कोहलपुर ।
कोहलपुरमा रहेको स्वावलम्वन लघुवित्तिय संस्था शाखा कार्यालयले वित्तिय क्षेत्रमा भएका समस्या र चूनौतिको विषयमा अन्तत्र्रिmया गरेको छ । कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, बाँसगढी नगरपालिका र बैजनाथ गाउँपालिकामा रहेका एक सय २९ वटा समूहका प्रमुखहरुसँग वित्तिय क्षेत्रमा भएका समस्या र चूनौतिको विषयमा अन्तक्रिया गरिएको हो ।
गत २५ गतेबाट सञ्चालन भएको कार्यक्रममा स्वावलम्बन लघुवित्तिय संस्थाका सहायक धन प्रसाद अर्याल, शिरीषध्वज खड्काले वित्तिय संस्थाका काम कतव्र्य, अधिकार, समस्या, चुनौती र कर्जा सम्बन्धी प्रशिक्षण समेत गरेका थिए ।
प्रशिक्षणका क्रममा स्वावलम्बन लघुवित्तिय संस्थाका शाखा प्रमुख चन्द्र बहादुर थापाले वित्तिय क्षेत्रबाट कर्जा लिने क्रममा धेरै संस्थाहरुसँग काम गर्न नहुनेमा जोड दिएका थिए । ‘कर्जा आफु एक्लै लिएर कर्जा चलाउँदा फाइदा हुन्छ’ उनले भने, ‘१० देखि ५० जना सम्मको एक समूह हुन्छ ।’ एउटै समूहको एक जना व्यक्तिको कर्जा सोही समूहको अर्को व्यक्तिले चलाएमा समस्या आउने उनको भनाई थियो ।
आर्थिक वर्ष २०७५÷०७६ मा १२९ वटा समूहमध्ये प्रथम ८४, द्वितिय ८१, तृतीय ६५ र सानत्वना १० र ७६ केन्द्रलाई प्रमाण पत्र सहित पुरस्कार पनि प्रदान गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्