवित्त सदस्य सम्मेलन सम्पन्न भएको छ । सोमबार कृषि, उद्योग, सेवा, व्यापार तथा अन्य व्यवसायीहरुको विकासमा गतिशिलता ल्याउने उद्देश्यले प्रथम प्रादेशिक लद्युवित्त सदस्य सम्मेलन सम्पन्न भएको हो । प्रदेश नं. ५ भूमि व्यवस्था एवं कृषि तथा सहकारी मन्त्री आरती पौड्ेलले कार्यक्रमको उद्घाटन गरिन् । उद्घाटनको क्रममा बोल्दै उनले लद्युवित्त संस्थाले पैसा किन्ने र बेच्ने मात्र गरेर नहुने बताइन् । ‘नेपालमा लद्युवित्तहरु च्याउ जस्तै उम्रिरहेका छन्’ उनले भनिन्, ‘अर्काको संस्थाको सदस्यलाई लोपलालच देखाइ आफ्नो संस्थाको सदस्य बनाई उसको भविष्यमाथि खेलबाड गर्नुहुदैन ।’ लद्युवित संस्थाहरुले कर्जा लिएको व्यक्तिले कुन कामको लागि लिएको हो सोही अनुरुप काम गरेको छ या छैनन भनी अनुमगन गरी उनीहरुको विकासको लागि पनि ध्यान दिन जरुरी रहेको उनको भनाई थियो ।

यस्तै सहकारी संस्था सिएसडीका अध्यक्ष तथा लद्युवित्त संस्थापक शंकरमान श्रेष्ठले श्रम तथा पुँजीलाई उचित रुपमा परिचालन गरेर ग्रामीण तथा शहरी क्षेत्रमा व्यवसायको स्थापना गरिबी न्यूनिकरण गर्ने उद्देश्यले लद्युवित्त संस्था खोलेको बताए । यस्तै प्रादेशिक लद्युवित्त सदस्य सम्मेलनका प्रदेश नं. ५ का संयोजक डा. गोपाल दहितले नेपालको आर्थिक विकास र उन्नतीका लागि लद्युवित्त आवश्यक रहेको बताए । ‘लद्युवित्तहरु समाजहरुको सेवामूलक कार्य गरिरहेका छन्’ उनले भने, ‘गरिबी तथा विपन्न परिवारका सदस्यहरुलाई विभिन्न उत्पादनुमखी तालिमहरु प्रदान गरिरहेका छौं ।’ सोही तालिमका माध्यामबाट स्वरोजगार बनाई आर्थिक, सामाजिक, समावेशी समाजको स्थापना गर्ने लद्युवित्त संस्थाको निर्माण भएको उनको भनाई थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ ३१ गते मंगलबार